Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

क्वारेन्टिन झनै सङ्क्रमणको केन्द्र बन्ने चिन्ता

घोडाघोडी । सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीले कोरोनाको सङ्क्रमणका कारण भारतबाट नेपाल आउनेहरूको व्यवस्थापनका लागि स्थानीय तहले निर्माण गरेका मापदण्ड विपरीतका क्वारेन्टिनबाटै सङ्क्रमण फैलने चिन्ता बढ्न थालेको बताएका छन् । रासससँग कुरा गर्दै डा अवस्थीले पछिल्लो समय कोरोनाको तीव्र सङ्क्रमणका कारण भारतबाट स्वदेश फर्कने नागरिक बढेपछि क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापन २०७६ सम्बन्धी मापदण्ड पूरा नगरी अधिकांश स्थानीय तहले सामुदायिक विद्यालय भवनलाई क्वारेन्टिनका रूपमा विकास गरी आफ्ना नागरिकको व्यवस्थापनमा जुटे पनि मापदण्डानुसारको नहुँदा जोखिम बढेको स्पष्ट गरे ।

स्वास्थ्य परीक्षणका सामग्री अभावले भारतबाट आएकाको परीक्षण नगरी भित्र्याउँदा जोखिम बढेको उनको भनाइ छ । डा अवस्थीले हालसम्म सुदूरपश्चिम प्रदेशमा कोरोना देखिएका ९० प्रतिशतभन्दा बढी व्यक्ति भारतबाट आएकाहरु नै भएकाले पनि सुदूरपश्चिम प्रदेशमा जोखिम अझै बढ्ने निश्चित भएको ठोकुवा गरे ।

क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापन २०७६ मा सम्भव भए शौचालयसहित छुट्टै कोठा र नभए प्रतिकोठा अधिकतम तीन जनाको दरले राख्नुपर्ने, ६ जनाका लागि एउटा साझा शौचालय र स्नानगृह हुनुपर्ने, विद्युत्, पानीलगायत आधारभूत सेवा हुनुपर्ने भने पनि भारत मजदूरीका लागि जाने नेपालीको बढ्दो आगमनले त्यस्तो सम्भव नभएको उनले स्वीकारे ।

मापदण्डमा प्रतिव्यक्ति ७५ वर्ग फिटको स्थान वा एकदेखि अर्को ओछ्यानबीच न्यूनतम दूरी ३ दशमलव ५ फिट हुनुपर्ने, ओढ्ने, ओछ्याउने र आवश्यकतानुसार झुल र डस्टबिन उपलब्ध गराउनुपर्ने उल्लेख छ । गर्भवती, १० वर्षसम्मका बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गताका लागि प्राथमिकता दिई अलग्गै क्वारेन्टिन व्यवस्था गर्ने, स्वस्थ्य खाना र शुद्ध पिउने पानीको व्यवस्था गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती तथा दीर्घरोगीलाई आवश्यकतानुसार खानाको व्यवस्था गर्नुपर्ने कुरा स्पष्ट रूपमा मापदण्डमा भनिए पनि त्यसो गर्न सम्भव नभएकाले क्वारेन्टिन जोखिमको घरका रूपमा रहेको उनको भनाइ छ ।

निर्देशक डा अवस्थीले जोखिमपूर्ण क्वारेन्टिनको विकल्पका रूपमा होम क्वारेन्टिनलाई प्रोत्साहन गर्नुपर्ने बताए । उहाँले ठूलो सङ्ख्यामा नेपाली फर्कँदा व्यवस्थापनमा धेरै समस्या भइरहेको बताउदै अमेरिका, बेलायत जस्ता विकसित देशले गरेको होम क्वारेन्टिनको अभ्यासलाई अनुसरण गर्नुपर्नेमा जोड दिए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending