Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

कहाँबाट सर्यो मृतक महिलामा कोरोना ? श्रीमान यसो भन्छन् !

\"\"

काठमाडौं । कोरोनाका कारण मुलुकमा पहिलोपटक एक सुत्केरीको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रबिसे–९ की २९ वर्षीया महिलाको बिहीबार धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।

आजको कान्तिपुर दैनिकमा खबर छ–मृतक महिलाका श्रीमानले भने त्रिवि शिक्षण अस्पतालमै पत्नीलाई संक्रमण भएको हुन सक्‍ने बताए । उनले भने, ‘लकडाउनका बेला हामी घरमै बसेका थियौं । उनलाई कसरी कोरोना लाग्यो ? सोचिराछु । हामीले बाहिरबाट आएकालाई पनि भेटेका थिएनौं । टिचिङमै रहँदा उनलाई भाइरस सरेको हुनुपर्छ ।’

ती महिलाका श्रीमानले भनेको कुरा जस्ताको त्यस्तै :

विवाह भएको १३ वर्ष भयो । मेरो घर र ससुराली सँगै हो । हाम्रो गोंगबुमा कोठा छ । यहीं तरकारी पसल गर्थ्यौं । पहिलो सन्तान छोरा ११ वर्ष भइसकेकाले दोस्रो सन्तानको योजना बनायौं । मुलुकमा लकडाउन सुरु भएपछि वरिपरिका सबैजसो गाउँ फर्कन थाले । हामी पनि जाने कि भन्ने सल्लाह गर्‍यौं तर डाक्टरले सुत्केरी हुने मिति जेठ २२ लाई दिएको थियो । गाउँमा गएर पनि सुत्केरी हुन गाह्रो होला भनेर गएनौं ।

डाक्टरले दिएको मितिभन्दा एक महिनाअघि वैशाख २३ मा श्रीमतीलाई सुत्केरी व्यथा लाग्यो । हामी वैशाख २३ मा टिचिङ अस्पताल गयौं । २४ गते बिहान ४ बजे सुत्केरी भइन् । छोरा जन्मियो । उनको अवस्था सामान्य थियो । २५ गते नै अस्पतालले डिस्चार्ज दियो । लकडाउनमा काठमाडौं बसेर स्याहार पुग्दैन भनेर हामीले घर जाने निधो गर्‍यौं । बाह्रबिसेबाट एम्बुलेन्स आएको रहेछ । त्यसमै जाने भयौं । कोठामा गएर छोरालाई लिएर आयौं, कपडा पनि झिक्यौं । अस्पतालबाटै तयार भएर हामी घर गयौं । दोस्रो सन्तान शल्यक्रियाबिना भएकाले हामी खुसी थियौं । घरमा सुत्केरी भेट्न ससुरालीतिरका आफन्त पनि आए । खुसियाली साट्यौं ।

वैशाख ३१ गते राति उनले सास फेर्न गाह्रो भयो भनिन् । जेठ १ गते बिहानै बाह्रबिसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा बोलेरो गाडीमा राखेर लगें । चिकित्सकले एक्सरे गरेर हेरे । छातीमा खराबी रहेकाले एन्टिबायोटिक चलाउनुपर्ने भएकाले सुत्केरीलाई जोखिम हुने भन्दै थप उपचार गर्न धुलिखेल वा काठमाडौं लैजान चिकित्सकले सुझाव दिए । तर तत्काल एम्बुलेन्स पाइएन । बेलुका ७ बजे एम्बुलेन्स आयो । धुलिखेल अस्पताल ल्याइपुर्‍याउँदा साढे ९ भइसकेको थियो । अस्पतालको गेटमा पुग्नेबित्तिकै उनलाई गाह्रो भयो । अस्पतालभित्र लगेर चिकित्सकले हरप्रयास गरे । भेन्टिलेटर चलाए । पम्प दिए । तर बचाउन सकिएन भनेर डाक्टरले सुनाए । अस्पताल ल्याएको आधा घण्टामै उनको मृत्यु भयो ।

ममी, बहिनी र म आएका थियौं । रातभरि रोएरै बस्यौं । आफन्तलाई उनको मृत्युको खबर सुनायौं । भोलिपल्ट हामीले उनको शव सद्गतका लागि लैजान खोज्यौं तर अस्पतालले कोरोना परीक्षण गर्ने भनेर लैजान दिएन । शुक्रबार पनि हामी दिनभरि शव लैजान कुर्‍यौं । अस्पताल प्रशासनले शनिबारसम्म रिपोर्ट आउने भएकाले पर्खन आग्रह गरेको थियो । हामीले आफन्तलाई त्यही जानकारी गरायौं ।

शनिबार बिहान फेरि शव दिन अनुरोध गर्दा डाक्टरले हामीलाई थप सतर्क भएर, कसैलाई नछोई, छुट्टै बस्न आग्रह गरे । अस्पतालले नभने पनि श्रीमतीको मृत्यु कोरोनाले भएको हो कि भन्ने शंका लाग्यो । केही बेरपछि इमर्जेन्सी वरिपरि कसैलाई आउन दिएनन् । त्यसपछि उनको मृत्यु कोरोनाकै कारण भएको रहेछ भन्ने लाग्यो । अस्पतालमा केही कर्मचारीले मृत्युको कारण कोरोना भएको पनि सुनाए । त्यसपछि थप सतर्क भयौं । १० दिनको बच्चा स्वस्थ छ । उसलाई ल्याक्टोजिन खान दिइरहेका छौं । ठूलो छोरा गाउँमै छ ।

उनीसँगको सम्बन्ध सम्झिरहेको छु । रुन्छु । मैले चिन्ता लिँदा आमा र बहिनीले पनि चिन्ता लिने भएकाले मन दह्रो बनाएर बसेको छु । अस्पतालले शनिबार दिउँसो १० दिनको छोरा र हाम्रो पनि स्वाब परीक्षणका लागि लगेको छ । रिपोर्ट के आउने हो ?

लकडाउनका बेला हामी घरमै बसेका थियौं । उनलाई कसरी कोरोना लाग्यो ? सोचिराछु । हामीले बाहिरबाट आएकालाई पनि भेटेका थिएनौं । टिचिङमै रहँदा उनलाई भाइरस सरेको हुनुपर्छ । 

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies