नयाँ दिल्ली । केन्द्र सरकारले प्रवासीहरूको अवस्थालाई ध्यान नदिएको आरोप लगाउँदै कोरोना भाइरस महामारीका कारण प्रभावित बनेको उक्त समुदायको समस्याप्रति सम्वेदनशील बन्न भारतीय काङ्ग्रेसका अन्तरिम अध्यक्ष सोनिया गान्धीले बिहीबार माग गरिन् ।
राहतको आवश्यक पर्ने परिवारलाई तत्काल प्रति परिवार १० हजार भारतीय रूपैँया उपलब्ध गराउन र आगामी छ महिनासम्म प्रति परिवार सात हजार ५०० रूपैँयाका दरले सहयोग राशीको व्यवस्था गर्न आग्रह काङ्ग्रेस नेतृ गान्धीले गरेकि छीन्।
भारतीय काङ्ग्रेसले सञ्चालन गरेको ’स्पिक अप इण्डिया’ अभियानको सन्दर्भमा जारी एक भिडियो सन्देशमा उनले भनिन्, “काङ्ग्रेसले भारतको आवाज उठाउन यो सामाजिक अभियान गर्ने निर्णय गरिसकेको छ । हामी फेरि केन्द्रीय ९संघीय० सरकारलाई खाँचोमा परेकालाई उपलब्ध गराउने गरी कोष खुला गर्न र राहत प्रदान गर्न आग्रह गर्दछौं ।”
उनले भनिन् सरकारले राहतको आवश्यकता भएका प्रत्येक परिवारलाई छ महिनासम्म सात हजार ५०० राहतस्वरूप उपलब्ध गराउन आग्रह गर्दछु र प्रारम्भिक राहतका लागि १० हजार रुपैयाँ तुरून्त दिनुपर्छ ।”
“प्रवासी मजदुरहरूको सुरक्षित र निःशुल्क यात्राको लागि व्यवस्था गर्न, उनीहरूलाई आवश्यकता अनुसार घरमा पु¥याउन दैनिक खानाको अभाव हुन नदिन र खाद्यान्न सहयोगको प्रबन्ध सरकारले गरोस्,” उनले भनिन् ।
महात्मा गान्धी राष्ट्रिय ग्रामिण रोजगार सुनिश्चित ऐन २००५ ले व्यवस्था गरे अनुरूप गाउँमै २०० दिन काम गर्ने अवसरको सुनिश्चित गर्न काङ्ग्रेस अध्यक्ष गान्धी सरकारसँग माग गरेका छन् । साना उद्योगहरूलाई कर्जाको सट्टामा आर्थिक सहयोग गरी करोडौँ रोजगारीका अवसर सुरक्षित गरी राज्यलाई पनि विकासको गतिबाट पछि हट्न नपर्ने अवस्थाको वातावरणको प्रत्याभूत गर्न उनले जोड दिएका छन्।
यो सङ्कटको घडीमा हामी सबै नागरिकसँगै अघि बढ्ने र यो कठिन अवस्थाबाट विजय प्राप्त हुनेमा उनको विश्वास रहेको छ ।
।
विगत दुई महिनादेखि देशका सबै नागरिक तथा संघसंस्थाहरूले कोभिड–१९ को महामारीको कारण कामबाट अलग्गिनु परेकोले मुलुकले चरम आर्थिक सङ्कटको सामना झेलिरहेको उनले बताएका छिन्।
गान्धीले भनिन्, “भारत स्वतन्त्र भएपछि पहिलो पटक सबैले लाखौं मजदुरहरूको पीडा भोग्नुप¥यो । उनीहरूले सयौं हजार किलोमिटरसम्मको यात्रा भोकभोकै खालि खुट्टा, भोको पेट, औषधी र साधनविना हिंड्न बाध्य भए । देशभरका हरेक हृदयले तिनीहरूको दुःख र पीडा देखेका छन् तर सरकारले यसलाई महशुस नगरेजस्तो देखिएको छ ।”
उनले सरकारको आलोचना गर्दै थपिन् “महामारीका कारण लाखौंले रोजगार गुमाए, लाखौं व्यवसाय प्रभावित भए, कारखानाहरू बन्द भए, किसानहरूले आफुले लगाएको बाली बेच्न पाएनन् । उनीहरूका सपना खेतबारीमा नै बिलिन हुनपुगे । सारा देशले दुःख भोग्यो । तर सायद सरकारले यो महसुस गर्न सकेको छैन ।”
प्रतिकृया लेख्नुहोस्: