Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

प्रहरी भर्नामा उचाइ समस्या हल गरिने

विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीय प्रहरी समायोजन हुँदा प्रदेश नं १ मा करीब ११ हजार प्रहरी भएकामा अहिले आठ हजार मात्र भएकाले विधेयकले पूर्णता पाएपछि रिक्त प्रहरी पूर्ति गरिने बताएका छन् । प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ बमोजिम प्रदेश प्रहरीका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफमा उहाँले उचाइका कारणले प्रहरीमा भर्ना हुन नसक्ने अवस्थाको अन्त्य गरिने पनि बताए ।

समावेशिताको सिद्धान्तका आधारमा समानुपातिक ढङ्गले भर्ना गरिने जानकारी दिँदै उहाँले प्रदेशमा वरिष्ठ हवल्दार र वरिष्ठ नायब प्रहरी निरीक्षकको अवधारणा सबै प्रदेशसँग मेल खाने भएकाले प्रदेश प्रहरी ऐनमा सो व्यवस्था गरिने र प्रहरीको किताबखाना एउटै हुने बताए ।

सो विधेयकको सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्य कुलप्रसाद साँवा, खिनुलङ्वा लिम्बू, जयराम यादव, नवोदिताकुमारी चौधरी, प्रतापप्रकाश हाङ्गाम, बलबहादुर साम्सुहाङ, लछुमण तिवारी, लोकप्रसाद सङ्ग्रौला, शिवनारायण गनगाई, लीला सुब्बा र शान्ता पौडैलले प्रदेश प्रहरी ऐन सबल र सक्षम हुने किसिमको हुनुपर्ने धारणा राखेका थिए ।

आजको शून्य समयमा प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले हदबन्दीका समयमा पहाडी क्षेत्रमा धेरै जग्गा दर्ता हुन छुट्न गएकाले दर्ताको प्रक्रिया अघि बढाउन सरकारसँग माग गरे । सदस्य कल्पनाकुमारी सरदारले कोरोनाका कारण जनतामा निकै समस्या रहेको र अहिले किसानले खेती गर्ने समयमा मल नपाइरहेको तर्फ सरकारको ध्यान जानुपर्ने बताइन् । प्रदेशसभाको अर्को बैठक यही असार २८ गते अपराह्न १ बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies