Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

कोरोनाको सामना लुकेर हैन जुधेर गरिन्छ : मुख्यमन्त्री पौडेल

हेटौडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोनासँग डराएर ढोका थुनेर वा लुकेर मात्र नहुने भन्दै त्यसविरुद्ध जुध्ने र सामना गरेर अगाडि बढ्ने नीति लिइने बताएका छन् ।

प्रदेशसभाको आजको बैठकमा उहाँले प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि उठेका प्रश्न तथा जिज्ञासाको जवाफ दिदै कोरोनाविरुद्धको लडाइमा अन्य प्रदेशको तुलनामा यो प्रदेशमा धेरै काम भएको बताए । हालसम्म प्राप्त कोरोना सङ्क्रमितको विवरणअनुसार वाग्मती प्रदेशमा कम सङ्क्रमित पाइएको भन्दै उनले बढी जनसङ्ख्या तथा सङ्घीय राजधानीसमेत यही प्रदेशमा हुँदाहुँदै पनि सङ्क्रमितको सङ्ख्या कम हुनुमा सरकारको सक्रियता र क्रियाशीलता मुख्य कारक भएको बताए ।

मुख्यमन्त्री पौडेलले कोरोनाको कहर कम गर्न प्रदेश सरकारले स्थानीय तहमार्फत रु ३० करोड खर्च गरिसकेको र आवश्यक भए अन्य रकम पठाउन सकिने बताउँदै रकम आवश्यक हुने स्थानीय तहले केका लागि र कति रकम चाहिएको हो भन्ने स्पष्ट योजना ल्याएमा प्रदेश सरकारले रकम उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।

मुख्यमन्त्री पौडेलले आर्थिक वर्ष २०७७÷७८ का लागि सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रमले प्रदेशमा उज्यालो ल्याउने दाबी गरे। “नीति तथा कार्यक्रममा एउटा पनि बुँदा त्यस्तो छैन, जसले कसैको मन नछोओस्”, उनले भने । प्रदेशसभा सदस्यले उठाएका पिसीआर परीक्षणको दायरा बढाउनुपर्यो भन्ने सुझावमा पौडेलले प्रदेशमा प्रतिसङ्क्रमित २२५ का दरले पिसीआर परीक्षण भइरहेको तथा चिकित्सकलाई शङ्का लागेका वा सङ्क्रमितको ‘कन्ट्याक्ट ट्रेसिङ’ (सङ्क्रमितसँगको सम्पर्कमा रहेकाहरुको खोजी) का आधारमा आवश्यक सबैको परीक्षण भइरहेको जानकारी दिए ।

मुख्यमन्त्री पौडेलले विकास निर्माण र मर्मतसम्भारका लागि द्रुतकार्य गर्न आवश्यक साधनसहितको कम्पनी आवश्यक परेको हुँदा सरकारले प्रदेश पूर्वाधार विकास कम्पनी स्थापना गर्ने नीति लिएको स्पष्ट पारे ।

सभामा १५ जना प्रदेशसभा सदस्यले सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रमका पक्ष र विपक्षमा आआफ्नो धारणा राखेका थिए । त्यस्तै प्रदेशसभा सदस्य रमेश पौडेल, निमा लामा, प्रभात तामाङ, पुकार महर्जन, सन्तबहादुर प्रजा, राधा घले, जीवन डङ्गोल, रीता माझी, रिना गुरुङ र शोभा शाक्यले विभिन्न सात बुँदामा संशोधनको प्रस्ताव प्रस्तुत गरेकोमा प्रदेशसभाले त्यसलाई बहुमतले अस्वीकृत गरेको थियो ।

आर्थिक वर्ष २०७७÷७८ का लागि प्रदेश सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रमलाई प्रदेशसभाले बहुमतले पारित गरेको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending