Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

भारतीय सेना प्रमुखको वक्तव्यबारे बुझ्दै नेपाल सरकार

काठमाडौं । भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले दिएको वक्तव्यबारे सरकारले आफ्नो तवरले अध्ययन गरिरहेको जनाएको छ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय सेना प्रमुखको भनाइबारे सरकारले आफ्नो कूटनीतिक च्यानलमार्फत बुझिरहेको बताए । भारतले नेपाली भूभाग अतिक्रमण गरेर सडक समेत निर्माण गरिसकेको अवस्था रहेकाले त्यस विषयलाई समाधान गर्न नेपालले दुई पक्षीय वार्तामा ध्यान दिएको बताए ।

भारतका विभिन्न अधिकारीको सार्वजनिक धारणाबारे भने अहिले अध्ययन भइरहेको पनि उनले स्पष्ट पारे । भारतीय सेना प्रमुख नरवणेले शुक्रबार सुरक्षासम्बन्धी एक भिडियो कन्फरेन्समा नेपालले अरू कसैको इसारामा पिथौरागढ–लिपुलेक सडकको विरोध गरेको अभिव्यक्ति दिएका थिए । उनले त्यहाँ कुनै विवाद नरहेको समेत बताएका थिए ।

भारतीय सेना प्रमुखबाट आएको पछिल्लो अभिव्यक्तिबारे नेपाली सेनाले पनि आवश्यकताअनुरूप प्रस्ट र जिम्मेवार ढंगबाट विधिसम्मत तथा उपयुक्त मञ्चमा आफ्नो धारणा व्यक्त गर्ने जनाइसकेको छ । भारतीय सेना प्रमुख नेपाली सेनाको पनि मानार्थ हुने हुनाले सेनाको धारणा पनि उपयुक्त देखिएकाले यस विषयमा सेनाले छलफल गरिरहेको अधिकारीहरूले बताए ।

सत्तारुढ नेकपाका प्रवक्ता एवं पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रबारे भारतीय सेना प्रमुख नरवणेले दिएको अभिव्यक्ति सच्याउन आग्रह गरेका छन् ।

प्रवक्ता श्रेष्ठले शनिबार ट्वीट गर्दै भारतले दार्चुला र लिपुलेक क्षेत्रमा अवैध रूपमा सडक बनाएको विषयमा नेपालको विरोधमा भारतीय सेना प्रमुख नरवणेले दिएको अभिव्यक्ति आपत्तिजनक भएकाले तत्काल सच्याउन आवश्यक रहेको बताए ।

नेपाली भूमि भारतले दार्चुला र लिपुलेक क्षेत्रमा अवैध रूपमा सडक बनाएको विषयमा नेपालबाट भइरहेको विरोधलाई भारतीय सेना प्रमुखले दिएको अभिव्यक्ति आपत्तिजनक रहेको विषय बाहिर कुरा उठे पनि सरकारले यसमा कुनै प्रतिक्रिया दिएको छैन ।

सार्वभौम र स्वतन्त्र राष्ट्रका रूपमा नेपालले आफ्नै पक्षमा खडा रहेको र नेपालको पक्षमा कसैले उभिन नपर्ने भन्दै श्रेष्ठले सेना प्रमुख नरवणेले आफ्नो अभिव्यक्ति तत्काल फिर्ता लिनुपर्ने बताए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies