Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

क्वारेन्टिनबाट गोठमा राखेपछि...

दुल्लू । दैलेखको भैरवी गाउँपालिकामा भारतबाट आएका व्यक्तिलाई क्वारेन्टिनबाट गोठमा सारिँदा स्थानीय सरकारप्रति प्रश्न चिह्न खडा भएको छ । गाउँपालिका–३ स्थित देउती आधारभूत विद्यालयको क्वारेन्टिनमा राखिएका चार जनामा शनिबार आरडिटी परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई गोठमा सारिएको हो । आरडिटी रिपोर्ट पोजेटिभ आएपछि क्वारेन्टिनबाट अलग गरेर सावधानी अपनाउन र अन्यलाई नसरोस् भनेर तत्कालका लागि नजिकैको गोठमा सारिएको गाउँपालिकाले जनाएको छ ।

तत्काल कुनै वैकल्पिक व्यवस्था नभएकाले सावधानीका लागि गोठ सुरक्षित हुँदा त्यहाँ राखिएको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले जानकारी दिए। यद्यपि उनीहरुलाई गाउँपालिकाको कार्यालय नजिकै एकजनाको घर भाडामा लिएर व्यवस्थापन गर्न लागिएको उनको भनाइ छ । “भारतबाट आएका सयौँ दाजुभाइलाई क्वारेन्टिनमा राख्दा हाम्रा सबै सामुदायिक भवन भरिभराउ भइसके”, उनले भने, “बाध्य भएर कोरोना सङ्क्रमण अरूलाई नफैलियोस् भनेर यहाँ राखेका हौँ ।”

गोठमा राखिएको तस्वीरलाई सामाजिक सञ्जालमा राखेर थप पीडा थप्ने काम भइरहेको उनको भनाइ छ । “हामीले सक्दो प्रयास गरेकै छौँ । बाहिरबाट आउनेलाई व्यवस्थापनमा हामी लागिरहेकै छौँ”, अध्यक्ष बुढाले भने । उनका अनुसार सङ्क्रमितहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा राखेर उपचारको व्यवस्थापन भइरहेको र पिसिआर परीक्षणका लागि स्वाब सङ्कलनको काम भइरहेको छ ।

एक हप्ताका लागि इमर्जेन्सी वार्ड सिल

दैलेखको एकमात्र सुविधा सम्पन्न जिल्ला अस्पतालमा एक हप्ताका लागि इमर्जेन्सी वार्ड सिल गरिएको छ । कोरोना पोजेटिभ भएका एक युवा झुक्याएर इमर्जेन्सी वार्डमा भर्ना भएपछि कोरोना नियन्त्रण तथा रोकथाम समितिको आकस्मिक बैठक बसी एक हप्ता सेवा बन्द गर्ने निर्णय गरेको हो ।

जिल्लाको महावु गाउँपालिकाका ती युवा भारतबाट नआएको झुटो रिपोर्ट दिँदै शनिबार अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना भएका थिए । उनको आरडिटी परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएकाले एक हप्ता सेवा बन्द गर्ने निर्णय गरेको जिल्ला कोरोना नियन्त्रण तथा रोकथाम समितिका संयोजक इन्द्रबहादुर क्षेत्रीले जानकारी दिए।

उनका अनुसार मधुमेह रोगी ती युवा दिनभर त्यस वार्डमा उपचारका लागि बसेको हुँदा अन्य बिरामी तथा स्वास्थ्यकर्मीलाई सङ्क्रमण नहोस् भनेर इमर्जेन्सी वार्ड बन्द गरिएको हो । यद्यपि सर्वसाधारणका लागि अन्य वार्डमार्फत सेवा दिन वैकल्पिक व्यवस्था गरिएको छ । ती युवाको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई पनि क्वारेन्टिनमा राखिएको छ । ती युवालाई थप उपचारका लागि सुर्खेत रिफर गरिएको छ ।

\"\"

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending