Ntc summer Offer
Khabar Dabali ३० बैशाख २०८१ आईतवार | 12th May, 2024 Sun
NIMB

पानीको समस्या रहेकोे वालिङमा अहिले ‘एक घर एक धारा’

वालिङ । लामो समयदेखि खानेपानीको समस्यामा रहेका वालिङ नगरपालिका–१ र २ का खहरे बजार, एवादी, सुनार गाउँ, शङ्खरेडाँडा, कसेदीका बासिन्दाका घर घरमा खानेपानीको धारा जडान गरिएको छ । वालिङ–२ मा ‘चिसापानी–अर्मादीखोला लिफ्टिङ खानेपानी आयोजना’ निर्माण गरेसँगै यहाँका २१३ घर लाभान्वित भएका खानेपानी आयोजनाका अध्यक्ष हरि रेग्मीले बताए ।

गण्डकी प्रदेश सरकारको हालसम्म एक करोड ५० लाख र स्थानीयवासीको रु ४० लाख बराबरको जनश्रमदानमा खानेपानीको सहज आपूर्ति भएको उनले जानकरी दिए । “वालिङ–१ र २ का खहरे बजार, एवादी, सुनार गाउँ, शङ्खरेडाँडा, कसेदीका बासिन्दालाई एक घर एक धारा जडान गरेका छौँ”, उनले भने, “हालसम्म २१३ घरमा एक घर एक धारा जडान गरेका छौँ भने बाँकी रहेका करीब ४० घरमा पनि वर्षा सकिएलगत्तै धारा जडान गरिने छ ।”

बस्तीभन्दा तल रहेको अर्मादी खोलाको किनारमा इनार खनेर त्यहीँबाट विद्युत्को सहायताबाट ३२० मिटरको उचाइमा रहेको ट्याङ्कीमा पानी सङ्कलन गरिएको उनले बताए । पानी प्रशोधन गर्नका लागि फिल्टर सहितको दुई लाख लिटर र पानी सङ्कलन गर्नका लागि एक लाख २० हजार लिटरको दुईवटा ट्याङ्की निर्माण गरिएको छ । २०७६ मङ्सिरबाट थालिएको उक्त आयोजनाका लागि गण्डकी प्रदेश सरकारबाट प्राप्त भएको दुई करोडमध्ये एक करोड ५० लाख र उपभोक्ताहरुबाट सङ्कलन भएको ४० लाखमध्ये २५ लाख खर्च भएको छ । नयाँ नयाँ घरहरु निर्माण हुने क्रम रहेकाले बाँकी रहेका घरहरुमा वर्षायामको समाप्तिसँगै धाराहरु जडान गरिने अध्यक्ष रेग्मीले बताए ।

उपभोक्ता समितिले मर्मतसम्भारका लागि रु दश लाख बराबरको जगेडा कोष खडा गरेको छ । “खानेपानीका लागि हाहाकार थियो, पशुचौपायाका लागि घर नजीकै रहेका खोल्साखोल्सीको पानी प्रयोग गथ्र्यौं”, उनले भने, “तर हामीलाई चाहिने एक गाग्री खानेपानीका लागि कम्तीमा पनि आधा घण्टाको समय खर्चनुपर्ने बाध्यता थियो, अहिले घरघरमै खानेपानीका धारा निर्माण भएसँगै सहजता भएको छ ।”

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies