Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

कालीगण्डकीमा टिपर खस्दा टिपरसहित चालक बेपत्ता

म्याग्दी । बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ गुइठेभिरबाट कालीगण्डकीमा खसेर मङ्गलबार साँझ टिपरसहित चालक बेपत्ता भएका छन् । गिट्टी बोकेर गुइठेबाट घारतर्फ जाँदै गरेको बा२ख ३४२५ नंको टिपर सडक भासिएर कालीगण्डकीमा खसेको हो ।

टिपरसहित चालक म्याग्दीको मङ्गला गाउँपालिका–५ का २६ वर्षीय ज्ञानबहादुर पुन कालीगण्डकीमा बेपत्ता भएको प्रहरी नायब उपरीक्षक किरणजङ्ग कुँवरले बताए । साँघुरो सडकमा लोड भएको टिपरको टायरले टेकेको भाग भासिएपछि खसेको थियो । सो टिपर घारखोला जलविद्युत् आयोजनाको निर्माण सामग्री ढुवानीमा प्रयोग भएको थियो ।

यसैबीच म्याग्दी र मुस्ताङको सिमानामा पर्ने बादरजुङ भिरमा सडक भासिएपछि बेनी–जोमसोम सडक फेरि अवरुद्ध भएको छ । यसअघि सडकको प्रवेशविन्दु राहुघाटमा गत शुक्रबार बाढीले बेलिब्रिज बगाएपछि सिधा यातायात बन्द भएको थियो । सडक अवरुद्ध हुँदा मुस्ताङ र म्याग्दीको अन्नपूर्ण तथा रघुगङ्गा गाउँपालिकाका बासिन्दालाई आवतजावत र ढुवानीमा समस्या भएको छ ।

यसैगरी गत शुक्रबारदेखि अवरुद्ध भएको सदरमुकाम बेनीदेखि म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने मङ्गला, मालिका र धवलागिरि गाउँपालिका जोड्ने बेनी–दरवाङ सडक मङ्गलबार सञ्चालनमा आएको छ । प्रशासन र प्रहरी कार्यालयको पहलमा पूर्वाधार विकास कार्यालय, सम्बन्धित स्थानीय तह र निर्माण व्यवसायीले सडकको पहिरो पन्छाएर सडक खुलाएका हुन् । बेनी नगरपालिका–४ र मङ्गला–२ को सिमानामा पर्ने फापरखेतमा खसेको पहिरो हटाउन बागलुङबाट आएको गण्डकी प्रदेश प्रहरीको विपद् व्यवस्थापन गुल्मको टोलीले काम गरेको थियो ।

धवलागिरि र मालिका गाउँपालिकाको पहिरो प्रभावित क्षेत्रमा थप जोखिमको अध्ययन र व्यवस्थापनमा सघाउन जान लागेको टोली पहिरो पन्छाउँदै दरवाङ पुगेको छ । दरवाङदेखि ताकम, बिम र मराङ जोड्ने सडक मर्मतका लागि पनि पहल गरिएको छ । सडक, विद्युत्, सञ्चार सेवा अवरुद्ध हुँदा पहिरोपीडितलाई राहत, व्यवस्थापन र पुनर्वासको काममा अप्ठ्यारो भएको छ । पहिरोको जोखिम अध्ययनका लागि प्रहरीको विपद् व्यवस्थापन टोलीले ड्रोन क्यामेराको समेत सहयोग लिने प्रनाउ कुँवरले बताए ।

पहिरो प्रभावितहरुको व्यवस्थापन, बेपत्ताको खोजी र थप क्षतिको अध्ययनका लागि प्रहरी सहायक निरीक्षक सागर रानाको नेतृत्वमा १० जनाको टोली त्यसतर्फ गएको छ । विपद् व्यवस्थापनमा खटिने नेपाल प्रहरीको सो टोलीमा विपद्सम्बन्धी तालिमप्राप्त अनुभवी जनशक्ति छन् ।

आगोले जलेर घाइतेको उद्धार

सडक अवरुद्ध भएका कारण आगोले जलेर घाइते भई उपचारबाट वञ्चित भएका धवलागिरि गाउँपालिका–७ ताकमका तमबहादुर खत्रीको मङ्गलबार हेलिकोप्टरबाट उद्धार गरेर बेनी अस्पतालमा ल्याइएको छ । जिसी ग्रुपका अध्यक्ष नारायण जिसीले निजी खर्चमा प्रभु एयरको हेलिकोप्टरमा चढाएर ताकमबाट ल्याएर बेनी अस्पतालमा उपचारका लागि भर्ना गर्नुभएको हो । स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि सिफारिस भएका, पहिरोका कारण सडक अवरुद्ध भएको, बोकेर ल्याउन सम्भव नभएको, गरिबीका कारण पीडा सहेर उपचारको पर्खाइमा रहेका ६२ वर्षका खत्रीको गाउँपालिकाका अध्यक्ष थमसरा पुनको अनुरोधमा उद्धार गरेको जिसीले बताए।

मराङ र बिमका पहिरो प्रभावितका लागि राहत सामग्री लिएर गएको हेलिकोप्टर फर्कने बेलामा खत्रीलाई ल्याएर बेनी आएको हो । गत शनिबार घरमा राखिएको पेट्रोल चुहिएर भएर आगलागी हुँदा बोल्न नसक्ने अपाङ्गता अवस्थाका खत्रीको शरीरको आधा भाग जलेको थियो । खत्रीको उपचारमा बेनीको न्यूरोडमा रहेको नमस्ते म्याग्दी डिजिटल कलर ल्याब सञ्चालन गर्दै आएका ताकमका प्रकाश र कृष्णराज पौडेलले सहयोग गर्ने बताएका छन् ।

यसैबीच राम्चे, आरबाङ र शिवाङमा रहेका पहिरोपीडितका लागि राहत सामग्री उपलब्ध गराइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदी र रेडक्रस सोसाइटीका सभापति लेखबहादुर हमालसहितको टोलीले हेलिकप्टरमार्फत खाद्यान्नलगायत राहत सामग्री पु¥याएको थियो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies