Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

विदेशमा रहेका चन्द्रागिरीका बासिन्दाको लगत सङ्कलन शुरु

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले विदेशमा रहेका चन्द्रागिरिका बासिन्दाको लगत सङ्कलन कार्य शुरु गरेको छ । काठमाडौँ उपत्यका प्रवेशको मुख्यद्धारमा रहेको चन्द्रागिरि नगरपालिकाले बन्दाबन्दी खुलेसँगै छिमेकी मुलुक भारत र विभिन्न देशबाट आउने व्यक्तिबाट कोरोना सङ्क्रमण फैलन सक्ने कुरालाई मध्यनजर राख्दै लगत सङ्कलन कार्य शुरु गरेको हो ।

नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले विदेशबाट आउने व्यक्तिबाट कोरोना सङ्क्रमण फैलन नदिन लगत सङ्कलन कार्य शुरु गरिएको जानकारी दिए। “विदेशबाट आउने व्यक्तिको तथ्याङ्क सङ्कलन गरी क्वारेन्टिनको उचित व्यवस्थापन गर्नका लागि लगत सङ्कलन शुरु गरेका हौँ”, उनले भने।

अर्थमन्त्री डा युवराज खतिवडाले बिहीबार सङ्घीय संसद्का दुवै सदनमा आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्य प्रस्तुत गर्दै विदेशमा रहेका स्वदेश फर्कन चाहने नेपालीलाई सहजीकरण गर्ने बताएका थिए ।

सरकारले स्वेदश फर्कन चाहने व्यक्तिको नामथर, स्थायी ठेगाना, स्वदेश फर्कन चाहने नागरिकको बसोबास रहेको देशको ठेगाना, स्वदेश फर्कन चाहने नागरिकको नेपालमा रहेका आफन्तको नामथर र सम्पर्क नम्बर उपलब्ध गराउन सबै स्थानीय तहलाई अनुरोधसमेत गरेको छ ।

चन्द्रागिरिले हाल नगर अस्पताल, मनमोहन अस्पताल र विभिन्न विद्यालयमा १०० श्ययाको क्वारेन्टिन निर्माण गरेको छ । चन्द्रागिरिले नगरपालिकाभित्र कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै सशस्त्र प्रहरी बल अस्पताल बलम्बुको सहकार्यमा कोरोना सङ्क्रमितको उपचार गर्दै आएको छ । चन्द्रागिरिमा पाँच जना कोरोना सङ्क्रमण भेटिए पनि सबै व्यक्ति निको भएर घर फर्किसकेका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending