Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

लकडाउनपछि ४६ प्रतिशत उद्योग मात्र सञ्चालनमा

काठमाडौं । बन्दाबन्दी लम्बिँदै जाँदा अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगको उत्पादन क्षमतामा कमी आउन थालेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकानुसार बन्दाबन्दीको शुरुवाती चरणमा भन्दा हाल उद्योग सञ्चालनमा कमी आउन थालेको हो ।

बन्दाबन्दीको शुरुआती चरणमा ४९ देखि ५१ प्रतिशतसम्म सञ्चालनमा आएको उद्योग हाल ९जेठ २० गतेसम्म० ४६ प्रतिशतमा झरेको उद्योग मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले बताए । उनका अनुसार मुख्य पाँच औद्योगिक करिडोर अत्तरिया–धनगढी, नेपालगञ्ज–कोहलपुर, बुटवल–बेलहिया, पथलैया–वीरगञ्ज र इटहरी–विराटनगरमा शुरुको एक महिना ९वैशाख १३ गतेसम्म० ४९ प्रतिशत उद्योग सञ्चालन भएका थिए ।

एक महिनाका अवधिमा १० औद्योगिक क्षेत्रमा रहेका अत्यावश्यक वस्तु उत्पादन गर्ने ५९७ उद्योगमध्ये १५० उद्योग मात्र सञ्चालनमा रहेका थिए । पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका उक्त उद्योगमा बन्दाबन्दी अगाडि पाँच हजार १९० मजदूर रहेकामा एक महिनामा एक हजार ६०२ जना मात्र कार्यरत रहेका थिए । यसैगरी गत वैशाख १३ सम्म ४९ प्रतिशतमा सञ्चालनमा आएका उद्योग वैशाख मसान्तसम्म ५१ प्रतिशतमा सञ्चालनमा आएका थिए ।

वैशाख मसान्तसम्म ३४९ उद्योग सञ्चालनमा रहेकामा जेठ २० सम्ममा अत्यावश्यक वस्तुको उत्पादन गर्ने ३३८ उद्योग सञ्चालनमा छन् । चैतमा पूर्ण क्षमतामा सञ्चालनमा रहेका अक्सिजन र एलपी ग्यास उद्योग हाल पूर्ण क्षमतामा सञ्चालनमा छन् भने अन्य उद्योगको सञ्चालन क्षमतामा कमी आएको छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकानुसार चैतमा ८० प्रतिशतसम्म सञ्चालनमा रहेको खाद्य उद्योग ९बिस्कुट, चाउचाउ० हाल ५० देखि ६० प्रतिशत, ७५ प्रतिशत क्षमतामा सञ्चालन रहेको खाद्य उद्योग ९चामल, चिउरा, दाल, पीठो, तेल आदि० हाल ५५ प्रतिशत तथा ८० प्रतिशत सञ्चालनमा रहेको दुग्ध उद्योग हाल ६० प्रतिशतमा सञ्चालन भएका छन् ।

यसैबीच पचास हजार मेट्रिक टन मौज्दात रहने चिनी उद्योगमा हाल चालीस हजार मेट्रिक टन चिनी मौज्दात छ । चैतमा ८० प्रतिशत सञ्चालनमा रहेको दाना, ह्याचरी र कुखुरापालन उद्योग हाल ४० प्रतिशत, ७० प्रतिशत सञ्चालनमा रहेको औषधि उद्योग हाल ६० प्रतिशत, पूर्ण क्षमतामा सञ्चालनमा रहेको खानेपानी उद्योग ६० र ७० प्रतिशत सञ्चालनमा रहेको चिया उद्योग हाल ३० देखि ४० प्रतिशतसम्म सञ्चालनमा छन् ।

बन्दाबन्दीपूर्व ११ हजार ७३६ मजदुर कार्यरत रहेकामा हाल चार हजार ९ सय मात्र कार्यरत तथा छ हजार ८३६ मजदूर अनुपस्थित छन् । सञ्चालनमा रहेका सबै उद्योग बन्दाबन्दीको पूर्णपालना गरेर सञ्चालन गरिएको जनाइएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending