Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

एक किलो सलह ल्याउनेलाई रु ५००

काठमाडौँ । सलहलाई विषादीको प्रयोग नगरी नियन्त्रण गर्ने विभिन्न उपायअन्तर्गत एक किलो सलह ल्याउनेलाई रु ५०० दिने प्रस्ताव गरिएको छ । यसअघि विभिन्न क्षेत्रका स्थानीय तहले एक किलो सलह ल्याउनेलाई रु २०, ५० र १०० प्रतिकिलो दिने घोषणा गरिए पनि त्यसलाई नियन्त्रणमा लिन सर्वसाधारणमा उत्साह नदेखिएपछि पैसा बढाएर रु ५०० दिने प्रस्ताव गरिएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत रहेको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले मन्त्रालयमा उक्त प्रस्ताव पेश गरेको छ । नेपालमा सलहको अध्ययन गरी आवश्यक तयारी कार्य गर्न कृषि मन्त्रालयले विज्ञ सहितको प्राविधिक कार्यदल गठन गरेको थियो । सोही कार्यदलको सोमबारको बैठकको निर्णयानुसार मन्त्रालयमा उक्त प्रस्ताव लगिएको कार्यदलका संयोजक तथा उक्त केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईंले बताए ।

भारतमा सलहको झुण्ड प्रवेश गरेलगत्तै नेपालमा छिर्नसक्ने सम्भावनालाई दृष्टिगत गरी सो कार्यदल गत जेठ १३ गते गठन गरिएको थियो । हावाको दिशा र गतिमा आएको परिवर्तनले नेपालमा सलहको एउटा झुण्ड असार १३ गते भित्रिएको थियो ।

कार्यदलले अहिले पनि नियमित रुपमा सलहको अध्ययन गरी क्षति कम गर्न आवश्यक सुझाव दिँदै आएको छ । “यसपटकको बैठकले भने सर्वसाधारण पनि सलह नियन्त्रणमा परिचालन हुन सकोस् भनेर एक किलो ल्याउनेलाई रु ५०० को प्रस्ताव हामीले मन्त्रालयमा पेश गरेका छौँ, संयोजक हुमागाईंले रासससँग भने, “रु २० वा रु ५० दिएर उनीहरुमा उत्साह नै देखिएन, त्यसैले रकम बढाएर नयाँ प्रस्ताव गरेका हौँ ।”

केन्द्रले सलहबाट हुने क्षति कम गर्न सबै निकाय तथा प्रदेश, स्थानीय तहमा पर्याप्त संवाद र सहकार्यको काम भइरहेको जनाएको छ । सलह कीराको सङ्ख्या, अवस्था, फैलावट, क्षतिको आङ्कलन गर्दा नेपालमा सानो झुण्ड आएको छ । क्षति पनि धेरै गर्न पाएको छैन । अहिले सक्रिय भएका सलहलाई नियन्त्रण गर्न यो प्रस्ताव लगिएको प्राविधिक कार्यदलका सदस्य किटविज्ञ समुन्द्रलाल जोशी बताउछन् ।

विषादी प्रयोग हानिकारण

प्राविधिक कार्यदले विषादी प्रयोगलाई निरुत्साहित गर्दै आएको छ । विभिन्न देशमा विषादी प्रयोग गरिएका छन् तर ती देशको मरुभूमिमा मात्रै बढी प्रयोग भएको छ । मानव बस्ती क्षेत्रमा विषादी प्रयोग गर्दा ठूलो क्षति हुने भएकाले पनि विषादी प्राथमिकतामा छैन । “विषादीले अहिले सलहले गरेकोभन्दा धेरै क्षति गर्न सक्छ, मानवीय र प्राकृतिक वातावरणमै असर गर्ने भएकाले विषादी प्रयोगलाई निरुत्साहित गरेका छौँ”, हुमागार्इंले थपे।

अहिले सलह पश्चिम उत्तरतिर लागेकाले पनि विस्तारै हट्दै जाने अनुमान गरिएको छ । भएकालाई घरेलु उपाय अपनाएर समाउने, स्थानीय स्रोत साधन प्रयोग गरेर हटाउने गर्दा नै राम्रो हुन्छ भन्ने निष्कर्ष प्राविधिक समूहको छ । त्यसैले विभिन्न आवाज निकालेर, होहल्ला गरेर, धपाएर नै लखेट्नुको विकल्प नभएको किटविज्ञ जोशी बताउछन् । समायो भने कुखुराको दानामा प्रयोग गर्न सकिने वा कसैले खान पनि सक्नेछन् ।

केन्द्रमाथि एक्सनमा गएन कि भन्ने गुनासो पनि आएको बताउँदै केन्द्रका प्रमुख हुमागार्इंले अहिले नै रासायनिक विषादी हालेर मार्नुपर्छ भन्ने निष्कर्षमा भने नरहेको बताए। उनले नियन्त्रण नै गर्न नसक्ने गरी करोडौँ करोड आयो भने त्यो बेला आवश्यक निर्णय हुने समेत बताए। आवश्यक तयारीमा भने बस्नुपर्ने उनी बताउछन्। त्यसको नियन्त्रणका लागि प्रयोग गर्ने यन्त्र उपकरण पनि तयारी राख्नुपर्छ भनेर त्यसतर्फ पनि मन्त्रालयमा प्रस्ताव पेश गरिएको उनले बताए।

विज्ञका अनुसार सलहको आयु झण्डै तीन महिनाको मात्रै हो । झुण्ड आउने क्रम भने रोकिएको छैन । पटकपटक विभिन्न जिल्लाबाट सलहका झुण्ड प्रवेश गरिरहेको छ । मुलुकका ५४ जिल्लामा प्रवेश गरेको सलह भने विखण्डित हुँदै केही मर्ने, केही शिथिल हुने र केही सक्रिय हुँदै आएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending