भोजपुर । भोजपुरको अरुण गाउँपालिकामा भारतबाट उद्धार गरिएका नागरिकलाई राख्न होल्डिङ एरिया निर्माण गरिएको छ ।
नेपालका विभिन्न जिल्ला र भारतका विभिन्न ठाउँबाट सीमामा आएका भोजपुरवासीलाई उद्धार गरी ल्याएर बस्तीभन्दा केही पर निर्माण गरिएका होल्डिङ एरियामा सुरक्षासहित राख्ने व्यवस्था मिलाइएको छ । सो एरियाभित्र ११५ श्ययाको क्वारेन्टिन पनि निर्माण गरिएको अरुण गाउँपालिकाले जनाएको छ ।
पहिलो चरणमा सुनौली नाकाबाट आएका साल्पासिलिछो गाउँपालिकाका सात, षडानन्द नगरपालिकाका छ, झापाको काँकाडभिट्टा नाकाबाट पौवादुङमा गाउँपालिका, अरुण गाउँपालिका, आमचोक गाउँपालिकाकालगायतका ४० जनालाई ल्याएर अरुण गाउँपालिकाको रानीटारमा रहेको होल्डिङ एरियाको क्वारेन्टिनमा राखिएको हो । उद्धार गरिएका नागरिकलाई होल्डिङ एरियामा राखेर स्वाब सङ्कलन परीक्षण गरेपश्चात रिपोर्ट नेगेटिभ आए सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा पठाइने तथा पोजेटिभ आएमा उपचारका लागि धरान अथवा विराटनगरको कोराना विषेश अस्पताल पठाइने जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।
उनीहरुको उद्धार नगरिँदा लुकेर आउने भएकाले तथ्याङ्क सङ्कलनसमेत गर्न समस्या हुन थालेसँगै सङ्क्रमण झनै बढ्ने सम्भावनालाई ध्यान राखेर ल्याउने तयारी भएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ । उद्धार गरिने नागरिकमा कोरोना सङ्क्रमणको बढी जोखिम हुने भएकाले जिल्लाका सबै नाका बन्द गरी सकडको मुख्य नाका भोजपुर र धनकुटाको सीमा रहेको लेगुवाघाटबाट मात्र ल्याएर होल्डिङ एरियामा राखिएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिए । उनले भने, “उद्धार गरिएका नागरिकलाई सुरक्षित तवरले होल्डिङ एरियामा राखेका छौँ, क्वारेन्टिनमा राखेर स्वास्थ्य परीक्षण गरेपश्चात मात्र उनीहरुको विषयमा थप कदम अगाडि बढ्छ, उनीहरु अहिले स्वास्थ्यकर्मीको निगरानीमा छन् ।”
अरुण गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर कार्कीले अलपत्र नागरिकको उद्धार गरेर राख्नु राम्रो काम भए पनि स्थानीय नागरिकमा भने केही त्रास बढेको जानकारी दिए । उनले भने, “अन्य स्थानीय तहका नागरिकलाई उद्धार गरेर हाम्रो पालिकामा राखेका छौ, जसका कारण स्थानीयवासीले सङ्क्रमण बढ्ने भन्दै त्रास व्यक्त गर्ने गरेका छन्, तर हामीले उनीहरुलाई बुझाउने गरेका छौ, सामूहिक काम भएकाले अन्य स्थानीय तहका साथीहरुले पनि हामीलाई सहयोग गर्दै छन्।”
क्वारेन्टिनसहितको होल्डिङ एरिया निर्माण गर्न जिल्लाका सात गाउँपालिकाले रु तीन÷तीन लाख र दुई नगरपालिकाले रु चार लाख ५० हजारका दर रकम विनियोजन गरेका छन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: