Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

बालबालिकामा मनोवैज्ञानिक समस्या: अभिभावकले समय दिनुपर्ने सुझाव

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–६ का कक्षा ७ मा अध्ययनरत १४ वर्षीय साजन विक एक महिनादेखि चिन्तित थिए । साजनका मनमा एक किसिमको डर थियो कोरोना ।
लामो समय घरमै बसिरहँदा तथा कोरोनासम्बन्धी रेडियोमा आएका विभिन्न समाचार सुनेर मनमा लागेको डरका कारण सबैको जिन्दगी सकिन्छ भन्ने मनोभाव लिएर करीब एक महिना चिन्तामा बसे उनका अभिभावकले अनेक प्रयासले सम्झाएपछि बल्ल उनी निडर बन्न थाले । कोरोना अरू रोग जस्तै सामान्य भएको र मानिस सञ्चो भएको कुरा सुनेर अहिले साजन त्यत्ति चिन्ता लिदैनन् ।

भारतबाट अभिभावकसँगै फर्केकी घोडाघोडी नगरपालिका–५ की १२ वर्षीया चौधरीले क्वारेन्टिनमा अभिभावकसँगै दुई हप्ता बसेर घर फर्कँदा कैदी थुनिने कारागार बसेर आएझैँ लागेको बताए । क्वारेन्टिनमा बस्दा सँगै बसेकाहरूले कोरोनाले सबैलाई सिध्याउँछ के गर्ने होला भनेको सुनेदेखि चौधरीलाई कोरोना एकदमै खतरनाक रहेछ भन्ने लागेको थियो । कोरोना लागेकै कारण आफूहरूलाई क्वारेन्टिनमा राखेको होला भन्ने सोचले पिरोलिने चौधरी अभिभावक र स्वास्थ्यकर्मीले सम्झाएपछि चिन्ता कम बनाएको बताए ।

कोरोनाका कारण बालबालिकाको मानसपटलमा परेको असरबारे यी दुई घटना उदाहरण मात्र हुन् । नेपालमा पछिल्लो समय आक्रामक रूपमा बढ्दै गइरहेको कोरोना भाइरस सङ्क्रमणका कारण लामो समय बन्दाबन्दीले विद्यालय बन्द भई घरभित्रको बास तथा क्वारेन्टिनमा बस्नुपर्दा बालबालिकाको मनोविज्ञानमा असर पर्ने भएकाले यसतर्फ सचेत रहन सरोकार भएकाहरुले आग्रह गरेका छन् ।

कोरोनाको त्रासले बालबालिकामा विभिन्न किसिमका समस्या उत्पन्न हुन सक्ने मनोविमर्शकर्ता सीता भण्डारीले बताए । सङ्क्रमण जोखिमका कारण शैक्षिक संस्था अझै केही समय बन्द हुने भएको, लकडाउनका कारण असहज बन्दै गएको जनजीवन आगामी केही महिनासम्म पूर्णरुपमा सहज नहुने भएको, यसबीच बालबालिकाको दैनिक जीवन सामान्यावस्थामा फर्कने अवस्था नदेखिएको तथा ती लामो समय क्वारेन्टिन र आइसोलेशनमा रहँदाको तनावसमेत थपिँदा गम्भीर परिणाम देखिन सक्ने भण्डारीको भनाइ छ ।

लामो समय विद्यालय बिदा भई घरमै बसिरहँदा र क्वारेन्टिनको तनावपूर्ण वातावरणले बालबालिकाको व्यावहारिक, भावनात्मक र सामाजिक विकासमा नकारात्मक असर पुर्याउने हुँदा उनीहरूसँग मित्रवत् व्यवहारका साथै अभिभावकले बढी समय दिनुपर्ने मनेविमर्शकर्ता भण्डारीको तर्क छ । बालबालिकामा कोरोनाका कारण सबै बर्वाद हुन्छ, सबै सकियो खत्तमै भयो भन्ने सोच पर्न नदिन अभिभावकको महत्वपूर्ण भूमिका रहने भण्डारीले बताए ।

विद्यालय बन्द हुनाले सबैभन्दा ठूलो प्रत्यक्ष असर तिनमा परेको एसओएस बालग्राममा बालबालिकामा देखिने मानसिक समस्या सम्बन्धी परामर्श दिइरहेको सहजकर्ता दिनेश भट्टराईको भनाइ छ । ‘बालबालिकाको विद्यालय कहिले खुल्छ, ठेगान छैन, उनीहरूको मनमा विद्यालय नखुलेका कारण अनेक किसिमका भावना खेलिरहेका हुन्छन् र त्यसले मनोविज्ञानमा असर पर्न सक्ने भएकाले उनीहरूलाई बढीभन्दा बढी सिर्जनशील काममा सक्रिय बनाउन अभिभावकले ध्यान दिनुपर्छ’, भट्टराईले बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies