तनहुँ । कृषकलाई पशुपालनतर्फ आकर्षित गर्न प्रोत्साहन गर्ने उद्देश्यसहित बन्दीपुर गाउँपालिकाले दूधमा अनुदान दिएको छ । गाउँपालिकाले दूध उत्पादन गर्ने कृषकलाई प्रतिलिटर रु एकका दरले अनुदान वितरण गरेको हो ।
वार्षिक बजेटमा नै समावेश गरी गाउँपालिकाले सहकारीमार्फत दूध बिक्री गर्ने कृषकलाई अनुदान वितरण गरेको गाउँपालिकाका पशु शाखा प्रमुख मधु न्यौपानेले जानकारी दिए । उनका अनुसार बन्दीपुर गाउँपालिका–१ स्थित सूर्योदय दूग्ध उत्पादक सहकारी संस्था र बन्दीपुर गाउँपालिका–५ याम्पा दुग्ध उत्पादक सहकारी संस्थाका कृषकले अनुदान रकम पाएका छन् ।
उहाँका अनुसार सूर्योदय दुग्ध उत्पादक सहकारीमा आबद्ध कृषकलाई रु एक लाख १७ हजार ५०० वितरण गरिएको छ भने याम्पा दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध कृषकलाई रु १० लाख अनुदानवापत वितरण गर्ने तयारी गरिएको छ । कृषकले बढीमा रु ७० हजारसम्म अनुदान रकम प्राप्त गरेका छन् ।
बन्दीपुर गाउँपालिका–१ का वडाध्यक्ष भानुभक्त पोख्रेलले सहकारीमार्फत दूध बिक्री गर्ने कृषकलाई प्रोत्साहन गर्न दूधमा अनुदान दिने नीति ल्याइएको जानकारी दिए । “दूध बिक्री भएको तथ्याङ्कका आधारमा कृषकलाई अनुदान दिने व्यवस्था मिलाएका छौँ”, उनले भने, “यस कार्यक्रमले कृषक निकै उत्साहित छन् ।” कृषकले आगामी वर्ष दूधमा अनुदान रु दुईसम्म वृद्धि गर्न माग गरेका छन् ।
सूर्योदय दुग्ध उत्पादक कृषि सहकारी संस्थाका अध्यक्ष मानबहादुर खातीले गत साउनदेखि जेठ मसान्तसम्म कृषकलाई एकमुष्ठ रकम उपलब्ध गराइएको जानकारी दिए । दूधमा अनुदान पाएपछि यहाँका कृषक खुशी रहेको उनले बताए ।
याम्पा दुग्ध उत्पादक कृषि सहकारी संस्थाका अध्यक्ष छविलाल घिमिरेले सहकारीमा दूध बिक्री गर्ने कृषकलाई रु १० लाख २९ हजार वितरणको तयारी गरिएको जानकारी दिए । गाउँपालिकाले प्रतिलिटर रु एक अनुदान दिने र सहकारीले पनि रु एक थपेर दिने तयारी गरिएको उनले जानकारी दिए । “गाउँपालिकाले जति रकम अनुदान दिन्छ, त्यति नै सहकारीले पनि दिने सम्झौता भएको थियो, केही दिनभित्रै उक्त रकम वितरण गर्छौं”, उनले भने ।
उक्त सहकारीमा ११५ शेयर सदस्य र १५ गैर सदस्यले दैनिक दूध बिक्री गर्ने गरेका छन् । गत वर्ष दैनिक चार हजार २०० लिटर दूध सङ्कलन हुने गरेकामा यो वर्ष दैनिक तीन हजार ६०० लिटर दूध मात्रै सङ्कलन भएको थियो । कोरोना र बन्दाबन्दीका कारण दूध उत्पादन घटेको सहकारीले जनाएको छ ।
याम्पाका कृषक काशीनाथ भट्टराईले दूधमा अनुदान दिने व्यवस्थाले कृषकलाई प्रोत्साहन मिल्ने जानकारी दिए । “दूधमा अनुदान दिने व्यवस्थाले कृषकलाई पशुपालनमा लागिरहन प्रेरणा मिल्छ, आगामी वर्षमा पनि यो कार्यक्रमलाई निरन्तरता दिनुपर्छ”, उनले बताए ।
दूधमा अनुदान वितरण गर्नका लागि गाउँपालिकाले चालू आर्थिक वर्षमा रु १५ लाख बजेट विनियोजन गरेको थियो भने उक्त कार्यक्रमलाई आगामी आव २०७७/७८ मा पनि निरन्तरता दिइएको छ ।
गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको र दूध उत्पादन वृद्धि गर्न पशुपालनतर्फ कृषकलाई आकर्षित गराउन जरुरी रहेको गाउँपालिकाले जनाएको छ । पशुपालन गर्ने कृषकको सङ्ख्या बढेपछि गाउँपालिका दूधमा आत्मनिर्भर हुने र त्यसकै लागि कृषकलाई अनुदानको व्यवस्था मिलाइएको वडाध्यक्ष पोख्रेलले जानकारी दिए । गाउँपालिकाले दूध चिस्यान केन्द्रको स्थापना गरी स्थानीय कृषकबाट उत्पादित दूधलाई चिस्यानकेन्द्रमार्फत बजारमा सहज पहुँच पु¥याउने नीति अवलम्बन गरेको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...


प्रतिकृया लेख्नुहोस्: