Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८१ आईतवार | 28th April, 2024 Sun
NIMB

विद्युत्को डिमान्ड शुल्क मिनाहा गर्न हान पोखराको आग्रह

पोखरा । बन्दाबन्दीले समस्यामा परेको भन्दै पश्चिमाञ्चल होटल सङ्घ ९हान० पोखराले विद्युत्को डिमान्ड शुल्क मिनाहा गरिदिन सरकारसँग आग्रह गरेको छ । कोभिड–१९ को महामारीसँगै जारी बन्दाबन्दीका कारण बन्द होटल क्षेत्र धरासायी हुने अवस्थामा पुगेको भन्दै सङ्घले त्यस्तो आग्रह गरेको हो ।

सङ्घका अध्यक्ष विकल तुलाचनको नेतृत्वमा सोमबार नेपाल विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय गण्डकी प्रादेशिक कार्यालय पोखरा पुगेको होटलकर्मीको टोलीले व्यवसाय ठप्प भएका कारण डिमान्ड शुल्क मिनाहा भए केही राहत हुने भन्दै निर्देशनालयका प्रमुख टेकनाथ तिवारीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

अध्यक्ष तुलाचनले आगामी आर्थिक वर्षको बजेट आउनुअघि नै उल्लिखित आग्रहसहित केही मागहरु होटल क्षेत्रका तर्फबाट सरकारलाई बुझाएको भए पनि सम्बोधन हुन नसकेको भन्दै विद्युत्को डिमान्ड शुल्क हटाउन प्राधिकरणको सम्बन्धित विभागको ध्यानाकर्षण गराएको बताए । होटल क्षेत्रलाई उद्योगको मान्यता दिइएको भनिए पनि सेवा सुविधा र सहुलियतमा भने सरकारका तर्फबाट सो अनुसारको व्यवहार नगरिएको उनको गुनासो छ ।

यसैगरी खपत भएको विद्युत्को महसुल तिर्न व्यवसायी तयार रहेको तर त्यस्तो शुल्क अवस्था सामान्य भएपछि तिरे हुने व्यवस्थाका लागि समेत व्यवसायीले प्राधिकरण समक्ष आग्रह गरेका थिए । गण्डकी अञ्चल प्रादेशिक प्रमुख तिवारीले व्यवसायीका आग्रह र मागहरु आफूले सम्बन्धित निकायमा सम्प्रेषण गर्ने प्रतिबद्धता जनाए । होटल र सिङ्गो पर्यटन क्षेत्र अहिले कठिन अवस्थाबाट गुज्रिएकोप्रति आफू जानकार रहेको भन्दै उनले व्यवसायीले सहुलियतको कुरा उठाउनु जायज भएको भनाइ राखे ।

सो अवसरमा व्यवसायीले बैङ्कको ऋण, ब्याज र अन्य किस्ताहरु तिर्नुपर्दा होटल क्षेत्र घाटाको अवस्थामा रहेको, सरकारले सहुलियतको कुनै पनि कार्यक्रम ल्याउन नसकेको र सरकारका तर्फबाट शुल्क र करका सन्दर्भमा अन्य सामान्य अवस्थामा जस्तो व्यवहार गर्न खोजिएको भन्दै गुनासो गरेका थिए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies