Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

इतिहासमै पहिलो पटक मस्जिद सुनसान

दमौली । मुस्लिम धर्मावलम्बीको महान चाड इद उल–फित्रको अवसरमा मस्जिदमा मुस्लिम समुदायको ठूलो भीडभाड हुन्थ्यो । उक्त दिन मस्जिदमा भेला भई सामूहिक नमाज पढ्ने, शुभकामना आदानप्रदान गर्नेलगायतका कार्य हुन्थे तर यस वर्षको इद उल–फित्रको अवसरमा मुस्लिम धर्मावलम्बी मस्जिदमा भेला हुँदैनन्, उनीहरुले घरघरमै इद उल–फित्र मनाउने तयारी गरेका छन् ।

कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि बन्दाबन्दी लागू गरिएपछि मस्जिद विगत दुई महिनादेखि बन्द छ । कोरोनाका त्रासका कारण यस वर्षको इद उल–फित्रको विशेष कार्यक्रम मस्जिदमा स्थगित गरिएको दमौली मुस्लिम अन्जुमन कमिटीका सचिव मन्सुर अहमदले जानकारी दिए ।

“यस पर्वको अवसरमा आज मस्जिदमा विशेष कार्यक्रम हुन्थ्यो तर यो वर्ष कोरोनाका कारण मस्जिदमा कार्यक्रम हुने छैन”, अहमदले भने । उनका अनुसार विगत दुई महिनादेखि नै मुस्लिम समुदायले घरघरमा नै नमाज पढिरहेका छन् ।

इद उल–फित्रको अन्तिम दिन सामूहिक पाठ, एकापसमा गला मिलेर शुभकामना आदानप्रदान गर्ने परम्परा रहे पनि कोरोनाका कारण अहिले विगतको जस्तो रमझम नभएको मुस्लिम अगुवा एवं सञ्चारकर्मी गोरा मियाँले जानकारी दिए। “कोरोनाका कारण अहिले चाडजस्तै लागेको छैन”, उनले भने, “तैपनि घरपरिवारमै रमाइलो गरी पर्व मनाउने तयारी गरेका छौँ ।”

विगतका वर्षहरुमा यो पर्वको अवसरमा दमौलीका मस्जिदमा करिब ८०० मुस्लिम समुदाय भेटघाट भएर रमाइलो गर्दथे । “मैले मेरो जीवनकालमा पहिलो पटक यस्तो अवस्था भोग्दैछु”, मियाँले भने । मस्जिदमा दैनिक पाँच पटक नमाज पढ्ने गरिन्थ्यो । अन्य दिनमा दैनिक २०–२५ जनाले मात्रै मस्जिदमा गएर नमाज पढ्ने गर्दथे भने हरेक शुक्रबार ७०० भन्दा बढीले मस्जिदमा नमाज पढ्ने गर्दथे ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: