हेटौडा । नेपाली अनुसन्धानकर्ता डा ललितकुमार दासले कोरोना भाइरसविरुद्ध विकास गरेको भनिएको औषधि (खोप) को प्रयोगात्मक परीक्षणको प्रक्रियामा ढिलाइ हुँदा हेटौँडावासी चिन्तित भएका छन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गत हेटौँडास्थित वन विज्ञान अध्ययन संस्थानका सहप्राध्यापक डा दासले कोरोना भाइरसविरुद्ध खोप विकास गरेको भनिएको एक हप्ताभन्दा बढी भए पनि हालसम्म त्यसको प्रयोगात्मक परीक्षण हुन नसक्दा उनीहरु चिन्तित बनेका हुन् ।
महामारीका रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस)विरुद्ध खोपको निराशाजनक रुपमा आगमनको आशामा विश्व रहेको बेला सम्भावित खोपको पहिलो चरणको विकास हेटौँडास्थित वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालामा गरिएको जिकिर गरिएको छ ।
“नेपाली अनुसन्धानकर्ताले कोरोना भाइरसविरुद्ध खोपको विकास गर्नु हाम्रा लागि गौरवको विषय हो, यसको छिटोभन्दा छिटो परीक्षण हुनुपर्छ”, हेटौँडा–४ का रामप्रसाद अधिकारीले भने, “अहिले खोपको व्यापक चर्चा छ । खोप त बन्यो तर यसको प्रयोगका लागि सरकारको सम्बन्धित निकायले यथाशीघ्र परीक्षण गरेर त्यसको नतिजा सार्वजनिक गर्न सक्नुपर्दछ ।” दुई महिनाभन्दा बढी समयको अथक प्रयास र अनुसन्धान गरेर डा दासले उक्त खोपको विकास गरेको जिकिर गरेका छन् ।
खोप निर्माण भइसकेपछि वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले डा दाससँग आफ्ना मन्त्रालय मातहतका सचिव तथा विशेषज्ञसहित छलफल गरेका थिए । त्यसपछि मन्त्री दुलालले नेपाल स्वास्थ अनुसन्धान परिषद्का विशेषज्ञसँगसमेत भिडियोकन्फ्रेन्समार्फत त्यसको परीक्षण गराउने सम्बन्धमा छलफल गरेका थिए । अहिलेसम्म त्यसको परीक्षण हुन नसक्दा सर्वत्र गुनासो बढेको पाइएको छ ।
खोप विकास भएको सार्वजनिक भएपछि उक्त प्रयोगशालामा राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा स्थानीय विभिन्न सञ्चारमाध्यमका पत्रकारको भीड हुने गरेको सो अध्ययन संस्थानका अर्का सहप्राध्यापक दामोदर गैरेले जानकारी दिए । जडीबुटी विशेषज्ञ एवं उक्त खोप विकासमा सहयोगी प्राध्यापक गैरेले उक्त औषधि (खोप) कहिले परीक्षण गराउने हो भन्ने विषयमा पत्रकारको जिज्ञासा अत्यधिक रहेको बताए ।
वनारस हिन्दू विश्व विद्यालयबाट फाइटो केमेस्ट्रीमा पिएचडी गरेका डा दासले कोरोना भाइरस नियन्त्रणका लागि केही एन्टी अक्सिडेन्ट एक्टिभिटी र इन्जेमेटिक एक्सन भएको प्लान्ट लिएर शोध गरी उक्त औषधिको विकास गरेका हुन्। विभिन्न १५ किसिमका स्वास्थ्यवद्र्धक जडीबुटीबाट यो खोपको विकास गरिएको जिकिर गरिएको छ । उक्त खोपको परीक्षण कहिलेदेखि हुन्छ भनी राससको जिज्ञासामा डा दासले नेपाल सरकारको माध्यमबाट छिटो परीक्षण हुने र त्यसका लागि सामाजिक विकासमन्त्री दुलाल लागेको प्रतिक्रिया दिए ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले समेत सो खोप सम्बन्धमा डा दाससहित ७३ राष्ट्रसँग भिडियो कन्फ्रेन्समार्फत् छलफल गरी आवश्यक सुझावसमेत दिएको छ । त्यसपछि यो खोपप्रति नेपाली जनताको चासो बढ्दै गएको छ । अहिले सो प्रयोगशालामा खोपसम्बन्धी जानकारी लिनका लागि भीड लाग्ने गरेको त्यहाँका कर्मचारी बताउँछन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: