कास्की । “भूकम्पले घर भत्कायो, अहिले छेउमै छाप्रोको बास भएको छ । डोकोमा तरकारी बेचेर जेनतेन गुजारा चलेको थियो । त्यही पनि बन्द भयो ।”जङ्गलमा भेटिएकी एका वृद्धको दुखेसो हो यो ।
रुपातालको सिनारस्थित तालबेँसीको जङ्गलमा लौरोको सहायतामा डोको बोकेको अवस्थामा भेटिएकी ६५ वर्षीया विष्णुमाया विश्वकर्मा जीविकोपाजर्नका लागि निउरो खोज्न जङ्गल गएको हो ।
बुढेसकालको शरीर, सेपिलो पाखो र चिप्लो खोला खोल्सामा पाइने निउरो टिपेर गाउँ बस्तीमा बिक्री गर्ने र आएको पैसाले दाल, चामललगायत आवश्यक सामग्री खरिद गरी छाक टार्नु उनको यतिखेर दैनिकी नै बनेको छ ।
कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमण नियन्त्रणका लागि जारी बन्दाबन्दीले उनको दैनिकीमा पनि ठूलो असर पु¥याएको छ ।
“सरकारले दिएको राहत खोज्नुभन्दा वनको निउरो टिपेर छाक टार्न मन पर्छ”, उहाँले भन्नुभयो, “यतिखेर जङ्गलबाट टिपेर ल्याएको निउरो बिक्री गरेर आएको पैसाले दुःख सुख खान पुगेको छ ।”
विष्णुमाया जस्तै धेरै ज्येष्ठ नागरिक तथा असहायहरु बन्दाबन्दीका कारण यतिखेर ठूलो मारको अनुभूति गरिरहेका छन् ।
बन्दाबन्दीअघि खरिद गरेको तरकारी डोकामा बोकेर स्थानीय बजारमा बिक्री गर्ने गरेको अनुभव सुनाउँदै उनले पछिल्लो समयमा भने विगतको दैनिकीको विकल्प खोज्न बाध्य भएको बताइन् ।
विषेशगरी यो समयमा जङ्गलका खोला खोल्सामा प्रशस्त पानी निउरो पाइने भए पनि यसपालि भने कम पाइने गरेको बताउँदै उनले भनिन् “अन्यत्रको तुलनामा तालबेँसी खोलाको छेउछाउमा निउरो बढी पाइन्छ ।”
दिनभरि जङ्गलमा निउरो टिप्दा डोको भरिन्छ, मुठा बनाउँदा १० देखि १५ मुठा हुने गरेको सुनाउँदै उनले पचघैयास्थित घरमा लगेपछि छिमेकमै मुठाको रु ५० मा बिक्री हुने गरेको छ ।
बुढेसकालको ज्यानलाई जोखिममा राखेर टिपेर घर घरमा निउरो लिएर जाँदा धेरैले त खुशी भएर लिन्छिन्, कोही कोहीले त किनेको हैन सित्तैमा आएको हो घटाएर देउभन्दा साह्रैै दुःख लाग्ने गरेको उनको अनुभूति छ ।
दुई छोरा र दुई छोरी छन्, आवश्यक पर्दा हेर्दै आएका छन्, हातखुट्टा चलिन्जेल बस्न मन लाग्दैन त्यसैले जङ्गलमा निउरो खोज्न आएकी हुँ उनले भने ।
बन्दाबन्दीसँगै साइकल, ठेला र भ्यानमा ल्याइएको तरकारीभन्दा विशुद्ध अग्र्यानिक जङ्गलमा उत्पादित पानी निउरो, कालो निउरो, जलुका, सिप्लिकानजस्ता विभिन्न जङ्गलमा उत्पादित तरकारीप्रति उपभोक्ताको आकर्षण बढेको छ ।
ग्रामीण क्षेत्रमा त आफ्नो जीविकोपार्जनका लागि मौसमी तरकारी खेती गर्ने गरे पनि बजारमा अधिकांश उपभोक्ता किनेर खाने गरे पनि यतिखेर भने करेसाबारी तथा आसपासमा रहेका वर्षौंदेखि बाँझिएका खाली घडेरी खनजोत गरी तरकारीखेती गर्ने लहर नै चलेको छ ।
कोरोना भाइरसको सङ्क्रमण बढेसँगै भारतबाट आएको तरकारी तथा फलफूलको प्रयोग घटाउँदै गएका उपभोक्ताले स्थानीय उत्पादनलाई महत्व दिने गरेका छन् ।
बन्दाबन्दीसँगै यतिखेर विष्णुमायाजस्ता गाउँ तथा शहरका कतिपय महिलाको समूहमा जङ्गलमा तरकारी खोज्नका लागि नै जाने गरेका छन् । पोखरा बजारको भित्री भागमा महिला बाटोको छेउछाउमा झारभित्र तरकारी खोजिरहेको दृश्य प्रशस्त भेटिन्छन् । हरि बाँस्तोला, रासस
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: