तनहुँ । तनहुँ जिल्ला बिरुवा उत्पादनको केन्द्रको रुपमा विकास भइरहेको छ । गण्डकी प्रदेशका ११ जिल्लामा रहेका डिभिजन वन कार्यालयमध्ये तनहुँले सबैभन्दा बढी बिरुवा उत्पादन गर्ने गरेको छ ।
जिल्लाका विभिन्न स्थानमा रहेका नर्सरीमा बिरुवा उत्पादन गरेर जिल्लाभित्र र बाहिर वितरण गर्ने गरेको कार्यालयका प्रमुख केदार बरालले जानकारी दिए । “ उत्पादित बिरुवा जिल्लाभित्रका सर्वसाधारणलाई त निःशुल्क वितरण गरि नै रहेको छ, तर यस वर्ष भने जिल्ला बाहिर पनि वितरण गर्न सफल भयौँ”, उनले भने, “यसैले जिल्ला बिरुवा उत्पादनको केन्द्रका रुपमा विकसित भइरहेको छ ।”
कार्यालयले यस वर्ष आठ लाख ८८ हजार बिरुवा उत्पादन गरेको छ । सङ्घीय , प्रदेश, तनहुँ जलविद्युत् आयोजनाको आर्थिक लगानीमा कार्यालयले ११ स्थानमा बिरुवा उत्पादन गरेको छ । आयोजनाले पनि वन कार्यालयलाई आर्थिक सहयोग गरेको छ ।
कार्यालय प्रमुख बरालका अनुसार जलविद्युत् आयोजनाले ४१६ हेक्टर वन क्षेत्र डुबानमा पार्ने भएकाले आयोजनाले उक्त रुख काटेवापत बिरुवा रोपण गर्नुपर्ने प्रावधान रहेको छ । “प्रतिरुख काटवापत २५ बिरुवा उत्पादन गरेर संरक्षण गर्नुपर्ने दायित्व आयोजनाको हो तर आयोजनाले उक्त काम आफैँले नगरेपछि वन कार्यालयलाई पैसा प्राप्त भएको थियो”, उनले भने, “उक्त रकमबाट पाँच लाख ३० हजार बिरुवा उत्पादन भएको छ ।”
डिभिजन वन नर्सरीमा सङ्घीय सशर्त अनुदानमार्फत ५० हजार, प्रदेश सरकारमार्फत एक लाख, वन विभागबाट ९० हजार, व्यास सव डिभिजन नर्सरीमा सङ्घीय सशर्त अनुदानमार्फत ६८ हजार, जलविद्युत् आयोजनामार्फत ५० हजार, म्याग्दे सव डिभिजन नर्सरीमा सङ्घीय सशर्त अनुदानमार्फत ५० हजार लगायत बिरुवा उत्पादन गरिएको छ ।
उत्पादित बिरुवामध्ये जिल्लाभित्र तीन लाख ८४ हजार ९०० र जिल्ला बाहिर ३४ हजार १०० वितरण गरिएको छ । कार्यालयमा अझै चार लाख १९ हजार बिरुवा वितरण गर्न बाँकी छ । कार्यालयले जिल्ला बाहिर पोखरा महानगरपालिकालाई दुई हजार ७५०, डिभिजन वन कार्यालय कास्कीलाई दुई हजार ६००, डिभिजन वन कार्यालय स्याङ्जालाई सात हजार, डिभिजन वन कार्यालय नवलपुरलाई तीन हजार ७००, डिभिजन वन कार्यालय गोरखालाई १० हजार ५०० बिरुवा वितरण गरेको छ ।
त्यस्तै धादिङलाई तीन हजार, पर्वतलाई एक हजार, लमजुङलाई दुई हजार र वन विभागलाई एक हजार ५५० बिरुवा वितरण गरेको छ । कार्यालयबाट चाँप, रुदाक्ष, नारेश्वर, तेजपात, बेल, कुरिलो, कल्कीफूल, पीपल, सुगन्धकोकिला, रुख कटहर, ज्याकराण्डा, श्रीखण्ड, गुलाब, जामुना, गुलमोहर लप्सी, अम्बा, टाँकी, अमला, ड्रागन फ्रुट, बडहर, सिसौ, अशोक, बकाइनो, खयर, मेगो स्टीन चिउरी, टिक, ल्यागरस्ट्रोमियालगायतका बिरुवा वितरण गरिएको छ ।
कार्यालयले जिल्लाका विभिन्न सामुदायिक तथा निजी वनमा वृक्षरोपणका लागिसमेत बिरुवा वितरण गर्ने गरेको छ । जिल्लालाई हरियाली बनाउन र वन हराभरा बनाउन बिरुवा वितरणलाई अभियानकैरुपमा अगाडि बढाइएको कार्यालयले जनाएको छ । जिल्लाका कूल क्षेत्रफलमध्ये ८२ हजार ५४९ हेक्टर वनले ओगेटेको छ । जिल्लाभर ६१७ वटा सामुदायिक वन र ४८५ वटा कबुलियती वन रहेको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: