स्याङ्जा । बाख्रापालन व्यवसाय गर्दै आएका किसानलाई लक्ष्य गरेर गल्याङ नगरपालिकाले बाख्रालाई आफ्नो समय अनुकूल बोका खोज्ने (हिट सिङ्क्रोनाइजेसन) प्रविधिको शुरुआत गरेको छ । गल्याङ– ७ का ललित थापाको बाख्रा फर्ममा यो प्रविधिको पहिलो पटक प्रयोग गरिएको हो ।
बाख्राको प्रजनन अङ्गमा सिआइडिआर राखेपछि हर्मन उत्पन्न भई बोका खोज्ने हुँदा यो प्रविधि निकै महत्वपूर्ण भएको नगरपालिकाका पशु सेवा शाखाका अधिकृत सुशील अर्यालले बताए । पहिलो पटक १४ बाख्रामा यो प्रविधिको प्रयोग गरिएको र पछि थप एक सय वटामा गरिने योजना छ ।
बाख्रालाई आफूले स्याहारसुसार गर्न अनुकूल हुने सयममा पाठापाठी उत्पादन गर्नका लागि यो प्रविधिको प्रयोग गरिन्छ । यसरी बाख्रालाई समयअनुकूल बोका खोज्ने बनाउनका लागि निरोग बाख्राका साथै सुत्केरी भएको दुई महिना पुगेको बाख्रा छनोट गरेर आन्तरिक परजीवीको औषधि र मिनरल खुवाएको २० दिनपछि बाख्राको प्रजनन अंगबाट सिआइडिआर योनीमा राखिन्छ । यसलाई राखेको १७ दिनपछि निकालेर अर्को हर्मोन ल्युटिनाइज बाख्राको शरीरमा लगाइन्छ । यो लगाइएको ४८ घण्टामा बाख्राले पूर्ण रुपमा बोका खोज्ने र बोयर जातको बोका लगाइने पशु शाखाका अधिकृत अर्यालले बताए ।
यस क्षेत्रमा काम गर्ने चिकित्सक र प्राविधिकको कमी तथा हर्मोन महंँगो हुनाका साथै सहज रुपमा पाउन गाह्रो हुने भएकाले किसानसमक्ष प्रविधि आउन नसकेको अर्यालको भनाइ छ ।
व्यावसायिक रुपमा बाख्रापालन गर्दै आएका किसानले यो प्रविधिको प्रयोग गर्न सकेमा धेरै फाइदा लिन सक्ने देखिन्छ । यो प्रविधिको सबैभन्दा महत्वपूर्ण पक्ष किसानले आफूलाई अनुकूल हुने समयमा पाठापाठी उत्पादन गर्ने सकिने हुन्छ । साउन, भदौ, पुस र माघमा बाख्राले बच्चा जन्माउँदा राम्रोसँग हुर्काउन नसकिने हुनाले यीबाहेक अन्य महिनामा बाख्रालाई सुत्केरी बनाउन सकिन्छ । यो प्रविधिको प्रयोग गर्नका लागि बाख्रा सुत्केरी भएको कम्तीमा दुई महिना पुगेको र निरोग हुनुपर्छ ।
नगरपालिकाका प्रमुख भूपराज अधिकारीले नगरपालिकालाई कृषिमा आत्मनर्भर गराउने योजनानुसार काम भइरहेको बताउँदै किसानका लागि आवश्यक पर्ने सबै कुरामा सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे । नगरपालिकाका प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पाण्डेले नगरभित्र रहेका कृषकलाई व्यावसायिक रुपमा काममा लाग्ने हौसला प्रदान गर्ने उद्देश्यले विभिन्न प्रकारका अनुदानका कार्यक्रम सञ्चालन हुँदै आएको जानकार दिए। नगरपालिकाले कृषकलाई अदुवा र च्याउ खेतीका लागि निःशुल्क बीउबिजन वितरण गर्नाका साथै दूध बिक्री गर्ने किसानलाइ अनुदानको व्यवस्था गरेको जनाइएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: