Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

डेमोक्र्याट पार्टीद्वारा अमेरिकी प्रहरीमा सुधारको प्रस्ताव, ट्रम्पद्वारा आलोचना

वासिङ्टन । अमेरिकी तल्लो सदन कङ्ग्रेसमा बहुमतमा रहेको डेमोक्र्याट पार्टीले सोमबार व्यापक सुधार सहितको प्रहरी कार्यविधि र जवाफदेहीता समेटिएको नयाँ कानुन प्रस्ताव गरेको छ ।

प्रहरी नियन्त्रणमा रहेकै अवस्थामा एक अश्वेत अमेरिकीको ज्यान गएको विरोधमा देशव्यापी विरोध प्रदर्शन भएसँगै डेमोक्र्याट पार्टीले नयाँ प्रस्ताव अघि सारेको हो ।

राष्ट्रपतिका लागि चुनावी वर्ष रहेकाले डेमोक्र्याटिक पार्टीले अघि सारेको प्रस्तावमाथि राजनीतिक सहमति तत्काल बन्ने सम्भावना न्यून छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले देशव्यापी प्रदर्शनहरु हिंसात्मक हुँदै गएपछि कानुन व्यवस्था बहाल गर्न सेना परिचालन गर्नेसम्मको चेतावनी दिएपछि त्यसको सर्वत्र आलोचना भएको थियो ।

कङ्ग्रेसकी सभामुख न्यान्सी पेलोसीले अमेरिकी दासत्व युगको स्मरण गर्दै भने,“अमेरिकामा रुपान्तरीय संरचनात्मक परिवर्तन नगरी हामी कुनै पनि कुराको समाधान गर्न सक्दैनौं ।”

प्याकेज सार्वजनिक गर्नुअघि कङ्ग्रेस र सिनेटका डेमोक्र्याट सदस्यहरुले संसदको हलमा ८ मिनेट ४६ सेकेन्डसम्म मौनधारण गरेका थिए । त्यसबखत हालै मारिएका अश्वेत नागरिक जर्ज फ्लोएड र पछिल्ला प्रहरी कारबाहीमा मारिएका अरु केही अश्वेत व्यक्तिहरुका नाम वाचन गरिएको थियो ।

ह्वाइट हाउसमा कानुन कार्यान्वयन अधिकारीहरुसँग भेटघाट गरेका राष्ट्रपति ट्रम्पले डेमोक्र्याट पार्टीको शैली अनौठो रहेको प्रतिक्रिया दिएका थिए ।

क्यापिटल हिलबाट भेला भएका प्रदर्शनकारीहरुले प्रहरी विभागलाई पुनः संरचना गर्न माग गर्दै नारा लगाएका थिए । उनीहरुले प्रहरीका लागि भइरहेको खर्चमा कटौती गर्न पनि माग गरेका थिए । तर राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै भने, “खर्च कटौती र प्रहरी सेवा भङ्ग, यी हुनै सक्दैनन् ।”

उहाँले बैठक पछि घोषणा गरे, “हामी प्रहरी सेवा भङ्ग गर्न सक्दैनौं ।”

डेमोक्र्याट नेताहरुले प्रहरी सेवा भङ्ग गर्न नचाहेको भन्दै राष्ट्रपतिको भनाईको प्रतिवाद गरेका थिए । पार्टीले अघि सारेको प्रस्तावले प्रहरीलाई अझ बढी जवाफदेही र पारदर्शी हुन मद्दत गर्ने उनीहरुको भनाई थियो ।

अमेरिकी पूर्व उपराष्ट्रपति जो बाइडेनले प्रहरी सेवामा खर्च नगर्ने भनाई ठीक नभएको बताउँदै प्रहरीमा सुधारको आवश्यकतामाथि जोड दिएका छन् ।

डेमोक्र्याट पार्टीले अघि सारेको प्रस्तावले प्रहरीलाई प्राप्त असीमित संरक्षणलाई सीमित गर्नेछ । यसबाहेक प्रस्तावले प्रहरीको अतिशय बल प्रयोग र घाँटीमा थिच्नबाट बन्चित गर्नेछ ।

अनुशासनहीन कार्यमा संलग्न प्रहरीमाथि सहज रुपमा कारबाही चलाउन नयाँ प्रस्तावले सहयोग पुग्ने डेमोक्र्याट पार्टीको ठम्याई छ । एपी

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending