Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

सम्बन्ध विच्छेद र जबर्जस्ती करणीका मुद्दामा वृद्धि

गाईघाट । उदयपुर जिल्लामा बर्सेनी सम्बन्ध विच्छेद र जबर्जस्ती करणीका मुद्दा बढ्दै गएको छ । आर्थिक वर्ष २०७६/७७ को असार मसान्त सम्ममा जिल्लामा दुई सय १८ मुद्दा सम्बन्ध विच्छेद सम्बन्धी रहेको जिल्ला अदालतका स्रेस्तेदार धनबहादुर कार्कीले बताए ।

यस्तै सोही आवमा ८३ वटा मुद्दा जबर्जस्ती करणी सम्बन्धी रहेका छन् । तीन वर्षदेखि निरन्तर रुपमा सबैभन्दा बढी अदालतमा सम्बन्ध विच्छेद र त्यसपछि जबर्जस्ती करणीका मुद्दा वृद्धि हुँदै गएको अदालतले जनाएको छ । जिल्ला अदालतले हालै न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक कार्यक्रमअन्तर्गत कार्य सम्पादन समीक्षा सार्वजानिक कार्यक्रममा सो जानकारी दिइएको हो ।

लागुऔषध सम्बन्धीका मुद्दाहरु पनि बढ्दै गएको छ । जिल्ला न्यायाधीश दीपक खनालका अनुसार यस्ता घटनामा वृद्धि हुनुमा समाजमा संस्कार चेतना र कानूनी ज्ञानको अभाव रहेको छ । जिल्ला न्यायाधीश तीर्थ केसी भन्नुहुन्छ, “गरिबी, चेतनाको अभाव कतिपय सामाजिक संस्कार र कुरीतिका कारण बर्सेनी यस्ता घटनाहरु बढ्नाका मुख्य कारण हुन् ।”

आव ०७६/७७ मा जिल्ला अदालतले झण्डै ६४ प्रतिशत मुद्दा फछ्र्योट गर्ने लक्ष्य लिएको थियो । अदालतले एक वर्षभित्र ६ सय ५९ वटा अर्थात् ५७ प्रतिशत मुद्दाहरु किनारा लगाएको छ । न्याय सम्पादनलाई छिटो र सरल तरिकाले निरुपण गर्न, प्रशासनिक तथा कार्य सम्पादन सुधारमा अदालतले उच्च प्राथमिकता दिएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies