Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

नागरिकलाई वन्यजन्तुको आक्रमणबाट जोगाउन चितवनको निकुञ्ज र बस्तीको सिमानामा पर्खाल

चितवन । निकुञ्ज र मध्यवर्ती सामुदायिक वनको सिमानामा बसोबास गर्ने नागरिकलाई वन्यजन्तुको आक्रमणबाट जोगाउन चितवनमा कङ्क्रिट पर्खाल निर्माण गरिएको छ । पूर्वी चितवनको खैरहनी र राप्ती नगरपालिकाअन्तर्गत पर्ने मध्यवर्ती सामुदायिक वन र बस्तीको सीमामा साढे दुई किलोमिटर पर्खाल निर्माण सम्पन्न गरिएको हो ।

वाग्मती प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पहिलो चरणमा ५.५ किलोमिटर पर्खालका लागि ठेक्का सम्झौता गरेकामा आधा काम सम्पन्न भएको छ । पहिलो चरणमा जम्मा आठ किलोमिटर पर्खाल निर्माण गर्ने मन्त्रालयको लक्ष्य छ । बाँकी २.५ किलोमिटर पर्खालको ठेक्का सम्झौता भएर यस वर्षदेखि काम शुरु भएको हो ।

मन्त्रालयले रु आठ करोडको लागतमा ५.५ किलोमिटर पर्खाल निर्माण गरिरहेको इञ्जीनियर बालगोपाल सिग्देलले जानकारी दिए । पर्खालको ५० प्रतिशत काम सम्पन्न भएको र बाँकी यसै आर्थिक वर्षमा सम्पन्न हुने उनले बताए। खैरहनी नगरपालिकाको वडा नं १०, ११, १२, १३ र राप्ती नगरपालिकाको १, ३ र ६ नं वडामा पर्खाल निर्माण गरिएको छ । सो क्षेत्रमा हात्ती, गैँडा, बँदेललगायतका जङ्गली जनावर बस्तीमा पसेर बाली खानुका साथै धनजनको समेत क्षति गर्ने गरेका छन् ।

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण कार्यक्रमअन्तर्गत चितवनका दुई नगरपालिकाको निकुञ्ज सिमानामा पर्खाल निर्माण भइरहेको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले जानकारी दिए। “सडक, पुलपुलेसो मात्र बनाएर हुँदैन, चितवनमा वर्षेनी वन्यजन्तुको आक्रमणबाट मानवले ज्यान गुमाउनुपरेको छ”, उनले भने, “यसको अन्त्य गर्न मन्त्रालयले निकुञ्ज र बस्तीको सिमानामा पर्खाल निर्माण गरिरहेको छ ।

नागरिकको जीवनको रक्षा गर्ने राज्यको प्रमुख दायित्व रहेको हुँदो त्यसतर्फ पनि प्रदेश सरकारले ध्यान दिएको उनले बताए। उनले पहिलो चरणमा दुई नगरपालिकाअन्तर्गतको निकुञ्ज सिमानामा १५ किलोमिटर पर्खाल निर्माण गरिने र बहुवर्षीय योजनाअनुरुप चितवनका निकुञ्ज सिमानामा पर्ने सबै नगरमा पर्खाल निर्माण गर्ने योजना रहेको जानकारी दिए ।

खैरहनी र राप्ती नगरपालिकाअन्तर्गत निकुञ्जको सिमानाका बस्तीमा वन्यजन्तु प्रवेश गरेर दुःख दिन थालेपछि मानव र वन्यजन्तुबीचमा द्वन्द्व बढ्दै गएको छ । द्वन्द्व बढेका कारण संरक्षणमा समेत असर पुगेको भन्दै संरक्षणकर्मीहरुले चिन्ता व्यक्त गर्दै आएका छन् ।

कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष गणेशकुमार श्रेष्ठले प्रदेश सरकारबाट बस्ती र निकुञ्जको सिमानामा पर्खाल लगाउने कामले संरक्षणकर्मीलाई उत्साहित बनाएको बताए। “यो वन्यजन्तु संरक्षणका हिसाबले सबैभन्दा ठूलो काम हो”, उनले भने, “राज्यको तर्फबाट नागरिकको सुरक्षाका लागि गरिएको यस प्रकारको काम नेपालमै उदाहरणीय हो ।” उनले समयमै गुणस्तरीय काम गर्नका लागि सामुदायिक वनका तर्फबाट पनि निरन्तर निगरानी गरिरहेको जानकारी दिए। कुमरोजमा ९८० मिटर सामुदायिक वनका तर्फबाट पनि पर्खाल निर्माण गरिएको उनले बताए । पर्खाल निर्माणबाट चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा रहेका पाँच हजार बढी परिवार लाभान्वित हुने मन्त्रालयको अनुमान छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending