Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

रामपुरमा १५ श्ययाको आयुर्वेद तथा प्राकृतिक अस्पताल खुल्दै

पाल्पा । पाल्पाको रामपुर नगरपालिकामा १५ श्ययाको आयुर्वेद तथा प्राकृतिक अस्पताल निर्माण हुने भएको छ । नगरपालिका– ५ मा रहेको सो अस्पतालको स्तरोन्नति गरी सेवा क्षेत्र बढाउन नयाँ भवन निर्माण शुरु गरिएको हो । विसं २०७६ पुस २५ गते सम्झौता गरी शिवशक्ति कन्ट्रक्सन प्रालीमार्फत निर्माण प्रक्रिया अगाडि बढाइएको छ । सङ्घीय सरकारको भवन निर्माणअन्तर्गत रु ४८ लाख ७९ हजार ५०० को लागतमा निर्माण हुने भवन विसं २०७८ भदौ २४ गते भित्रमा सम्पन्न हुने रामपुर आयुर्वेद औषधालयका प्रमुख कविराज चेमप्रकाश पोखरेलले जानकारी दिए।

सो भवन १२ रोपनी आठ आना जग्गामा निर्माण हुँदैछ। नयाँ बन्ने भवनको जग खन्ने काम सम्पन्न भइसकेको छ । आयुर्वेद अस्पतालमा नवौँ तहसम्मका चिकित्सकको दरबन्दी रहनेछ । यसैगरी अस्पतालमा चार चिकित्सक, चार कविराज, दुई बैद्य, प्राविधिक, कार्यालय सहयोगीलगायतका सरकारले तोकेका कर्मचारीबाट सेवा दिने जनाइएको छ ।जिल्लामा छ आयुर्वेद औषधालयक सहित सदरमुकाम तानसेनमा आयुर्वेद स्वास्थ्य केन्द्र रहेका छन् । यसअन्र्तगत रामपुर नगरपालिकाभित्र दुई वटा रामपुर आयुर्वेद र गाडाकोट आयुर्वेद औषधालय, रैनादेवी छहरा, रिब्दिकोट, बगनासकाली, माथागढी र पूर्वखोला गाउँपालिकामा एक÷एक वटा रहेका छन् । औषधालयमा कविराज र वैद्य एक÷एक, प्राविधिक दुई, कार्यालय सहयोगी दुई कर्मचारीको दरबन्दी छ ।

आयुर्वेदक तथा प्राकृतिक अस्पतालबाट आकस्मिक कक्ष, एक्स–रे, ल्याबलगायतका सेवा सञ्चालन गरिने पाल्पा आयुर्वेद औषधालयका वैद्य निरीक्षक यज्ञप्रसाद गैरेले जानकारी दिए। औषधालयमा ओपिडी, जनरल, आमा सेवा कार्यक्रम, ज्येष्ठ नागरिकलगायतका सेवा प्रवाह भइरहेको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending