Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

आत्मबल बढाउँदै दाङका कोरोना सङ्क्रमित २३ वर्षीय युवक, कोरो नालाई जितेर नै छाड्ने विश्वास

\"\"

दाङ । तुलसीपुर उपमहानगरपालिका—१७ बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आइसोलेशनमा उपचार गरिरहेका गढवा गाउँपालिका—५का २३ वर्षीय युवक कोरोनालाई जितेर नै छाड्ने विश्वासमा छन् । गत शुक्रबार सङ्क्रमित पुष्टि भएपछि उनले अहिलेसम्म रुघाखोकी, ज्वरोलगायत कुनै लक्षण आफूलाई नदेखिएको बताएका छन् । पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि आइसोलेशनमा बसेर कोरोनासँग जुधिरहेको उनमा दरिलो आत्मबल देखिएको छ ।

उनले भने सोमबारसम्म आफूमा कुनै लक्षण नदेखिएको र छिट्टै सञ्चो भएर घर फर्कने विश्वास व्यक्त गरे । उनी गत माघ महिनामा भारतको मुम्बईमा मजदूरीका लागि गएका थिए । त्यहाँ उनी रङ्रोगनको काम गर्थे । ‘भारतमा कोभिड —१९ को जोखिम बढ्न थालेपछि लकडाउन शुरु भयो र बन्दाबन्दी केही समयपछि कम्पनीले काममा नआउनू भन्यो’, उनले भने ।

भारतमा रहँदा एउटा ठूलो कोठालाई दुइटा बनाएर २१ मजदूरसँगै उनी बसेका थिए । उनले आफ्ना कोठामा बस्ने सबैले घर फर्कने बताए पनि आफू भने भारतका साथीसँग ट्रक चढेर आएको बताए । गत वैशाख २१ गते त्यहाँबाट हिँडेका उनी वैशाख २६ गते बेलुका कपिलवस्तुको कृष्णनगर नाकासँगै रहेको भारतको बढनी आइपुगेका थिए ।
कपिलवस्तुमा प्रवेश गरी त्यहाँबाट थप दुई घण्टा पैदल हिँडेर नजीकैकोे क्वारेन्टिनमा गएका उनले क्वारेन्टिनमा बसे पनि खानाको सुविधा राम्रो नभएकाले नजीकै रहेको साथीको घरबाट खाना मगाएर खाने गरेको बताए ।

घरमा बुवालार्र्ई आफू क्वारेन्टिनमा रहेको जानकारी गराएपछि उनले गढवा गाउँपालिकामा पुगेर अध्यक्ष सहजराम यादवसँग कुरा गरी गाउँपालिकाको सिफारिसमा एम्बुलेन्स पठाएपछि यहाँसम्म आएको बताए । उनलाई गाउँपालिकाले जनता मावि गढवाको क्वारेन्टिनमा राखेको थियो । ‘हामीलाई ल्याउन कपिलवस्तुमा एम्बुलेन्स पठाइयो त्यहाँबाट सीधै यहाँ आएर बस्यौँ, सरकार रहेछ भन्ने महसुस भएको छ’, उनले भने । उनले थपे, ‘अहिले बसेको अस्पतालमा पनि बिरामीलाई राम्रो सुविधा छ । समय समयमा खानानास्ता दिने गरेको छ, डाक्टर र स्वास्थ्यकर्मीले पटकपटक सोधपुछ गरिरहनुभएको छ ।’

अविवाहित उनले घरमा रहेका हजुरबा, हजुरआमा, आमाबुवा र सबै आफन्तलाई नआत्तिन र सुरक्षित रहेर बस्न आग्रह गरेका छन् । कक्षा ११ उत्तीर्ण सङ्क्रमित उनीसँगै अस्पतालको आइसोलेशनमा गढवा —४ का ३६ वर्षीय पुरुष पनि छन् । उनी भारतको गोरखपुरस्थित एक होटलमा काम गर्न गएका थिए । कोरोनाको त्रास बढेपछि उनी नेपाल फर्कने तयारी गरे पनि लकडाउनका कारण आउन नसकेको बताउँछन् । बन्दाबन्दी नखुलेपछि कोरोनाको त्रासले उनी साइकल चढेर आएका हुन् ।

‘मजदूरी गर्न गएको थिएँ, त्यहाँ पनि कोरोना सङ्क्रमित दिनहुँ बढ्न थाले भन्ने थाहा पाएँ, साइकलबाट भारतको गोरखपुरदेखि बढनीसम्म एकदिनमा फर्केको हो, परीक्षण गर्दा कोरोना पोजेटिभको रिपोर्ट आयो, मलाई कहाँबाट कसरी सरेको हो भन्ने थाहै छैन’, उनले भने, ‘छिट्टै सञ्चो भएर घर फर्किन्छु भन्ने विश्वास छ ।’

भारतको बढनीबाट कपिलवस्तुको कृष्णनगर नाका हुँदै उनी एक हप्ताअघि फर्केका हुन् । कृष्णनगरको क्वारेन्टिनमा पाँच दिन बसेपछि उनलाई पनि गढवा गाउँपालिकाले एम्बुलेन्समा ल्याएको हो । दुवैको कोरोना परीक्षण राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठन घोराहीमा शुक्रबार गरिएको र सोही दिन रिपोर्ट पोजेटिभ आएको थियो ।

गत शुक्रबार नै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा कोरोना संक्रमित भएको पुष्टि भएका तुलसीपुर उपमहानगरपालिका —४ का ३४ वर्षीय युवक पनि अहिले आइसोलेशनमा छन् । उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको बताइएको छ । उन गत चैत २७ गते काठमाडौँ गएका हुन् । शान्तिनगर गाउँपालिका(५ निवासी बहिनीज्वाइँको उपचारका लागि उनी काठमाडौँ गएका हुन् । गत चैत २५ र २६ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरम उपचारपछि उनलाई कोहलपुरबाट एम्बुलेन्समा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको बताइएको छ ।

कोरोना विशेष अस्पताल बेलझुण्डीको आइसोलेशनमा अहिलेसम्म १६ कोरोना सङ्क्रमित बिरामीको उपचार भइरहेको छ । उक्त अस्पालमा दाङका दुई, कपिलवस्तुका छ र बाँकेका आठ जना रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा सर्वेश शर्माले जानकारी दिनुभयो । बिरामी सबैको अवस्था सामान्य छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending