Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

रोजगारी सिर्जनाको लागि कृषि, स्वास्थ्य र शिक्षामा कागेश्वरी मनोहरामा विशेष कार्यक्रम

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाले रोजगारी सिर्जना हुने गरी कृषिमा संलग्न किसानका लागि निःशुल्क अन्नबाली र पशु बीमा, कृषि औजार, मल एवं बीउबिजनमा अनुदानको व्यवस्थासहितको कार्यक्रम पारित गरेको छ ।

नगरप्रमुख कृष्णहरि थापाले चौथो नगरसभामा पेश गरेको आगामी आर्थिक वर्ष २०७७÷२०७८ को नीति तथा कार्यक्रम र बजेटमा कोभिड–१९ को महामारीले सिर्जित समस्या समाधानका लागि कृषि, स्वास्थ्य र शिक्षा क्षेत्रका लागि विशेष बजेटको व्यवस्था गरिएको हो । नगरसभाले कोरोनाको प्रभाव नियन्त्रणका लागि नगरभित्रका स्वास्थ्य संस्थालाई प्रभावकारीरुपमा सञ्चालन र व्यवस्थापनका लागि आवश्यक बजेटको व्यवस्था गरेको छ ।

आगामी आवका लागि नगरपालिकाले आयतर्फ रु एक अर्ब ६७ करोड पाँच लाख ६९ हजारको बजेट विनियोजन गरेको छ । यसैगरी व्ययतर्फ चालू खर्चमा रु ३८ करोड ३२ लाख ८८ हजार र पूँजीगत खर्चतर्फ रु एक अर्ब २८ करोड ७२ लाख ८१ हजारको अनुमानित खर्चलाई नगरसभाले पारित गरेको नगर प्रवक्ता राजाराम पुडासैनीले राससलाई जानकारी दिए ।

नगरपालिकाको आगामी आवको आर्थिक विधेयकमा बन्दाबन्दीका कारण सञ्चालन हुन नसकेका उद्योग व्यवसायीको समस्या समाधानका लागि सेवा शुल्क तथा राजस्वको बक्यौतातामा जरिवाना छुट गर्ने उल्लेख छ ।

यसैगरी घरजग्गा बहाल करमा ५० प्रतिशत छुट गरेको छ । घरजग्गा कर र मालपोतमा बक्यौता रकम आगामी पुस मसान्तसम्म बुझाएमा जरिवाना नलाग्ने व्यवस्था गरिएको छ । कुनै वस्तु सेवामा मालपोत रजिष्ट्रेशन मूल्याङ्कन दस्तुर चालू आवकै यथावत् कायम गर्ने नगरपालिकाले जनाएको छ । गुणस्तरीय शिक्षाका लागि आवश्यक भौतिक पूर्वाधार पाठ्यपुस्तक तालिमका साथै विद्यार्थीका लागि दिवा खाजाको व्यवस्थासहितको नीति तथा कार्यक्रम पनि पारित गरेको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: