राँझा । नेपालगञ्जस्थित जमुनाह सीमा नाकाबाट प्रवेश गरेका आरडिटी पोजेटिभ देखिएका तीन जनाको पिसिआर परीक्षण नेगेटिभ आएको छ । शुक्रबार दिउँसो गरिएको आरडिटीमा पोजेटिभ देखिएका तीनै जनाको स्वाब नमूना सङ्कलन गरी भेरी अस्पतालको आरटिपिसिआर यन्त्रमा परीक्षण हुँदा गए राति रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवम् कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार नेपालगञ्ज जमुनाह नाका भएर नेपाल आएका ४६६ जनाको आरटिडी गरिएको थियो । सो क्रममा तीन जनाको पोजेटिभ देखिएपछि उनीहरुलाई नेपालगञ्जमै आइसोलेशनमा राखेर अन्य नेगेटिभ देखिएकालाई सम्बन्धित जिल्ला र गाउँपालिकाको समन्वयमा सम्बन्धित क्षेत्रमा पठाइएको छ । आरडिटी पोजेटिभ देखिएका सुर्खेत, कालीकोट र नुवाकोट जिल्लाका तीन जनालाई शुक्रबार नेपालगञ्ज खजुरारोडस्थित लायन्स डेन्टल अस्पतालमा निर्माण गरिएको आइसोलेशन केन्द्रमा राखिएको छ । पिसिआर रिपोर्ट नेगेटिभ आएकाले सबन्धित जिल्लामा समन्वय गरेर उनीहरुलाई पनि जिल्ला पठाइने श्रेष्ठले बताए ।
सीमावर्ती भारतीय शहरमा रहेको क्वारेन्टाइनमा रहेका नेपालीलाई बिहीबार राति नेपालगञ्ज ल्याइएको हो । नेपाल प्रवेश गरेका ६८७ नेपालीमध्ये बाँके र बर्दियाका २२१ जनालाई महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको छ । उनीहरुको आजदेखि आरडिटी गरिने भएको छ ।
रोजगारीका सिलसिलामा भारतका विभिन्न स्थानमा पुगेकामा कोरोना भाइरस महामारी फैलिएपछि घर फर्कँदा सीमा क्षेत्रमा अलपत्र परेका तथा नानपाराका विभिन्न क्वारेन्टाइनमा बस्दै आएका नेपालीलाई बाँके प्रशासन र भारतीय बहराइच जिल्ला प्रशासनबीच समन्वय गरी बिहीवार राति नेपाल प्रवेश गराइएको हो । सीमा नाका आसपास अलपत्र परेका दुवै देशका नागरिकलाई उद्धार गरेर आआफ्ना देशमा जान दिने सहमतिअनुसार भारतबाट ६८७ नेपाल आएका थिए भने नेपालबाट करीब एक हजार चार सय भारतीयलाई भारत पठाइएको थियो ।
११ को पिसिआर नेगेटिभ
प्युठान– र्यापिड डाइगोनोष्टिक टेष्ट(आरडिटी) गर्दा एन्टीबडी पोजेटिभ देखिएका ११ जनाको स्वाब परीक्षण (पिसिआर) नेगेटिभ आएको छ । प्युठान नगरपालिकाका गुरीगाउँ, धगे र बुढादेवीको क्वारेन्टाइनमा रहेका आठ पुरुष र तीन महिलामा आरडिटी पोजेटिभ देखिएपछि उनीहरुसहितको स्वाब सङ्कलन गरिएको थियो । क्वारेन्टाइनमा रहेका २८ जनाको स्वाब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले जानकारी दिए । बिहीबार १७ जना र शुक्रबार ११ जनाको नेगेटिभ रिपोर्ट आएको जनाइएको छ ।
जिल्लामा हालसम्म ९९ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षण गरिएकामा ९१ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने आठ जनाको आउन बाँकी छ । आठ जनाको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा बुधबार स्वाब पठाइएको छ । त्यसैगरी आरडिटी रिपोर्ट पोजेटिभ देखिएका १३ जना सबैको पिसिआर रिपार्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: