Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

ओल खेतीबाट भंगहामा पाँच करोड भित्रिने

जलेश्वर । महोत्तरी जिल्ला, भंगहा नगरपालिकाका किसान अहिले ओल खेतीमा व्यस्त भएका छन् । थोरै लगानी र कम मेहनेतमै मनग्य आम्दानी हुने भएको देखेर स्थानीयवासी किसान अहिले बन्दाबन्दीको मौका छोपी ओल खेतीमा लागेका हुन् ।

भौगोलिक दृष्टिकोणले विकट तथा सिंचाइको सुविधा नभएकाले अन्न बाली उत्पादन कम हुने भएकाले त्यस क्षेत्रका किसान बढी तरकारी बाली लगाउने गर्छन् । धान, गहुँ जस्ता बालीभन्दा पाँच गुणासम्म बढी आम्दानी हुने गरेकाले त्यस क्षेत्रका किसान ओल खेतीप्रति आकर्षित भएको स्थानीय किसान सत्यनारायण यादवले बताए ।

उनका अनुसार भंगहा क्षेत्रमा मात्रै प्रत्येक वर्ष ५० बिघा क्षेत्रफलमा ओल खेती हुन्छ । यहाँका किसानले एक कट्ठामा मात्रै ओल खेती गर्दा १० देखि १२ क्विन्टलसम्म उत्पादन हात लिन्छन् । प्रतिकिसान रु दुईतीन लाखसम्म आम्दानी हुने उनीहरु बताउँछन् । माटोमुनि फल्ने स्वास्थ्यको दृष्टिकोणले अति नै लाभदायक र खाँदा निकै मीठोे ओल सबैले मन पराउने तथा खाने गरेकाले यसबाट किसानले निकै आम्दानी गर्ने स्थानीयवासी किसान रामसागर यादवले बताए ।
यसबाट अचार, तरकारी जस्ता परिकार तयार गर्न सकिन्छ । शीतभण्डारको सुविधा भएमा वर्षभरि नै टिकाउन सकिने भएकाले ओल अति नै लोकप्रिय छ ।

प्रतिकट्ठा रु छ हजारदेखि आठ हजारको लगानीबाट औसत रु दुईतीन लाखसम्म आम्दानी हुने गरेकाले यहाँका किसानहरु ओल खेतीमा रमाएका छन् । उन्नत जातको एउटै बोटमा आठदेखि १० किलोसम्मको एउटै ओल फल्ने गर्छ । बजारमा न्यूनतम रु ४० देखि ८० र कतैकतै रु १०० तथा रु १२० सम्ममा बिक्री हुने गरेको स्थानीयवासी किसान विजय महतोले बताए ।

नगरभरि नै ओल खेती हुने गरेकाले भंगहाका किसानले आफ्ना उत्पादन एकत्रित गरेर स्थानीय जलेश्वर, जनकपुर, बर्दिबाससहित नेपालका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म तथा विकट पहाडी रुकुम, रोल्पासम्म समेत पुर्याउने गरेको किसान रामवृक्ष यादवले जानकारी दिए ।

प्रत्येक वर्ष चैतवैशाखमा ओल रोपेर भंगहाका किसानले असारसाउन महिनाभरि खनी स्थानीयदेखि टाढाका बजारसम्म पठाएर ओलखेतीबाट मात्रै सो नगरपालिकामा वार्षिक करीब रु पाँच करोड भित्र्याउने गरेको किसान वृजमोहन यादवले बताए।

विषादी छर्किनु नपर्ने, सिंचाइ भए नभए पनि खासै फरक नपर्ने तथा तीन महिनामै हुने उत्पादनबाट लाखौँ आम्दानी हुन्छ । किसानले कृषि कार्यालय, बीउबिजन केन्द्र र अन्य बीउ उत्पादनकर्तालाई पनि यसको बीउ बेच्ने गरेका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending