Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

तीस जना स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखेर मध्यपुर अस्पताल आजदेखि पुन : सञ्चालनमा

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–४ थिमिस्थित मध्यपुर अस्पतालका सेवा पुनः सञ्चालनमा आएका छन् । अस्पतालमा कार्यरत ३० जना स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखेर अस्पतालले आजदेखि आफ्नो सेवा सञ्चालन गरेको जनाएको छ । कोभिड–१९ सङ्क्रमण पुष्टि भएकी भक्तपुर बस्ने सुत्केरीको सो अस्पतालका चिकित्सकले शल्यक्रिया गरेका थिए। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिबारको नियमित पत्रकार सम्मेलनमा सङ्क्रमण पुष्टि भएकी ती महिलाको कोरोना परीक्षणको रिपोर्ट नआउँदै अस्पतालले सिजरिङ (शल्यक्रिया) गरी सुत्केरी गराएको थियो ।

अस्पतालका मेडिकल निर्देशन डा रविना प्रधानाङ्गले महिलाको प्रत्यक्ष सम्पर्कमा आएका छ चिकित्सक, १२ नर्सिङ स्टाफ, ११ हेल्पर र एक ल्याब स्टाफ गरी ३० जनालाई क्वारेन्टिनमा राखिएको जानकारी दिए । दोलखा स्थायी घर भई हाल भक्तपुर कमलविनायकमा डेरा गरी बस्ने ३० वर्षीया गर्भवतीको जेठ २१ गते अस्पतालमा भर्ना भई सोही दिन शल्यक्रिया गरी सुत्केरी गराइएको थियो ।

लकडाउनसँगै दोलखा घर गएकी उनी सुत्केरी हुने दिन नजिकिएपछि लकडाउनकै बीचमा फर्किएर यहाँको कमल विनायकस्थित कोठामा बस्दै आउनुभएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए। शुरुमा निजामती (सिभिल) अस्पताल गए पनि भर्ना गर्न नमानेपछि यही १८ गते काठमाडौँ मेडिकल कलेज (केएमसी) सिनामङ्गल गएर भिडियो एक्सरे गरी शल्यक्रिया गर्नुअघि कोरोना परीक्षण गर्न स्वाब सङ्कलन गरी टेकु पठाएको थियो ।

यसपछि ती महिला कमलविनायकस्थित एक स्वास्थ्य संस्थामा प्रसूति रोग विशेषज्ञलाई भेटेर परामर्श लिइ स्वास्थ्य जाँच गरेको पाइएको छ । केएमसीमा शल्यक्रिया गर्ने तयारी गरे पनि यही २१ गते सो अस्पतालको सेवा केही समयमा लागि बन्द भएपछि ती महिला मध्यपुर अस्पताल गएको जनाइएको छ ।

यही २१ गते मध्यपुर अस्पतालमा भर्ना भई सोही दिन शल्यक्रिया गरी सुत्केरी गराइ यही २३ गते अस्पतालले डिस्चार्ज गरेपछि काठमाडौँ कोटेश्वरस्थित माइती गएको पाइएको मध्यपुर नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । सुत्केरी शल्यक्रिया गर्नु अगाडि गरिएको पिसीआर परीक्षणको रिपोर्ट जेठ २४ गते शनिबार पोजेटिभ आएपछि मध्यपुरथिमि नगरपालिका, महानगरीय प्रहरी वृत्त थिमि, सीएमसीको टोलीसँग छलफल गरी सङ्क्रमितसँग सम्पर्कमा आएकालाई क्वारेन्टिनमा राख्ने र अस्पतालको सेवा सुरक्षितरूपमा सञ्चालन गर्ने निर्णय गरेको उनले बताए । सुत्केरी महिलालाई पाटन अस्पतालको आइसोलेसनमा उपचारका लागि लगिएकोे छ ।

उनले सङ्क्रमित देखिँदैमा सिङ्गो अस्पताल सिलबन्दी गरेर अन्य बिरामीको उपचार रोक्न हुन्न भन्ने मान्यताअनुसार हाल अस्पतालको शल्यक्रियाकक्ष र प्रसूति वार्ड मात्रै केही समयलाई बन्द गराइ अरु सेवा सुरक्षितरूपमा सञ्चालन गर्ने निर्णय गरेको बताए । अस्पतालका मेडिकल निर्देशक डा प्रधानाङगले ओपिडी, आकस्मिक र आइसीयू सेवा सञ्चालन नै राखेको जानकारी दिए। यी महिलासँगै भक्तपुरमा ६ जनामा कोरोना सङ्क्रमित भएका छन् । यसअघि चाँगुनारायण नपा–३ झौखेलकी गर्भवतीको पनि केएमसीमा भएको कोरोना परीक्षणमा पोजेटिभ आएपछि अहिले पाटन अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।

गर्भवतीसँगै केएमसीका चार स्वास्थ्यकर्मीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि अस्पताल बन्द भएको छ भने केएमसीमा शल्यक्रिया गरिएका एक बिरामीको त्रिवि शिक्षण अस्पतालमा कोरोना भाइरस सङ्क्रमणकै कारण मृत्यु भएको थियो । जिल्लामा दुई महिनाअघि रामेछाप घर भई हाल चाँगुनारायण नपा–१ सरस्वतीखेल बस्ने सशस्त्र प्रहरीका २७ वर्षीय जवान, सुनसरीको झुम्का नगरपालिका घर भई ललितपुरस्थित आरोग्य प्रतिष्ठानमा काम गर्ने २५ वर्षीया महिला, भक्तपुर नपा–५ योसिङ्खेल बस्ने काठमाडौँ महानगरपालिकाको सफाइ गाडीका चालक ४२ वर्षीय पुरुष र भक्तपुर नपा–९ तुमचो निवासी ४२ वर्षीया महिला जनप्रतिनिधिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । यी चारैजना कोरोना भाइरस निको भएर घर फर्किएका छन् ।

त्यसैगरी चाँगुनारायण नपा–१ दुवाकोटस्थित केएमसी अस्पतालको आइसोलेसनमा कोरोना सङ्क्रमित आठ जनाको उपचार भइरहेको छ । केएमसी सिनामङ्गलका सङ्क्रमित तीन स्वास्थ्यकर्मी र काभ्रेमा यही २३ गते कोरोना सङ्क्रमण पुष्टि भएको पाँच गरी आठ जनाको उपचार भइरहेको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: