Khabar Dabali १२ बैशाख २०८३ शनिबार | 25th April, 2026 Sat

बङ्गालको खाडीबाट आएको समुद्री आँधीका कारण कम्तीमा १५ जनाको मृत्यु

\"\"

एजेन्सी । बङ्गालको खाडीबाट उत्पन्न भएको एउटा समुद्री आँधीका कारण पूर्वी भारत र बाङ्ग्लादेशमा गरी कम्तीमा १५ जनाको मृत्यु भएको छ।

उक्त आँधीका कारण प्रभावित क्षेत्रमा तीव्र हावाहुरी र वर्षाका कारण उथलपुथल भएको जनाइएको छ।

पूर्वी भारतीय राज्यहरू र बाङ्ग्लादेशमा अम्पन नामक उक्त आँधीको असर धेरै देखिएको छ।

ती क्षेत्रहरूमा तीव्र गतिको हुरी चल्दा रुखहरू ढलेका छन् भने घरको छानाहरू उडेका छन्।

बिजुली र टेलिफोनका खम्बाहरू पनि ढलेका छन्।

कतिपय घरहरूमा लडेका रुखहरू र खम्बाहरू पस्दा मानिसहरू घाइते समेत बनेका छन्।

कम्तीमा ३० लाख मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ।

सुरक्षित स्थानमा सारिएकाहरूमा बाङ्ग्लादेशीहरू धेरै छन्।

कोरोनाभाइरसका महामारीका कारण उद्धारमा कठिनाइ उत्पन्न भएको छ।

ठूलो आँधी
कोभिड-१९ का कारण सामाजिक दूरी कायम गर्नुपर्दा आम उद्धारमा समस्या भएको हो।

कतिपय मानिसहरू सुरक्षित क्षेत्रमा जान तयार भइरहेका छैनन्।

त्यसमध्ये केही मानिसहरू हालै मात्र कोरोनाभाइरसबाट बच्न क्वारन्टीनमा बसेर फर्केकाहरू पनि छन्।

उक्त आँधी बङ्गालको खाडीमा सन् १९१९ यता आएको सबैभन्दा ठूलो समुद्री आँधी हो।

यद्यपि यसको हावाको गति केही कम भएको छ। तर पनि यसलाई एकदमै शक्तिशाली समुद्री आँधीका रूपमा लिइएको छ।

नेपालमा प्रभाव
मौसमविद्हरूले नेपालमा पनि उक्त आँधीको प्रभाव देखिएको जनाएका छन्।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल उक्त आँधीको प्रभावका साथै स्थानीय वायुको पनि प्रभाव रहेको छ।

हाल देशको पूर्वी र मध्य भू-भागमा पूर्ण बदली रही पश्चिममा आंशिक बदली रहेको उसले जनाएको छ।

पूर्व र मध्यको थोरै स्थानमा वर्षा भईरहेको पनि महाशाखाले जनाएको छ।

उसले चट्ट्याङ र केही साना खोलाहरूमा बाढीको सम्भावना रहेकाले सतर्कता अपनाउन आह्वान पनि गरेको छ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending