Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

नेपालका एक कोरोना संक्रमितको कहानी –आफै विश्वास गर्दैनन् कोरोना लागेको

काठमाडौं । जेठ १० गते काठमाडौंको टेकु अस्पताल भर्ना भएका नुवाकोटका ३९ वर्षिय पुरुष शुक्रबार डिस्चार्ज भएका छन् । तर उनी आफैलाई कोरोना लागेको बारे विश्वास लागेको छैन ।
हुनपनि उनको कहानी अविश्वासिलो नै छ ।

काठमाडौं र नुवाकोट गरिरहने उनी राजनीतिक तथा सामाजिक कार्यकर्ता समेत हुन् । कोरोना संक्रमण फैलदै गएपछि नुवाकोट सिसडोलबासीले काठमाडौंको फोहोर संक्रमणको खतराका कारण दर्शाउँदै लैजान दिएनन् । उनी स्थानीय बासिन्दा र सघर्ष समितिको तर्फबाट महानगरपालिकामा आउजाउ गरिरहे ।

हिडडुल बढी भएपश्चात आफुलाई केही नभएपनि ढुक्क हुन महानगरपालिका मार्फत नै उनले जेठ ६ गते स्वाब परिक्षणका लागी दिए ।

उनलाई महानगरपालिकाको जनस्वास्थ्य कार्यालयबाट जेठ ९ गते रिपोर्ट नेगेटिभ आएको जानकारी गराइयो । उनी नुवाकोट आफ्नै गाउँमा थिए ।

१० गते फेरी फोन आयो र उनलाई भनियो –‘तपाईको रिपोर्ट पोजेटिभ आएको छ, कतै नजानुस्, जहाँ हुनुहुन्छ त्यहि बस्नुस् ।’

उनी अचम्ममा परे । उनले आफुलाई कोरोनाका कुनैपनि लक्षण नदेखिएको र रिपोर्ट चै अरुको परेको शुनसक्ने आशंका जनाए । तर जनस्वास्थ्य कार्यालयले भनेको माने ।

उनले काठमाडौं आउन एम्बुलेन्स मागे । पाएनन् । नुवाकोटमा भने, मिलेन । अन्तत उनी बाईक चलाएर टेकु अस्पतालका लागी हिडे । बालाजु पुग्नै लाग्दा उनलाई लिन हिडेको एम्बुलेन्सले भेट्यो । चढेर अस्पतालको आइसोलेसनमा बसे ।

उनी भन्छन् –‘मलाई त बाहिर सुनेजस्तो कोरोनाको कुनै लक्षण नै देखिएन ।’ उनले डाक्टरहरुसँग आफ्नो रिपोर्ट अरु कसैसँग साटिएको हुनसक्ने आशंका राख्दै पुन स्वाब परिक्षण गर्न माग गरे ।
१३ गते पुन उनको स्वाब लिइयो । १४ गते रिपोर्ट नेगेटिभ आयो । १५ गते फेरी स्वाब लिइयो । १६ गते फेरी रिपोर्ट नेगेटिभ आयो र उनी डिस्चार्ज भए ।

डाक्टरसँग फोनमै कुराकानी,आफै चेकजाँच
उनी टेकु अस्पतालको आइसोलेसन कोठामा पुग्दा बेड सफा थियो । ज्वरो, अक्सिजन नाप्ने यन्त्रहरु राखिएको थियो । उनी आइसोलेशनमा पुग्दा बित्तिकै डाक्टरले फोनमा कुरा गरे । लक्षणहरुबारे सोधे । ज्वरो, अक्सिजन, विपि, पल्स नाप्न लगाए । उनको सबै कुरा सामान्य थियो । १३ गते अस्पतालका डाक्टर अनुप वास्तोलाले उनलाई भेटेर सोधे –कस्तो छ ? उनले आफु सामान्य भएको बताए ।

उनी भन्छन्, –‘खाना खुलेको जानकारी आएपछि खाना लिएर खानुपर्ने नियम रहेछ । प्लाष्टिकका थाली, बटुका र ग्लासहरुमा दिइनेरहेछ । डाक्टरले फोनमै सम्पर्क गर्दा रहेछन् । म सामान्य भएर पनि होला । भेट्न आएनन् ।’

उनी भन्छन्, –‘म अहिलेपनि आफुलाई कोरोना भएको कुरा पत्याईरहेको छैन’ । उनलाई कोरोना निको हुने चरणमा गईसकेको कारण यस्तो भएको हो वा स्वाब बदलिएको थियो भन्ने कुराको छिनोफानो गर्ने जिम्मा चै डाक्टररुको नै होला ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending