काठमाडौं । नेपालको पश्चिमी सीमाबाट छिर्ने प्रयासमा रहेका सलह फट्यांग्राको संकट तत्काललाई टरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले विनाशकारी फट्यांग्रा भारतबाट नेपालमा तत्कालका लागि प्रवेश गर्न नसक्ने दाबी गरेको छ ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार सलह किराका लागि प्रतिकूल मौसम सुरु भएकाले नेपालमा तत्काल यसको प्रवेश हुने छैन ।
सलह फट्यांग्राको प्रवेश रोकथाम र नियन्त्रणका लागि मन्त्रालयले गठन गरेको कार्यदलका संयोजक तथा प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंका अनुसार नेपालमा यसको प्रवेश तत्कालका लागि टरेको हो ।
हुमागाईंका अनुसार मनसुनी वर्षा सुरु भएसँगै नेपालमा यो फट्यांग्राको प्रवेश रोकियो । उक्त फट्यांग्राको एक बथान ९झुण्ड० अफ्रिकाबाट खाडी मुलुक, इरान र पाकिस्तान हुँदै भारत छिरेको थियो । अर्को बथान हिन्द महासागर हुँदै भारतमा प्रवेश गरेको थियो ।
भारतको दिल्ली, उत्तर प्रदेश, मध्यप्रदेश, महाराष्ट्र, झासीलगायत स्थानमा यसको बथान प्रवेश गरिसकेको अवस्थामा नेपालमा पनि पश्चिमी सीमाबाट छिर्ने सरकारले पूर्वअनुमान गरेको थियो ।
‘तर पछिल्लो समय सुरु भएको मनसुनी वर्षा र सलहको बथान उत्तरबाट दक्षिणतर्फ आउने क्रममा स–साना टुक्रामा विभाजित भएर भारततर्फ मोडिएकाले नेपालमा तत्काल आउने सम्भावना टरेको हो,’ संयोजक हुमागाईंले भने । उनका अनुसार मन्त्रालयलाई यो फट्यांग्राले तत्काल प्रवेश गर्न नसक्ने भन्दै कार्यदलले प्रतिवेदन बुझाएको छ ।
‘सुख्खा खडेरी मौसम, पानी नपरेको र हावाको बेगले साथ दिएको अवस्थामा मात्रै यो फट्यांग्रा सर्न सक्छ,’ हुमागाईंले भने । हावा पनि पूर्वबाट पश्चिमतर्फ बग्न थालेकाले नेपालको प्रवेशमा यसको रोक लागेको हो । हावा जता बग्छ, त्यतैतर्फ यसको बथान उड्ने उनको भनाइ छ ।
कार्यदलले यसको विषयमा थप पुष्टिका लागि संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन ९एफएओ० सँग पनि सहकार्य गरेको थियो । कार्यदलले एफएओलाई पत्राचार गरी यो फट्यांग्रा नेपालमा सर्न सक्ने विषयमा आवश्यक जानकारी माग गरेको थियो । जसअनुसार एफएओले मनिटरिङ सिस्टमबाट यो विषयमा अध्ययन गरेको थियो ।
एफएओका सलह विज्ञ किथ किस्म्यानले फट्यांग्राको बथान भारतकै विभिन्न सहर हुँदै राजस्थानतर्फ मोडिएको र नेपाल र बंगलादेशमा हाल यो फट्यांग्रालाई आवश्यक पर्ने हावा तथा मनसुनी वर्षा प्रतिकूल बनेको प्रतिवेदन कार्यदललाई उपलब्ध गराएको छ ।
हुमागाईंले भने, ‘एफएओले पनि मनिटरिङ सिस्टममार्फत अध्ययन गरी नेपालमा तत्काल नआउने प्रतिवेदन दिएको छ । तत्कालै नआए पनि यो किरालाई रोकथामका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरेका छौं ।’
एफएओका अनुसार एक वर्ग किमि क्षेत्रमा फैलिएर बस्ने एउटा बथानमा झन्डै चारदेखि आठ करोड फट्यांग्रा हुन्छन् । एक दिनमा फट्यांग्रा करिब एक सय ३० किमिसम्म बथान बनाएर हिँड्न सक्छन् ।
फट्यांग्राको एउटा बथानले एक दिनमा करिब ३५ हजार मानिसलाई दुई छाक पुग्ने खाद्यान्न खाइदिने विज्ञहरूले बताएका छन् । यो एक दिनमा ५ सय किमिसम्म बथानमै उठान भर्छ र आफ्नो गन्तव्यमा पुगेर जमिनमा ओर्लन्छ ।
यो फट्यांग्राले सम्पूर्ण कृषि बालीको बोटबिरुवा, फूल, डाँट, डाँटको बोक्रासम्म खाइदिने क्षमताका भएकाले प्रवेश गरेको स्थानमा ठूलो भोकमरी र अनिकाल पर्ने गरेको कार्यदलका संयोजक हुमागाईंले जानकारी दिए ।
हुमागाईले तत्कालै यो किरा नेपालमा नसरे पनि मौसम अनुकूल भएको अवस्थामा प्रवेश गर्न सक्ने शंका भने यथावत् रहेको जानकारी दिए। यसका लागि किसानलाई अहिलेदेखि सतर्क र तयारी अवस्थामा रहन आग्रह गरिएको छ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...


प्रतिकृया लेख्नुहोस्: