Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

एकजनामा कोरोना सङ्क्रमणको पुष्टिसँगै कर्णालीमा उच्च सतर्कता

\"\"

सुर्खेत । कोरोना भाइरसको जोखिमबाट अब कर्णाली प्रदेश पनि अछुतो रहेन । हालसम्म सुरक्षित मानिएको यस प्रदेशमा लकडाउनको ५६ औँ दिनपछि पहिलोपटक एकजनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।

प्रदेश राजधानी सुर्खेतसँग जोडिएको जिल्ला दैलेख आठबीस नगरपालिकाका–१ साततलाका एक पुरुष युवामा सोमबार कोरोना भाइरस पुष्टि भएपछि यस प्रदेशमा सङ्क्रमण प्रवेश गरेको छ । भारतको आग्राबाट गत वैशाख ३१ गते आफ्नै गाउँ पुगेका ती युवाको सोमबार सुर्खेतको कोरोना परीक्षण प्रयोगशालाबाट पिसिआर परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको थियो ।

सो प्रयोगशालाले पुनः पुष्टिका लागि नमूना नेपालगञ्ज भेरी अस्पतालमा पठाएको थियो । त्यहाँ पनि रिपोर्ट पोजेटिभ देखिएपछि सोमबार नै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ती युवामा कोरोना पुष्टि भएको सार्वजनिक गरेको थियो । यससँगै प्रदेश सरकारले उच्च सतर्कता बढाएको छ ।

भारतको आग्राबाट हिँडेका उनीसँगको ३९ जनाको टोली ४१ दिन भारतको वनवासा क्वारेन्टाइनमा बसेर आएको र गत बैशाख ३१ गते नगरपालिकाको पहलमा उनीहरुलाई उद्धार गरेर ल्याइएको सो नगरपालिकाका प्रमुख खड्गराज उपाध्यायले जानकारी दिए । उनले भने, ‘युवामा कोरोना सङ्क्रमण पुष्टि भएपछि हामीले एक वडाबाट अर्को वडामा जान बन्द ९सिल० गरेका छौँ र प्रदेश सरकारलाई परीक्षणको दायरा बढाउन अनुरोध गरिएको छ ।’

नगरपालिकामा अहिलेसम्म ५२ जना आइपुगेको जनाउँदै उनले आठबीसकै नागरिक भारतमा दुई हजारभन्दा बढीको सङ्ख्यामा रहेको लगत राखिएको बताए । कोरोना पुष्टिपश्चात् उच्च सतर्कता अपनाइएको बताउँदै नगरप्रमुख उपाध्यायले भने, ‘हामीले नगरपालिकाभरि १९३ बेड सङ्ख्यामा क्वारेन्टाइन बनाएका छौँ । बिरामीसहित क्वारेन्टाइनमा रहेका सबैलाई उच्च मनोबल राख्न र केही परे सरकार छ भनेर हौसला दिएका छौँ ।’ उनका अनुसार सङ्क्रमित युवाको अवस्था सामान्य छ ।

प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले आठबीसका युवामा कोरोना पुष्टि भएपछि कन्ट्र्याक्ट ट्रेसिङका चिकित्सक टोलीलाई निर्देशन दिइसकिएको जानकारी दिए । भारतबाट कर्णाली प्रवेश गर्ने नागरिकका लागि अनिवार्यरुपमा आरडिटी र स्क्रिनिङ गर्न सुर्खेतको छिन्चुमा स्क्रिनिङ सेन्टर स्थापना भइसकेको बताए ।

उनले भने, ‘अब हामीले क्वारेन्टाइनमा बस्ने अवधि २१ दिन पु¥याउने सोच राखेका छौँ । बिरामीको उपचार सेवालाई प्रभावकारी बनाउँदैछौँ ।’ मुख्य नाकाबाट कर्णाली प्रवेश नगरी लुकीछिपी आउनेका कारण कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै उनले यसमा सुरक्षा अवस्था कडाइ बनाइने जनाए ।

नागरिकको अनुशासन र उच्च सतर्कता अनिवार्य रहेको उनको भनाइ थियो । अहिलेसम्म सामान्यतः किटले धानिरहेको जनाउँदै प्रदेश सरकारले यसका लागि टेण्डर गरिसकेको, केही सङ्घीय सरकारसँग माग गरेको र केही विदेशबाट आएको उनले बताए ।

स्वास्थ्य सेवा निर्देशक रीता भण्डारी ९जोशीले० सोमबारसम्म तीन हजार ३३६ जनाको पिसिआर परीक्षण भएको जानकारी दिइन् । सोमबार आठबीसका ३९ जनाको पिसिआर परीक्षणमा एकजना युवाको कोरोना पोजेटिभ देखिएको भन्दै उनले ती युवालाई आइसोलेशन राख्ने तयारी भइरहेको बताइन् ।

‘नमूना सङ्कलन भएका ३०० जनाको आजमात्र पिसिआर परीक्षण गर्दैछौँ’, उनले भनिन्, ‘कालीकोट, हुम्ला, रुकुम, डोल्पा, मुगुलगयातका जिल्लाबाट पनि स्वाब सङ्कलन कार्य भइरहेको छ ।’ दैलेख आठबीसका समुदायको सघन जाँच आवश्यक नभएको भन्दै उनले कोरोना सङ्क्रमित ती युवासँग एउटै बसमा आएकाको कन्ट्र्याक्ट टे«सिङ गर्ने तयारी भइरहेको बताइन् । उनका अनुसार प्रदेश सरकारको योजनाअनुरुप प्रत्येक वडाबाट नमूना स्वाब सङ्कलन कार्य निरन्तर छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies