डाेटी । आइतबार बिहान क्वारेन्टिनमा मृत्यु भएका जिल्लाको केआइसिंह गाउँपालिका–३ दल्लका १९ वर्षीय एक युवकको पिसिआर रिपोर्ट नआउँदा दाहसस्कार हुन सकेको छैन । मृत्यु भएको १६ घण्टा बितिसक्दा पनि अझै रिपोर्ट नआउँदा उनको सबको दाहसंस्कार हुन नसकेको हो ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा रहेको प्रयोगशालामा शनिबार बेलुका ६ बजे नै मृतक र उनीसँगै बसेका अन्य नौ जनाको स्वाब सङ्कलन गरी पठाइएको भए पनि रिपोर्ट नआउँदा दाहसंस्कारका लागि शव नउठाइएको मृतकका आफन्तले जानकारी दिएका छन् ।
कैलालीमा एक मात्र पिसिआर मेसिन रहेकाले अन्य जिल्लाबाट पनि पठाइएको स्वाब परीक्षण गर्न बाँकी रहेकाले मृतकको पिसिआर परीक्षण हुन समय लागेको जानकारी आएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए ।
उनले भने, “प्रयोगशालामा धेरै स्वाब परीक्षणका लागि क्युमा हरेकाले डोटीको परीक्षण हुन समय लागेको भन्ने खबर आएको छ, सम्भवतः आज साँझसम्ममा रिपोर्ट आउनसक्छ ।” सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका निर्देशक डा गुणराज अवस्थीले मृतकका थोरै आफन्त मात्र मिलेर दाहसंस्कार गर्न निर्देशन दिएका छन् ।
“रिपोर्ट आउन समय लाग्छ होला दाहसंस्कारमा सहभागीलाई छुट्टै राखी दाहसंस्कार गरे हुन्छ”, उनले भने, “थोरै मानिस मिलेर दाहसंस्कार गरे हुन्छ, दाहसंस्कारमा संलग्न व्यक्ति रिपोर्ट नआउँदासम्म अलग बस्नुपर्ने हुन्छ ।” मृतकका आफन्तले रिपोर्ट नआउँदा दाहसंस्कारमा ढिलाइ भएको र शव गन्हनाउने खतरा भएको भन्दै चाँडो रिपोर्ट पठाउन आग्रह गरेका छन् ।
दाहसंस्कारका लागि नेपाली सेना तयारीमा रहे पनि रिपोर्टको पर्खाईमा रहेको केआइसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले बताए । वर्षाका कारण हिलाम्य सडकका बाबजुद गाउँपालिकाका स्वास्थ्यकर्मीले स्वाब सङ्कलन गरी कैलालीसम्म समयमै पुर्याए पनि त्यहाँ रहेको प्रयोगशालाले ढिलासुस्ती गरेको उनको आरोप छ । आइतबार बिहान ३ बजे मृत्यु भएका निज युवकको सव दाहसंस्कार नगरिँदा गन्हाउने अवस्थामा पुगेको केआइसिंह गाउँपालिकाका स्वास्थ्य संयोजक तिलबहादुर बोहराले बताए ।
उनले भने, “शव राखेको लामो समय भइसकेको छ, रिपोर्ट आएको छैन, शव गन्हनाउने अवस्थामा पुगिसकेको छ ।” मृतक युवक लामो समयदेखि मुटुको रोगी भएको जानकारी पाइएको उनले जानकारी दिए । भारतको दिल्लीबाट उनी यही जेठ २० गते नेपाल आइपुगेपछि विद्यालयमा बनाइएको क्वारेन्टिनमा उहाँसहितका अन्य व्यक्तिलाइराखिएको थियो ।
विगत १२÷१३ वर्षदेखि छोरा मुटुको रोगी भएको मृतकका बुबाले बताए । उनले भने, “छोरो मुटुको रोगी थियो, खेत बेचेरसमेत उपचार गरे बचाउन सकेन अहिले मरिसक्दासमेत रिपोर्ट समयमै नआउँदा जलाउनसमेत पाएन, योभन्दा ठूलो पीडा के हुनसक्छ र ।” क्वारेन्टिनमा आइतबार बुबा भेट्न आएको समयमा मृतक युवक बुबा देखेर एकाएक ढलेका थिए । “बुबा देखेर ढलेको छोरा अब कहिले नउठ्ने गरी फर्कियो, रिपोर्ट नआउँदा अन्तिम सस्कार पनि गर्न पाइएको छैन”, मृतकका छिमेकी टकेबहादुरले भने, “मरेपछि पनि पीडा दिने यो कहाँको नियम हो, अरुकोभन्दा मृतकको रिपोर्ट छिटो आउनुपर्ने होइन र ? ।”
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: