सिराहा । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या १०३ पुगेको छ । यसअघि प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ९९ थियो भने शुक्रबार साँझ स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको नौ नयाँ सङ्क्रमितमध्ये पर्साको चार जना छन् । सोसमेत गरी यस प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या अब १०३ पुगेको हो ।
थपिएका चार जनामा पर्साको वीरगञ्ज–९ बस्ने नौ र १० वर्षीय गरी दुई बालक र २३ र २७ वर्षीया दुई महिला हुन् । धनुषाकी १७ वर्षीया एक किशोरीमा कोरोनाको सङ्क्रमण भएको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालाले बिहीबार पुष्टि गरेको थियो । जनकपुरको रमानन्दचोकमा घर भए पनि तत्काल उहाँ काठमाडौँमा छन् । उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा उपचार भइरहेको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी दिएका छन् ।
यस प्रदेशमा कोरोना भाइरसको रोकथाम तथा उपचारमा तीव्रता दिनका लागि स्वाबको नमूना सङ्कलनकार्य व्यापकरूपमा अगाडि बढाइएको छ । दुई दिनको अवधिमा एक हजारको स्वाब सङकलन गर्ने नीतिअनुरुप पर्सामा ‘कन्टयाक्ट टे«सिङ’ गरिएका मध्येबाट ३५० जनाको स्वाब सङ्कलन शुक्रबार भइसकेको र ३६० जनाको स्वाब सङ्कलनकार्य जारी छ ।
यस्तै बाराको कलैया अस्पतालमा सञ्चारकर्मी र स्वास्थ्यकर्मीको १०० भन्दा बढीको स्वाब सङ्कलन गरिएको छ । रौतहटको गौर नगरपालिकाको गौरी क्याम्पस, राजदेवी नगरपालिका–२, राजपुर नगरपालिका–९ र चन्दनपुर नगरपालिका–१० का साथै महोत्तरीको जलेश्वर नगरपालिकामा पनि स्वाब सङ्कलन भइरहेको प्रदेश सचिव डा घिमिरेले बताउनुभयो । सप्तरी, सिरहा र सर्लाही जिल्लाका जोखिमपूर्ण व्यक्तिको पहिचान गरी स्वाब सङ्कलन तयारी गरिएको छ ।
यस प्रदेशमा कोरोनाबाट सङ्क्रमित ९६ जनाको उपचार भइरहेको छ । सोमध्ये बीरगञ्जस्थित नारायणी अस्पतालमा ६३ पुरुष र आठ महिला गरी ७१ र वीरगञ्जस्थित सिद्धार्थ स्कूलको आइसोलेसनकक्षमा रहेका १३ पुरुष र छ महिला गरी १९ जनाका साथै जनकपुरस्थित प्रादेशिक अस्पतालमा पाँच र सप्तरीको गजेन्द्रनारायणसिंह अस्पतालमा एक सङ्क्रमितको उपचार भइरहेको छ ।
यस प्रदेशमा अहिलेसम्ममा चार हजार ९८० को स्वाब सङ्कलन गरिएकामा तीन हजार ८१७ को नतिजा नेगेटिभ आएको छ र एक हजार ६४ जनाको रिपोर्ट आउन बाँकी छ । यस प्रदेशमा अहिलेसम्म पाँच हजार ५१७ को आरडिटी परीक्षण गरिएको छ ।
प्रदेश नं २ का विभिन्न क्वारेन्टाइनमा एक हजार ९१५ जना छन् भने होम क्वारेन्टाइनमा चार हजार ६८८ र आइसोलेसनमा १०८ जना बसेका छन् । यसका साथै आइसोलेसनकक्षका लागि प्रदेश सरकारले पहिचान गरेका अस्पताललाई पूर्ण तयारीमा रहन आग्रह गर्दै सचिव डा घिमिरेले बिरामी आएपछि तयारी गर्ने सोचाइ नराख्नतर्फ ध्यानाकर्षण गराए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: