न्यूयोर्क । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको अस्थायी सदस्यमा भारत, आयरल्यान्ड, मेक्सिको र नर्वे विजयी भएका छन् । सन् २०२१–२२ को कार्यकालका लागि राष्ट्रसंघ महासभाले तीन राष्ट्रलाई छनौट गरेको हो । एकसय ९३ सदस्यीय महासभामा १८४ राष्ट्रले मतदान गरेका थिए । राष्ट्रसंघ सुरक्षा परिषदमा स्थायी र अस्थायी गरी कूल १५ राष्ट्र सदस्य हुन्छन् । राष्ट्रसंघमा पाँच मुलुकहरु संयुक्तराज्य अमेरिका, बेलायत, फ्रान्स, चीन र रुस सुरक्षा परिषदका स्थायी सदस्य राष्ट्र रहेका छन् भने बाँकी १० अस्थायी सदस्यहरु निर्वाचनबाट छनौट हुने व्यवस्था छ ।
राष्ट्रसंघ सुरक्षा परिषदमा विजयी भएपछि प्रतिक्रिया दिँदै राष्ट्रसंघमा भारतीय स्थायी प्रतिनिधि टि एस तिरुमुर्तीले राष्ट्रसंघको सुरक्षा परिषदमा भारत निर्वाचित भएकामा गौरवको अनुभूति भएको बताएका छन् । कोरोनाभाइरस महामारीलाई ध्यान दिएर राष्ट्रसंघको मुख्यालयमा भएको मतदानमा आयरल्यान्डले १२८ मत पाएको थियो भने केन्याले ११३ मत पाएको थियो । नर्वे पनि युरोपेली समूहबाट निर्वाचित भएको छ ।
तर, राष्ट्रसंघ सुरक्षा परिषदको अस्थायी सदस्यमा चुनाव लडेको क्यानाडा भने पराजित भएको छ । क्यानाडाले आवश्यक दुई तिहाई मत प्राप्त गर्न असफल भएको थियो । क्यानाडेली संचार माध्यमहरुका अनुसार उत्तर अमेरिकी मुलुक क्यानाडाले १०८ मत मात्र प्राप्त गरेको थियो । यो सहित क्यानाडा लगातार दोस्रो पटक पराजित भएको छ । –एएनआई
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: