Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

रुपन्देहीमा पाँचजनाको सामूहिक हत्या प्रकरण : आजैबाट अनुसन्धान शुरु

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० मा पाँचजनाको सामूहिक हत्याको घटना अनुसन्धान गर्न ५ नं प्रदेश प्रहरी कार्यालयले टोली गठन गरी अनुसन्धान शुरु गरिएको छ । प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारको नेतृत्वमा गठन गरिएको तीन सदस्य अनुसन्धान टोलीले आजदेखि नै अनुसन्धान शुरु गरेको जनाएको छ ।

अनुसन्धान टोलीको नेतृत्व गरेका प्रहरी वरिष्ठ उपरीक्षक बैदवारले घटनास्थलको स्थलगत अध्ययन, स्थानीय केही व्यक्तिसँग सोधपुछलगायतको काम भएको जानकारी दिए। अनुसन्धान टोलीमा प्रदेश दङ्गा नियन्त्रण गणका प्रहरी उपरीक्षक विकाश खनाल, इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौर रहेका छन्।

तिलोत्तमा नगरपालिका–१० मैनहवास्थित कृष्णबहादुर पुनको गङ्गादेवी पशु फार्ममा काम गर्ने तीन र गाउँका अरू दुई गरी पाँचजनाको सोमबार राति सामूहिक हत्या भएको थियो । सैनामैना मुर्गियाका ४१ वर्षीय माधव मुसहर, ३७ वर्षीया जानकी मुसहर, १४ वर्षीय पोषराज मुसहर, १७ वर्षीय करण चौधरी र आशिष चौधरीको हत्या भएको हो । माधव र जानकी श्रीमान्–श्रीमती हुन् । करण र आशिष पोषराजका साथी हुन् । उनीहरु रमेशसँग समय बिताउनका लागि प्रायः रातिमा गोठमा आएरै बस्ने गरेको फार्म सञ्चालक पुन बताए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीका अनुसार मृतकहरुको धेरैजसो टाउको र घाँटीमा चोट देखिएको छ । घटनास्थलबाट फर्केका प्रहरी वरिष्ठ उपरीक्षक बैदवारले मृतकहरुको शव परीक्षणका लागि पठाइएको र छिट्टै नै घटनाको गहिराइमा पुगिने जानकारी दिए।

सोही गाई फार्ममा सँगै काम गर्ने घटनास्थल नजीकै परालको थुप्रोमा लुकेर बसेका ३१ वर्षीय झसेन्द्र सिञ्जालीलाई हत्या आरोपमा प्रहरीले बिहान पक्राउ गरेको छ । उनले फरुवाले हानेर हत्या गरेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । हत्या आरोपमा पक्राउ परेका झसेन्द्र करीब दुई महिनाअघि मात्रै सो फार्ममा काम गर्न आएका थिए । यसअघि उनी तिलोत्तमाकै शिवपुरस्थित अर्को पशु फार्ममा काम गर्दछे । त्यहाँ उनी श्रीमतीसँग सम्बन्ध बिग्रिएपछि छाडेर गङ्गादेवी पशु फार्ममा आएका हुन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending