Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

आचारसंहिता उल्लङ्घन : विद्युतीय सञ्चारमाध्यममा बढी

काठमाडौँ । पछिल्लो समयमा सञ्चारमाध्यममा सम्प्रेषित समाचारको विषयलाई लिएर ती सञ्चारमाध्यमविरुद्ध उजुरी पर्ने क्रम बढ्दै गएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले शुरु गरेको बन्दाबन्दीको अवधिमा मात्र प्रेस काउन्सिल नेपालमा पत्रकार आचारसंहिता उल्लङ्घनसम्बन्धी ७३ वटा उजुरी परेका छन् । ती उजुरी व्यक्तिगत वा संस्थागत रुपमा चरित्र, मानसम्मान, मर्यादा, इज्जत, सार्वजनिक सरोकार, ठगी आदि विषयसँग सम्बन्धित छन् ।

आर्थिक वर्ष २०७६÷७७ मा छापा र विद्युतीय गरी २६५ वटा पत्रकार आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी परेका छन् । छापामाध्यमविरुद्ध परेका ३५ उजुरीमध्ये १३ उजुरी फस््र्यौट भएका छन् । काउन्सिलले गरेको स्वअनुगमनबाट १६३ समाचार आचारसंहिता उल्लङ्घनका छन् । ती सबै फस््र्यौट भएका छन् । त्यसैगरी जनगुनासोमध्ये तीनवटा उजुरी पनि फस््र्यौट भएका छन् ।

बन्दाबन्दी २०७६ चैत ११ देखि २०७७ असार ३१ को अवधिमा छापा माध्यमविरुद्ध परेका १३ उजुरीमध्ये १० फस््र्यौट भएको छ । बन्दाबन्दीकै बेला गरिएको स्वअनुगमन ३९ समाचार सामग्री भेटिएकामा सबै फस््र्यौट गरिएको काउन्सिलले जनाएको छ । यो वर्ष कुनै पनि पत्रपत्रिकालाई कालोसूचीमा राखिएको छैन ।

त्यसैगरी विद्युतीय माध्यमविरुद्ध यो वर्ष १५७ वटा उजुरी परेका छन् । तीमध्ये १२३ फस््र्यौट भएको छ । स्वअनुगमनबाट ५५४ आचारसंहिता उल्लङ्घनका समाचार सामग्री भेटिएको छ । तीमध्ये ५५१ वटाको फस््र्यौट पनि भएको छ । नौ वटा जनगुनासोमध्ये छ फस््र्यौट भएको जनाइएको छ ।

बन्दाबन्दी शुरु भएको दिनदेखि असार ३१ सम्म विद्युतीय सञ्चारमाध्यमविरुद्ध ६० उजुरी परेका छन् । स्वअनुगमन गर्दा १३ आचारसंहिताविपरीतका समाचार सामग्री पाइएको छ । तीमध्ये ६१ फस््र्यौट भएका छन् । तीन विद्युतीय सञ्चारमाध्यमलाई यो वर्ष कालोसूचीमा राखिएको छ । यस्तै १०१ वेबसाइटलाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने गरी कारवाही गरिएको प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुषालले जानकारी दिए ।

काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले काउन्सिलमा आउने उजुरीउपर कारवाही गर्ने मात्रै भन्दा पनि सहमति र मिलापत्रसमेत गर्ने गरिएको बताए । बन्दाबन्दीको अवधिमा समेत काउन्सिलले निरन्तर अनुगमन गरिरहेको उनको भनाइ छ । काउन्सिलले आगामी वर्ष पनि नियमित र प्रभावकारीरूपमा आचारसंहिताको अनुगमन, उजुरी, सुनुवाइ तथा कारवाही प्रक्रिया जारी राख्ने भएको छ ।

त्यसैगरी पत्रपत्रिका वर्गीकरण, विभिन्न नीतिगत, प्रशासनिक सुधारका कार्यहरु, पत्रकारलाई अनुदान, उपचार खर्चलगायतका सुविधा प्रदान गर्ने, पत्रकारितासम्बन्धी तालीम, अध्ययन अनुसन्धानसम्बन्धी कार्य अघि बढाउने र प्रकाशनका कार्यलाई पनि निरन्तरता दिने भएको छ । काउन्सिलले मैथली भाषाको पत्रकारिता आचारसंहिता अनुगमन गरी प्रकाशन गर्नुका साथै विभिन्न भाषामा पत्रकार आचारसंहिता पनि प्रकाशन गर्ने आगामी कार्ययोजनामा उल्लेख छ ।

यस वर्ष विराटनगर, मोरङ, महोत्तरी, सिराहा, रोल्पा, प्युठान, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ र जाजरकोटलगायतका जिल्लामा जिल्लास्तरको पत्रकार आचारसंहिता जागरण कार्यक्रम सम्पन्न गरिएको प्रशासकीय अधिकत भुषालले जानकारी दिनुभयो । काउन्सिलले कोरोना महामारीको समयमा मिडियाको विश्वसनीयतासम्बन्धी मिडिया सर्वेक्षण गरी प्रतिवेदन सार्वजनिक गरेको थियो ।

हालसम्म काउन्सिलमा दुई हजार १३० सूचीकृत भएका छन् । त्यसैगरी विभिन्न अनलाइन सञ्चारमाध्यमबाट प्रवाह भएका २३ लाख ८७ हजार ५३९ सामग्री अभिलेख गरिएको छ । विभिन्न पत्रपत्रिकाका ३५ लाख पृष्ठ स्क्यान भएको छ । विभिन्न एफएम रेडियोबाट प्रसारित ३९ लाख पाँच हजार ४९० सामग्री क्लिप काउन्सिलले रेकर्ड गरी स्टोरेज गरेको छ । विसं २०७५ वैशाखदेखि हालसम्म ३२ च्यानल टिभीबाट मिडिया कन्टेन्ट अभिलेख भइरहेको छ । त्यसैगरी पत्रपत्रिका व्यवस्थापन प्रणालीमा आवद्ध ९७७ पत्रपत्रिका ७० हजार ८७ पिपिएफ सामग्री अभिलेख भएको छ ।

काउन्सिललाई सुझाव

विभिन्न सङ्घसंस्थाका अध्यक्ष तथा सञ्चारविज्ञहरुले कोभिड–१९ नियन्त्रण तथा रोकथाममा सरकारलाई सहयोग पुग्ने गरी कार्यक्रम ल्याउन र पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा ध्यान दिन काउन्सिललाई सुझाव दिएका छन्। राष्ट्रिय समाचार समिति ९रासस० का अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ ले सञ्चारमाध्यमले राससको समाचार प्रयोग गर्ने तर स्रोत उल्लेख नगर्नेबारे काउन्सिलको ध्यानाकर्षण गराए।

मिडियालाई जिम्मेवार बनाउन काउन्सिलले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउँदै अध्यक्ष श्यामलले अहिले प्रेसले जोगिएर लेख्नुपर्छ र प्रेस आफैँ पनि जोगिनुपर्छ भने । पछिल्लो समयमा नयाँ मिडियाको नाममा भ्रामक र तथ्यहीन समाचारका विषयवस्तु आउने गरेकाप्रति काउन्सिलले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

गोरखापत्र संस्थानका अध्यक्ष कृष्णमुरारी भण्डारीले पत्रकार आफैँले आचारसंहिताबारे सचेत हुँदै त्यसको पालना गर्नुपर्नेमा जोड र्दिए । उनले भने, “नयाँ मिडिया सञ्चालन गर्ने केही मान्यता हुनुपर्छ, त्यसमा देखिएको अराजकता हटाउन काउन्सिलको महत्वपूर्ण भूमिका हुन्छ ।” आमसञ्चार विज्ञ डा कुन्दन अर्यालले कोभिड–१९ सँगै नेपाली मिडियामा आउने परिस्थितिबारे ध्यान दिन आग्रह गर्दै बन्दाबन्दीको समयमा आचारसंहिताविपरीत समाचारका शीर्षक र विषयवस्तु आउने गरेको बताए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending