बाजुरा । जिल्लाको बूढीगङ्गा नगरपालिका– ४ बानेगाँउ बस्ने दीपा लुवार स्थानीय मेडिकलको औषधि सेवन गर्दा जोखिमा परेकि छिन् परामर्श नलिइकन निजी मेडिकलबाट गर्भपतनको औषधि खाएकाले उनको ज्यान जोखिममा परेको हो । हाल उनी अछामको बयलपाटा अस्पतालमा जीवन मरणको दोसाधमा छटपटाइरहेकि छिन्
दीपाले बुधबार स्थानीय मेडिकलबाट गर्भ तुहाउने औषधि लिएर घरमै खाएकि थिइन् । खाएको केही समयमै उनको अत्यधिक रक्तश्राव भएको थियो । अवस्था गम्भीर हुँदै गएपछि उनी टाँटे स्वास्थ्यचौकीमा उपचार गराउन आएको र त्यो समयसम्म उनलाई अत्यधिक रक्तश्राव भएका कारणले त्यहाँ उपचार सम्भव नभएपछि अछामको बयालपाटा अस्पताल लगिएको बूढीगङ्गा नगरपालिका स्वास्थ्य संयोजक दीपक शाहले जानकारी दिए ।
अहिले उनको अछामको बयलपाटा अस्पतालमा उपचार भइरहेको परिवारका सदस्यले बताएका छन् । उनलाई चार पिन्ट रगत दिइएको अस्पतालले जनाएको छ । औषधि सेवनपछि अत्यधिक रक्तश्राव भएका कारण उनमा अहिले रक्तअल्पता भएका कारण ज्यान निकै जोखिममा रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।
गर्भपतन वा सुत्केरी महिलामा हेमोग्लोबिनको मात्रा घटेमा ज्यान जोखिम हुने स्वास्थ्यकर्मीको भनाइ छ । दीपाले औषधि किनेको टाँटे स्वास्थ्यचौकीसँगै जोडिएको एक मेडिकलबाट किनेर खाएको बुझिएको छ । तर, त्यही टाँटे स्वास्थ्यचौकी सुरक्षित गर्भपतन सेवाका लागि सूचीकृत भएको छ । उनलाई त्यो जानकारी हुँदाहँुदै पनि मेडिकलबाटै औषधि किनेर खाएको एक स्वास्थ्यकर्मीले बताएका छन् ।
दीपाजस्तै बाजुरामा धेरै महिला यसरी गैरकानूनी रुपमा गर्भपतन गरिरहेका छन् । सुरक्षित गर्भपतन गर्नका लागि सरकारले कानूनी व्यवस्था गरेको भए पनि बाजुरामा भने त्यसको खासै प्रयोग नभएको पाइएको छ । अनुमति नलिएका पसलबाट गर्भपतन गराउने धन्दा बढ्दै गएको छ । जसका कारण महिलाको स्वास्थ्य जोखिम बन्दै गएको सुरक्षित गर्भपतन सेवाका कार्यक्रम संयोजक सरिता थापाले बताइन् ।
गर्भपतन गराउन नर्स, डाक्टरले तालीम लिएको हुनुपर्छ । त्यसैगरी गर्भपतन गराउने स्वास्थ्य संस्था पनि सूचीकृत भएको हुनुपर्छ तर त्यो नभई मनोमानी रुपमा गर्भपतन भइरहेको जिल्ला अस्पताल बाजुराकी स्टाफ नर्स धर्मा रोकायाले बताइन् । कानुनमा १२ हप्तासम्मको मात्रै गर्भपतन गराउन पाइन्छ । “शारीरिक, मानसिक अवस्था ठीक भएमात्र गर्भपतन गराउनुपर्छ, तर कुनै परीक्षण बिना नै औषधि खुवाएर गर्भपतन गराउने आम प्रचलन भएका कारण धेरै रगत बग्ने, तल्लो पेट दुख्ने, गनाउने पानी आउने समस्या हुनु यसैको परिणाम भएको स्टाप नर्स रोकायाको भनाइ छ ।”
‘सुरक्षित गर्भपतन सेवा विस्तार रणनीतिक तथा कार्य सञ्चालन सेवा निर्देशिका २०६६’ अनुसार स्वास्थ्य सेवा विभाग, परिवार स्वास्थ्य महाशाखाबाट गर्भपतन सेवा प्रदान गर्ने व्यक्ति र संस्था दुवैले प्रमाणपत्र लिएका हुनुपर्छ तर गाउँमा खोलिएका औषधि पसलबाट अदक्ष जनशक्तिका भरमा गर्भपतन गराउने काम भइरहेको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: