महोत्तरी । कोभिड–१९ सन्त्रास छल्न जारी लकडाउनमा बेखर्ची भएका महोत्तरीको बर्दिवास नगरपालिका–३ गौरीवासका वृद्धवृद्धा अहिले घरमै सामाजिक सुरक्षाभत्ता पाएर दङ्ग छन् । रकमको अभावमा आफ्ना रहर र आवश्यकता पूरा गर्न नपाएका यहाँका वृद्धवृद्धामा वडा समितिको कार्यालयले घरघरै पुगेर भत्ता दिन थालेपछि खुशी छाएको हो ।
“छोराछोरी लकडाउनले बाँधिएर रहे, कतै कमाउने ल्याउने कुरो रहेन”, लकडाउनको परिवेश सम्झँदै बर्दिवास–३ गौरीडाँडाकी ६५ वर्षीया अणदेवी शाहीले भने, “यसै बेखर्ची भएर टोलाइरहेका बेला वडाध्यक्ष र सचिवले घरमै चार महिनाको एकल महिला भत्ता ल्याइदिए, अब अलीबारलाई सानातिना खर्च टार्नसक्ने भइयो ।” एकल महिला शाहीले गत मङ्सिरदेखि फागुनसम्म चार महिनाको मासिक रु दुई हजारका दरले अहिले रु आठ हजार पाएका छन् ।
वडासमितिले चालू आर्थिक वर्ष २०७६र७७ को दोस्रो चौमासिकअन्तर्गत चार महिनाको सामाजिक सुरक्षा रकम घरघरै पुगेर वितरण गरिएको जनाएको छ । “जारी लकडाउनले अन्य धेरैजसो निर्माण काम अघि बढ्न सकेनन्”, बर्दिवास–३ का वडाध्यक्ष राजन ढुङ्गानाले भने, “यस्तो बेला वृद्धवृद्धा, एकल महिला, ज्येष्ठ दलित र अपाङ्गता भएकालाई घरमै रकम पु¥याइदिनसके राहत हुने ठानेर बाँड्न शुरु ग¥यौँ ।”
गौरीवासको लम्बाइमात्र २० किलोमिटर र बस्तीहरु १० भन्दा बढी छन् । सबै बस्तीका सामाजिक सुरक्षाभत्ता पाउनेका घरघरै पुगेर वितरण गर्दा एक साता लाग्ने वडासचिव सन्तोष बराल बताउछन् । चुरे काछको पर्साहीधापदेखि बर्दिवासचोकसँग साँध जोडिएको बर्दिवास–३ मा सामाजिक सुरक्षाभत्ता पाउने एक हजार ३९ जना रहेको वडा कार्यालयले जनाएको छ ।
चैतमा बाँडिनुपर्ने रकम यसपालि चैत दोस्रो सातामै लकडाउन शुरु भएपछि वृद्धवृद्धा अब रकम कहिले पाइने भन्ने चिन्तामा थिए तर वडा समितिको कार्यालयले वैशाख निगल्दो घरघरै रकम पु¥याइदिन थालेपछि वृद्धवृद्धाको चिन्ता हटेको छ । “ए हजुर बेलाको कुरो हुँदोरहेछ” मासिक भत्ता रु तीन हजार पाउने ८० वर्षीय ज्येष्ठ नागरिक गौरीडाँडाका इखबहादुर दर्नालले भने, “अहिले अप्ठ्यारो बेलामा घरमै रकम पाएपछि के–के न पाएजस्तो भयो नि !” अहिले भत्तावापत रु १२ हजार पाउनुभएका दर्नालले लकडाउनमा खान बिस्कुट र दूधको जोहो भएको बताए ।
भत्ता हात परेपछि यहाँका वृद्धवृद्धाले खिर खाने, मासु खाने र नयाँ लुगा जोड्ने रहर पनि लकडाउनभित्रै पूरा गरेका छन् । “मैले त नयाँ लुगा पनि मगाएँ, दूध किनेर खिर पनि परिवारसाथ खाइयो”, गौरीवास कालापानीकी ७५ वर्षीया ज्येष्ठ नागरिक महाकाली विश्वकर्माले भने, “अब आफ्नै बस्तीमा खसी काटेका दिन मासु खाइन्छ ।” गौरीवास पाटुका ७८ वर्षीय बिन्दबहादुर विकले पनि अहिले पाएको भत्ता रकमले मिठाइ खान मन भएको बताएका छन् ।
आफ्नै नाउँको रकम ल्याइदिएको भए पनि खाँचोको बेलामा पाउँदा वृद्धवृद्धाको अनुहारमा अहिले खुशी देखिएको हो । वडाभरिका भत्ता पाउने एक हजार ३९ मध्ये २५० जनालाई रकम घरमै पु¥याइसकिएको वडासचिव बराल बताउछन् । जेठ पहिलो साताभित्र सबैलाई घरघरै भत्ता पु¥याइने वडा समिति कार्यालयको तालिका छ ।
बर्दिवास–३ मा थालिएको यो कामबारे छिमेकका धनुषा जिल्लाको मिथिला नगरपालिका, सिन्धुली जिल्लाको कमलामाई नगरपालिका र आफ्नै नगरका अन्य वडा बस्तीमा सकारात्मक चासो बढेको छ । लकडाउनका बेला सुरक्षाका उपाय अपनाएर वृद्धवृद्धालाई उनीहरुले पाउने रकम घरघरै पु¥याइने प्रबन्ध सबै वडाले गरिदिन पर्ने नेपाली काँग्रेस बर्दिवास नगर समितिका सभापति बाणिकराज काफ्ले बताउछन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: