Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

मस्जिदमा गुञ्जन छाडे अजानको धुन, घरभित्रै नमाज पढ्न बाध्य अलीको परिवार

\"\"

रुपन्देही । रुपन्देहीकोे ओमसतिया गाउँपालिका वडा नं ४ बस्ने ताहिर अली अहिले घरभित्रै नमाज पढ्न बाध्य भएका छन् । घर नजीकको असर्फी जामे मस्जिदमा दिनको पाँच पटकसम्म नमाज पढ्ने अलीको परिवारले अहिले घरमा नै नमाज पढ्ने गरेको छ । बाह्र वर्षका उमेरदेखि सधैँ मस्जिदमा गएर नमाज पढ्ने उनी अहिले ५८ वर्षका भए।

अली मात्र नभएर उनका छिमेकी अलिजान मुसलवानको परिवारले पनि बन्दाबन्दीका कारण मस्जिद जान छाडेर घरमा नमाज पढ्ने गरेको छ । इस्लाम धर्मावलम्बी दिनको पाँच पटक मस्जिदमा पुगेर सामूहिक रुपमा नमाज पढ्ने गर्छन् । बिहान ४ः३० बजे, अपराह्न १ः३० बजे र ५ः०० बजे तथा सूर्यास्तपछि र सूर्यास्तको दुई घण्टापछि नमाज पढ्ने प्रचलन भएको मुसलवान बताउउँछन् ।

गत वैशाख १३ गतेदेखि शुरु भएको रमजानमा रोजा बसी मस्जिदमा गएर नमाज पढ्दा बढी पुण्य पाइने धार्मिक विश्वास भए पनि बन्दाबन्दीले मस्जिद जान रोकिएको मुसलमान समुदायका अगुवा बताउँछन् । इस्लाम धर्मग्रन्थ ‘कुरआन’का अनुसार रमजानका बेलामा घरमा नमाज पढ्दा एक प्रतिशत तथा मस्जिदमा पुगेर नमाज पढ्दा ७० गुणा बढी पुण्य पाइन्छ भन्ने चलन रहेको अलीले बताए ।

अरुभन्दा रमजानका समयमा मस्जिदमा पुगेर नमाज पढ्नेहरुको सङ्ख्या धेरै हुने गरे पनि अहिले यो बन्द भएको छ । बन्दाबन्दी भएपछि जिल्लामा रहेका १८० भन्दा बढी मस्जिदमा नमाज पढ्न सूचना दिने अजानको धुनसमेत बज्न छाडेको छ ।

मस्जिदमा बज्ने अजानको धुन बस्तीबस्तीमा पुगेपछि नमाज पढ्ने प्रचलन भए पनि अहिले आफैँ समय हेरेर नमाज पढ्ने गरिएको मुसलमान धर्मावलम्बी बताउँछन् ।

मुसलमान समुदायमा पुरुषले मस्जिदमा गएर नमाज पढ्ने चलन छ भने महिला घरमा नै नमाज पढ्ने गर्छन् । मस्जिदमा पुगेर नमाज पढ्न नसक्ने र नभ्याउने पुरुषले अजानको धुन बजेपछि आफू जुन स्थानमा रहेका छन् त्यहीँ नमाज पढ्नुपर्ने चलन रहेको उनीहरु बताउँछन् ।

दिनमा पाँच पटकसम्म अजानको धुन बज्ने मस्जिदहरु अहिले सुनसान रहेको बताउँदै सिद्धार्थनगर नगरपालिका वडा नं १२ बस्ने कुमार गुरुङ भन्नुहुन्छ, ‘नमाज पढ्ने बेलामा मस्जिदमा भिड गर्ने मुस्लिम समुदाय समेत अहिले देखिन छाडेका छन् ।’ वर्षौँदेखि मुसलमानको आवाज गुञ्जिने रुपन्देहीमा प्रायः मुसलमान बसोबास हुने बस्तीका मस्जिद अहिले सुनसान भएका छन् ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले पनि कोराना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि मुसलमान समुदायलाई बढीमा दुई जना मात्र मस्जिदमा गएर नमाज पढ्न र अरुलाई घरमा नै पढ्नका लागि निर्देशन दिइएको जानकारी दिए । सो निर्देशन उक्त समुदायले पालना गरेको बताउँदै प्रजिअ पन्थले यहाँका मस्जिदमा अनुगमन पनि भइरहेको जानकारी दिए ।

मुसलमान अगुवाले स्थानीय प्रशासनको सहयोगमा मस्जिद तथा मुसलमान बस्तीमा पुगेर कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि अपनाउनुपर्ने सजगता र सचेतनामूलक कार्यक्रम गरिरहेको देखिन्छ । जिल्लामा रहेका मुसलमानले अध्ययन गर्ने मदरसा र लगभग १७१ मस्जिद बन्द गरिएको मुसलमान अगुवा बताउँछन् ।

जिल्लामा एक जना भारतबाट आएर क्वारेन्टाइनमा बसेका युवकलाई कोरोना भाइरस संक्रमण देखिए पनि अरुमा यसको संक्रमण नदेखिएकाले अझ केही समय सामाजिक दूरी कायम राख्नका लागि सबै समुदायलाई सचेत गराइएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।

जिल्लाका प्रायः सबै बस्तीमा मुसलसमान समुदायको बसोबास रहे पनि बुटवल, भैरहवा, मर्चवार, लुम्बिनी, देवदह, रोहिणीहवा र ओमसतिया क्षेत्रमा बढी जनसङ्ख्या छ ।

लुम्बिनी र मर्चवार क्षेत्रमा भने मुसलमानका घनाबस्ती छन् । पूर्वमा नवलपरासी, पश्चिममा कपिलवस्तु र दक्षिणमा भारतीय सीमासँग जोडिएको रुपन्देही मुसलमान समुदायको घना बस्तीका क्षेत्र हुन् । कृषि र रोजगारमा व्यस्त यहाँका मुसलमान शैक्षिक क्षेत्रमा समेत अब्बल मानिन्छन् ।

मदरसा शिक्षापछि छोराछोरी दुवै बराबरीको मान्यतानुसार नै रुपन्देहीमा छोराछोरी दुवैले विद्यालयदेखि कलेजसम्म अध्ययन गरेको देखिन्छ ।
मदरसा र मस्जिदमा बसोबास गर्नेहरुको स्वास्थ्य जाँचसमेत गरिसकिएको छ ।

शङ्का भएकाहरुलाई पनि आरडिटी तथा पिसिआर पद्धतिबाट जाँच गर्दा नेगेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । जिल्लामा विसं २०६८ को जनगणनानुसार ७२ हजार ४२८ मुसलमान छन् जुन रुपन्देहीको कुल जनसङ्ख्याको ८।२ प्रतिशत हो । तिनमा महिला ३६ हजार ५४३ छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending