Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

सञ्चारकर्मीको पीडा : सहजतामा हाइहाइ, असहजतामा बाइबाइ

चितवन । चितवनका सञ्चारकर्मी अनिल ढकाल बन्दाबन्दीको शुरु–शुरुमा ‘हिँडेरै घर फर्कनेहरुको पीडा’ रिपोर्टिङ सम्झिरहनु हुन्छ । उनले भने, “रिपोर्टिङ गरेर समाचार लेखुञ्जेल खुशी भएँ, जब बेलुका फर्केर घरको ढोकामै पुगेँ, दुई वर्षको छोराले बाबा ! भनेर लिन आएपछि होस् नै उड्यो ।” उहाँले त्यसबेलाको अवस्था सम्झँदै भने, “कतै मैले कोरोना त बोकेर आएको छैन ? आफूले आफैँलाई प्रश्न गरेँ र छोरालाई काखमा लिनै सकिनँ ।” भीडमा गएर पत्रकारिता गर्दा कस्तो मान्छेलाई भेँटे होला भनेर अहिले पनि मन पोलिरहने उनको भनाइ छ ।

पत्रकारिता पेशाका कारण घरपरिवारसँग खुशीले बस्न सक्ने अवस्था छैन । उनले भने, “यस्तो बेला मन साह्रै पोल्दोरहेछ ।” यसरी काम गरिरहँदा कोरोना परीक्षण गरेर ढुक्क हुने अवस्था सिर्जना गर्न स्थानीय सरकारसँग माग गर्दा आरडिटी गर्नसमेत सहयोग नगरेको उनले गुनासो राखे।

प्रेस काउन्सिल नेपालको आयोजना, नेपाल पत्रकार महासङ्घ वाग्मती प्रदेशको समन्वय र काभ्रेपलाञ्चोक जिल्ला शाखाको संयोजनमा धुलिखेलमा आयोजित ‘सञ्चार क्षेत्रमा कोरोना महामारीको असर र पत्रकार आचारसंहिता’ विषयक प्रदेशस्तरीय शनिबार सम्पन्न दुईदिने कार्याशाला गोष्ठीमा उहाँले कोभिड–१९ ले आम सञ्चार क्षेत्र र सञ्चारकर्मीलाई पारेको असरमा आफ्नो भोगाइ र समस्या राखे । उनले अहिले कसैले सहयोग नगरेको सुनाए।

“विगतमा समाचार लेखेर सहयोग पुगेको व्यवसाय, व्यक्ति, संस्था र स्थानीय सरकारका नेतृत्व गर्नेहरु यस्तो बेलामा पत्रकारलाई सहयोग गर्न आग्रह गर्दा पनि वास्ता गर्दैनन् । ” उनले भने ।

महासङ्घ धादिङ शाखाका अध्यक्ष नवराज छत्कुलीले सञ्चारकर्मी लागि ‘सहजतामा हाइहाइ, असहजतामा बाइबाइ’को अवस्था रहेको छ भने । स्थानीय सरकार, सङ्घसंस्था र सहयोगी निकाय सबैसँग आग्रह गरे पनि सहयोग नपाएपछि जोखिमका समयमा सञ्चारकर्मीलाई रु दुई लाखको दुर्घटना बीमा र रु एक लाखको कोरोना बीमा गरेर दुःखमा मल्हम लगाउने काम गरेको उनले बताए । मकवानपुरका सञ्चारकर्मी रिपेश दाहालले महामारीमा सञ्चारकर्मीले आर्थिक अभाव झेल्नु परिरहेको दुःखेसो व्यक्त गरे।

महासङ्घका सिन्धुली जिल्ला अध्यक्ष राजन कार्कीले समाचार सङ्कलनका लागि खटिने सञ्चारकर्मीका लागि स्वास्थ्य सुरक्षा सामग्री (स्यानिटाइजर, ग्लोब्स र मास्क) समेत पाउन नसकेको र यसका लागि महासङ्घ प्रदेश र सङ्घीय समितिले सहयोगको लागि पहल नगरेको गुनासो गरे ।

महासङ्घ काभ्रे शाखा सचिव नगेन्द्र अधिकारीले जोखिमको अवस्थामा काम गर्ने सञ्चारकर्मीलाई उनीहरुले गरेको सूचना समाचार सम्प्रेषणका आधारमा महासङ्घ, स्थानीय सरकार र राज्यले आवश्यक सहयोग गर्नुपर्ने बताए ।

महासङ्घ दोलखा शाखाका अध्यक्ष जीवन लामा, नुवाकोट अध्यक्ष विष्णु तारुके, सिन्धुपाल्चोक अध्यक्ष महेश श्रेष्ठलगायतले जिल्लाका सञ्चारकर्मीले कार्यक्षेत्रमा निरन्तर खटिरहेका सञ्चारकर्मीको कोरोना परीक्षण गर्न स्थानीय सरकारसँग आग्रह गर्दा पनि आरडिटी र पिसीआरको सुविधासमेत नपाएको बताए। यसका लागि महासङ्घ प्रदेश र सङ्घीय समिति तथा प्रेस काउन्सिल नेपालले आवश्यक पहल गरिदिन उहाँहरुले आग्रह गरे ।

प्रेस काउन्सिल नेपालका सदस्य ईश्वरी ओझाले संस्थागतरूपमा अग्रपङ्क्तिमा रहेर काम गर्ने सञ्चारकर्मीको बीमा, स्वास्थ्य परीक्षणलगायत पाँच बुँदे मागपत्र सरकारलाई पेश गरेको बताए।

महासङ्घका अध्यक्ष गोविन्द आचार्यले पत्रकारको समस्याको सम्बोधनका लागि संस्थागतरूपमा लागिपरेको बताए। तत्काल भएको समस्यालाई सम्बोधन गर्न नसके पनि त्यसले पार्ने प्रभावका लागि सकेको सहयोग गर्न सबैसँग समन्वय गरेर अगाडि बढिरहेको उहाँले जानकारी दिए। 

धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले नगरपालिका सङ्घको तर्फबाट संस्थागत रूपमा छलफल गरी सञ्चारकर्मीको हितमा काम गर्न सकिने बताए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending