Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

गर्भवतीका लागि एम्बुलेन्स

चितवन । भरतपुर महानगरपालिकाले गर्भवती महिलालाई प्रसूति गराउन भरतपुर अस्पताल ल्याउन सहज होस् भन्ने उद्देश्यले एउटा एम्बुलेन्स खरिद गरिदिने भएको छ । महानगरले आफ्नो छैटौँ नगरसभामा पेस गरेको नीति तथा कार्यक्रममा भरतपुर अस्पताललाई गर्भवती बोक्न एम्बुलेन्स खरिद गरिदिने उल्लेख छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गर्भवती महिलालाई प्रसूति गराउन आउन सहज होस् भन्ने उद्देश्यले एम्बुलेन्स खरिद गरिदिन लागेको जानकारी दिए । उनले भने, “आर्थिक अभावमा अस्पताल सम्म पुग्न असहज नहोस् भन्ने उद्देश्यले एम्बुलेन्स किनिदिन लागेका हौँ ।” दाहाल प्रमुख भएपछि पहिलो निर्णय भरतपुर अस्पतालको वहिरङ्ग सेवामा उपचार गर्न आउने महिला र ज्येष्ठ नागरिकलाई निःशुल्क टिकट व्यवस्था गरेका थिए ।

आउँदो वर्षबाट सबैखाले अपाङ्गको टिकट समेतको भुक्तानी महानगरले गर्ने भएको छ । प्रमुख भए लगत्तै आफू भरतपुर अस्पतालको स्तर वृद्धिमा लागि परेको भन्दै उनले केन्द्रीयस्तरको भएसँगै यस क्षेत्रका जनताले थप सुविधा पाउने बताए । गत वर्ष महानगरपालिकाले भरतपुर अस्पताललाई आर्थिक सहयोग गर्दै आएको छ । दाहालले थपे, “चितवनसहितका १९ जिल्लाका बिरामीको उपचार गर्ने यस अस्पतालको बिकासका लागि जस्तो सुकै सहयोग गर्न महानगर तयार छ ।” प्रसूति गृहपछि सबैभन्दा बढी प्रसूति गराउने अस्पतालको रुपमा परिचित यस अस्पतालमा वर्षमा १४ हजार हाराहारी गर्भवतीले बच्चा जन्माउँछन् ।

अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले महानगरपालिकाले विभिन्न काममा अस्पताललाई सहयोग गर्दै आएको भन्दै थप एक एम्बुलेन्स अस्पतालले खरिद गर्ने बताए । महानगरले दिएको एम्बुलेन्समा गर्भवती मात्र बोक्ने र अर्कोमा अन्य बिरामी बोक्ने उहाँले जानकारी दिनुभयो । अस्पतालका प्रमुख मेडीकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीले महानगर प्रमुख अस्पतालको विकास समितिमा हुने भएकाले अस्पताललाई आवश्यक पर्दा सहयोग माग्ने ठाउँ महानगर बनेको बताए ।

महानगरले अस्पतालमा सङ्कलन भएका बेवारिसे शव व्यवस्थापनमा पनि सहयोग गर्दै आएको तिवारीको भनाइ छ । महानगरमा प्रमुख र उपप्रमुख दुवै जना महिला भएकाले उनीहरुको ध्यान महिलाको उपचारमा बढी केन्द्रित हुने गरेको छ । प्रसूति उपचारमा भरतपुर अस्पताल उत्कृष्ट भएको भन्दै तिवारीले एम्बुलेन्स आएपछि बिरामीलाई थप लाभ पुग्ने बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies