Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

छुट्टाछुट्टै दुर्घटनामा पाँचको मृत्यु

२९ असार, काठमाडौं । देशका विभिन्न भागमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर पाँचको मृत्यु भएको छ । कालिकोट, गुल्मी, स्याङजा, बझाङ र जुम्लामा भएको सवारी दुर्घटनामा परेर उनीहरुको मृत्यु भएको हो । कालिकोट पाखा–१ सेरावालामा भे.१ त ६३२५ नम्बरको ट्याक्टर मंगलबार बिहान सडकबाट अंदाजी ८० मिटर तल तिला नदीमा खसेर दुर्घटना हुँदा सहचालक मानमा–५ बस्ने २० वर्षीय नमराज खड्का र सुकाटिया–२ बस्ने ट्याक्टर साहु २० बर्षीय नेत्र चौलागाई गम्भीर घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका नमराजको  जिल्ला अस्पताल मानमामा उपचाको क्रममा मृत्यु भएको हो । यसैगरी गुल्मी अस्लेवा–२ ताउलेमा लु.२ च ९०८३ नम्बरको ट्याक्टर सोमबार राति सडकबाट अंदाजी २ सय मिटर तल खसेर दुर्घटना हुँदा चालक ठुलोलुम्पेक–७ बस्ने ४० बर्षीय गोपाल राहाडीको घटनास्थलमै मृत्यु भएको छ । यसैगरी, स्याङजा वालिङ नगरपालिका–८ मा ग.२ प ६८७२ नम्बरको मोटरसाइकल पछाडी बसी यात्रा गर्ने ३९ वर्षीया ज्ञानेश्वरी गुरुङको सोमबार मृत्यु भएको छ । मोटरसाइकलबाट अचानक खस्दा गम्भीर घाइते भएकी गुरुङको उपचारको लागि वालिङतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै, बझाङ रायल–२ चौडाममा ना.१ ज ३१५१ नम्बरको जीपले रायल–२ बस्ने दिपक भण्डारीको ५ वर्षीय छोरा अजय भण्डारीलाई सोमबार ठक्कर दिँदाँ घटनास्थलमै मृत्यु भएको छ । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी जुम्ला मालिकाकोट–१ स्थित हाडसिजाबाट मुगुतर्फ जाँदै गरेको भे.१ त ४३७५ नम्वरको ट्याक्टर सोमबार अनियन्त्रित भएर अंदाजी ३ सय मिटर तल खसेर दुर्घटना हुँदा रसियन नागरिक भ्लादिस्लाभ गोरोडोभको घटनास्थलमै मृत्यु भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending