काठमाडौं । महत्वपूर्ण विधेयक थाँती राख्दै संघीय संसद्को बर्खे अधिवेशन अन्त्य गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा बिहीबार साँझ ५ बजेदेखि संसद् अधिवेशन अन्त्य गरेकी हुन् ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद् अधिवेशन आह्वान र अन्त्य हुने संवैधानिक व्यवस्था छ । अधिवेशन अन्त्यअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति भण्डारीसँग भेट गरेका थिए ।
अधिवेशन अन्त्य हुँदा नागरिकता ऐन संशोधन, संघीय निजामती सेवा, विशेष सेवा गठनसहित दर्जनभन्दा बढी विधेयक पारित हुने बेला रोकिएका छन् । लामो समयदेखि रोकिएका नागरिकता र निजामती विधेयक हालै मात्र राज्यव्यवस्था समितिले पारित गरेर प्रतिनिधिसभामा पठाएको थियो ।
यी विधेयक प्रतिनिधिसभाबाट पारित हुने अन्तिम चरणमा थिए । नागरिकता विधेयक झन्डै दुई वर्षदेखि संसद्मा रोकिँदा अंगीकृत नागरिकता लिएका व्यक्तिका सन्तान र वैवाहिक अंगीकृत नागरिकता लिन चाहनेहरू मर्कामा परिरहेको सरकारले बताउँदै आएको छ । संसद् सचिवालयले सभामा १९ वटा विधेयक विचाराधीन रहेको जनाएको छ ।
राष्ट्रिय सभाले पारित गरेको विशेष सेवा विधेयक प्रतिनिधिसभामा रोकिएको छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले पारित गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग विधेयक पनि राष्ट्रिय सभामै रोकिन पुगेको छ ।
कोरोना महाव्याधिका कारण लकडाउनबीच वैशाख २६ गते बर्खे अधिवेशन सुरु भएको थियो । ५६ दिन चलेको अधिवेशनले सरकारको वार्षिक नीति तथा कार्यक्रम, बजेट र नयाँ नक्सा अनुमोदनसम्बन्धी संविधान संशोधन विधेयक पारित गरेको थियो ।
प्रतिनिधिसभातर्फ १४ र राष्ट्रिय सभातर्फ ५ वटा विधेयक दर्ता भएका थिए । ८ वटा विधेयक दुवै सदनबाट पारित गरिएको थियो । अधिवेशनमा ९ वटा संकल्प प्रस्ताव, २ वटा जरुरी सार्वजनिक महत्वको र २ वटा ध्यानाकर्षण प्रस्ताव दर्ता भएका थिए । प्रतिनिधिसभाले रुकुम पश्चिम चौरजहारी घटनाको अध्ययन गर्न ९ सदस्यीय संसदीय समिति गठन गरेको थियो ।
अधिवेशन अन्त्यसँगै बहुचर्चित अमेरिकाको सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता पनि अलपत्र परेको छ । सरकारले यही अधिवेशनबाट उक्त सम्झौता अनुमोदन गर्ने तयारी गरेको थियो । तर, सत्तासीन नेकपाभित्रै एमसीसी विवादमा परेपछि अनुमोदन हुन सकेन ।
सरकारले अधिवेशन अन्त्य गर्ने विषयमा सरकारले सभामुख अग्नि सापकोटासँग कुनै सल्लाह नगरेको उनको सचिवालयले जनाएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्था भए पनि सभामुखसँग सल्लाह गर्ने परम्परा थियो ।
विपक्षी कांग्रेसले पनि आफूसँग सल्लाह नगरी सरकारले एकलौटी रूपमा अधिवेशन अन्त्य गरेको भन्दै असन्तुष्टि जनाएको छ । पार्टीको आन्तरिक कलह र दम्भमा संसद् अधिवेशन अन्त्य गरेर सरकारले जनताका समस्या सुन्न नचाहेको कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले आरोप लगाए ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...


प्रतिकृया लेख्नुहोस्: