Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

किन आएनन् स्थायी समितिको बैठकमा अध्यक्ष ओली

काठमाडौं । प्रधानमन्त्री समेत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा आफैले अध्यक्षता गर्नुपर्ने स्थायी समितिको बैठकमा उपस्थित भएनन् ।

असहिसुष्ण कार्यशैली भएका ओली बैठकमा उठ्ने विषयहरु सुन्ने मुड र धैर्यतामा नरहेको बालुवाटार स्रोत बताउँछ ।

उसो त दुईदुईपटक बैठक राखेर पनि टारेका र बैठक छलिरहेका ओलीको इच्छा विपरित स्थायी समितिका सदस्यहरुको दबावमा यो बैठक आयोजना भएको थियो ।

उनले आफु अन्य काममा व्यस्त रहेको बताएपनि स्थायी समितिका सदस्यहरुले सरकारका र आफ्नोबारेमा कडा आलोचना राख्ने अवस्थामा रहेको बुझेकै कारण नआएका एक स्थायी समितिका सदस्यले बताए ।

आफु अन्य काममा व्यस्त रहेकोले बैठक चलाउँै गर्न भनेको अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकलाई जानकारी गराएर बैठक जारी राखेका छन् ।

स्थायी समितिका सदस्यहरुले आजबाट धारणा राख्ने कार्यक्रम रहेको छ भने उनीहरु जसलाई सुनाउनपर्ने हो उ नै बैठकमा नआएपछि के गर्ने भन्ने अन्योलमा फसेको बताइएको छ ।

यद्यपी बैठकमा धारणा राख्ने काम जारी छ भने अर्का अध्यक्ष प्रचण्ड लगायतका सचिवालय सदस्यहरु ओली नआएपनि बैठक जारी नै राख्ने मुडमा छन् ।

एक स्थायी समितिका नेता भन्छन्, ‘बुधबार सुरु भएको बैठकमा कार्यकारी अध्यक्ष प्रचण्ड ओलीप्रति कडारुपमा प्रस्तुत भएपछि र वरिष्ठ नेता माधव नेपालले ओलीले बोल्दाबोल्दै जवाफ फर्कापछि सचिवालय र स्थायी समितिका नेताहरुसँग थप झस्किएकाले बैठकमा नआएका हुन सक्छन् ।’

उनले थपे बैठकमा अर्का अध्यक्ष रहेकाले र अधिकांश स्थायी समितिका सदस्यहरुले बैठक माग गरेकाले ओली नआउँदैमा बैठक स्थगित नहुने र जारी रहने बताए । उनले भने, ‘ओली नआएपनि बैठक रोकिदैँन र हामी रोक्न दिदैनौं । नेतासँग सहकर्मी र पार्टीको बिचार सुन्ने धैर्यता हुनुपर्छ ।’ उनले आक्रोशित हुँदै भने, –‘हामी नेता दास या कामदार होइनौं, पार्टी र आन्दोलनमा हाम्रो पनि योगदान छ । नेतृत्वले सबैको बिचार सुन्नुपर्छ, नसुन्ने भए नेतृत्व छोड्नुपर्छ ।’

\"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending