Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

चालू वर्षको पाँच अर्बमध्ये पौने चार अर्ब फ्रिज, कार्यक्रमलाई भने निरन्तरता

काठमाडौं । ०७६–७७ बाट सुरु भएको राष्ट्रपति शैक्षिक कार्यक्रमले यस वर्ष पनि निरन्तरता पाएको छ । चालू आर्थिक वर्षमा पाँच अर्बको यो कार्यक्रमको पौने चार अर्ब फ्रिज हुने अवस्थामा छ ।

‘आजको नयाँ पत्रिका दैनिकमा खबर छ - राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत शिक्षण संस्थाको भौतिक पूर्वाधार तथा शिक्षण सिकाइ सुविधामा सुधार गरिनेछ । यस कार्यक्रममा वैज्ञानिक अनुसन्धान, प्रविधिको विकास तथा नव प्रवर्तन एवं बौद्धिक प्रतिभाहरूलाई प्रोत्साहनलगायतका कार्य समावेश गरिनेछ,’ राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संसद्मा प्रस्तुत गरेको ०७७–७८ को नीति तथा कार्यक्रममा भनिएको छ ।

शिक्षा क्षेत्रका केही कार्यक्रम सरकारले हरेक वर्ष नीति तथा कार्यक्रममा समावेश गर्छ, तर ती कहिल्यै कार्यान्वयन हुँदैनन् । निरक्षरता उन्मूलन, विद्यालय उमेरका बालबालिकालाई विद्यालयमा ल्याउने, गुणस्तरीय शिक्षाको व्यवस्थापन गर्नेलगायत त्यस्तै कार्यक्रम हुन्, जुन यसपटकको नीति तथा कार्यक्रममा पनि समावेश गरिएका छन् । आगामी वर्ष ‘साक्षर नेपाल’ घोषणा गर्ने लक्ष्य सरकारले लिएको छ ।

सरकारले विगत १२ वर्षदेखि निरक्षरता उन्मूलन गरी साक्षर नेपाल बनाउने प्रतिबद्धता गर्दै आएको छ । दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने घोषणासहित ०६५–६६ मा अभियानकै रूपमा कार्यक्रम सञ्चालन गरिएको थियो, तर देश अझै पूर्ण साक्षर बन्न सकेको छैन । ०७७–७८ को नीति तथा कार्यक्रममा पनि सरकारले यसलाई प्राथमिकतामा राखेको छ ।

यसअघि साक्षर नेपाल वर्ष २०७६ घोषणा गरिएको थियो । पहिलो पटकको घोषणाअनुसार दुई वर्षमा निरक्षरता उन्मूलन गर्ने लक्ष्यसहित सञ्चालन भएको साक्षरता अभियानमा करिब साढे सात अर्ब खर्च भएको थियो ।

कहिले नीति तथा कार्यक्रम र कहिले बजेट भाषणमा साक्षरताको विषय उल्लेख हुने गरेको छ । तत्कालीन शिक्षामन्त्री प्रदीप नेपालदेखि अहिलेका शिक्षामन्त्री गिरिराजमणि पोखरेलसम्मले दुई वर्षमा निरक्षरता उन्मूलन गर्ने घोषणा गरेका थिए । शिक्षा तथा मानव स्रोत केन्द्रका निर्देशक गेहनाथ गौतमका अनुसार अहिलेसम्म ५३ जिल्ला मात्रै साक्षर घोषणा भएका छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies