Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

गृहजिल्ला आएसँगै सांसद किराँती क्वारेन्टिनमा

भोजपुर ।भोजपुरका प्रतिनिधिसभा सदस्य सुदन किराँती गृह जिल्ला आएसँगै क्वारेन्टिनमा बसेका छन् । काठमाडौँबाट भोजपुर आएका किराँती आफ्नो जन्मथलोसमेत रहेको रामप्रसादराई गाउँपालिकाले निर्माण गरेको क्वारेन्टिनमा बसेका हुन् ।

सरकारले कोरोनाको जोखिमलाई ध्यानमा राख्दै बाहिरबाट आएका मानिसलाई अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरेका कारण आफू क्वारेन्टिनमा बसेको सांसद किराँतीले जानकारी दिए । उनले भने, “म शनिबारबाट गाउँपालिकाले ओख्रेमा निर्माण गरेको क्वारेन्टिनमा बसेको छु, क्वारेन्टिनमा बसेर त्यहाँ समस्याको विषयमा बुझेर त्यसलाई समाधानमा लागि पनि पहल गरिरहेको छु ।” मानिसमा पहुँचको आधारमा सरकारले जारी गरेको निर्णय पालना नगर्ने प्रवृत्ति बढ्दै गएकाले त्यसको अनिवार्यरुपमा पालन गर्नुपर्नेसमेत किराँतीले बताए ।

“हामीमा पहुँचको आधारमा विभिन्न ढङ्गले सरकारले जारी गरेको नीति नियम उल्लङ्घन गर्ने प्रवृत्ति बढ्दो छ, यसले सर्वसाधारण जनता मारमा छन्, नियम सबैको लागि बराबर हुनुपर्छ, त्यसैले म जनताको समस्यालाई नजिकबाट नियाल्दै क्वारेन्टिनमा बसेर सरकारको नियम पालना गर्दैछु”, सांसद किराँतीले भने ।

क्वारेन्टिनमा बसेर विभिन्न सुधारात्मक कामसमेत गरेको सांसद किराँतीले बताए । अहिले स्थानीय तहहरुले निर्माण गरेका क्वारेन्टिनलाई व्यवस्थित बनाउनमा पहल गर्नेसमेत किराँतीको भनाइ छ । सांसद किराँतीले भने, “काठमाडौँमा परीक्षण गरी सङ्क्रमणमुक्त भएको प्रमाणसहित गृहजिल्ला आए पनि वर्तमान प्रावधानअनुसार म क्वारेन्टिनमा बसेको हुँ, यो सबैले मान्न जरुरी छ, क्वारेन्टिनमा भौतिक दूरी कायम गर्दै स्थानीय सरोकारवाला, जनप्रतिनिधि, सर्वसाधारणसँग संवादसमेत गर्दै आएको छु, यसले पनि मलाई जिल्लाका विभिन्न समस्या बुझ्न सहयोग पुगेको छ ।”

राजधानीमा रहेर जनतालाई राहत वितरणदेखि लिएर संसद्मा जिल्लाका विभिन्न समस्याका विषयमा सरकारको ध्यानाकर्षण गराएपश्चात् किराँती जिल्लाको पछिल्लो अवस्था बारे जानकारी लिन गृहजिल्ला आएका हुन् । निम्नस्तरका निमुखा मानिस मात्र क्वारेन्टिनमा बस्नुपर्ने जनगुनासो स्थानीयवासीबाट आएपछि त्यसलाई नजिकबाट नियाल्न सहयोग पुगेको उनको भनाइ छ । क्वारेन्टिनमा बस्ने क्रममा प्रतीक्षालय, शौचालय निर्माणसँगै क्वारेन्टिन आसपासमा सूचनामूलक सामग्रीसमेत टाँस गरिएको उनले जानकारी दिए ।

“तल्लोस्तरका मानिसलाई मात्र क्वारेन्टिनमा बस्न बाध्य पारिन्छ भन्ने खालको स्थानीयवासीबाट गुनासो आउने गरेको छ, तर म आफैँ क्वारेन्टिनमा बसेपछि अहिले जनतामा पनि सकारात्मक धारणाको विकास भएको छ, सबै उच्च तहका मानिसले सरकारको नियमलाई पालना गर्दै कोरोनाको विषयमा सजग रहने खालका सन्देश प्रवाह गर्नसके स्थानीयवासीमा भएको कोरोना त्रास कम हुने थियो, यसले एक प्रकारको औषधि कै काम गर्न सक्छ, स्थानीयवासीलाई अहिले कोरोनासँग लड्न हौसलाको पनि खाँचो छ”, सांसद किराँतीले भने ।

विभिन्न ठाउँँबाट जिल्ला प्रवेश गर्नेको सङ्ख्या वृद्धि भइरहँदा पँहुच र शक्तिको आडमा क्वारेन्टिनमा नबस्ने धेरै छन् तर सांसद नै सरकारले जारी गरेको प्रावधानलाई पालना गर्दै क्वारेन्टिनमा बसेपछि स्थानीयवासी खुसी भएका छन् । यसले अन्य मानिसमा समेत सकारात्मक सन्देश जाने स्थानीयवासीको भनाइ छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending