Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

लकडाउनको सदुपयोग गरेर सामुदायिक भवन निर्माणमा श्रमदान

म्याग्दी । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि गरिएको बन्दाबन्दीको फुर्सदलाई सदुपयोग गरेर म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ पिप्लेका महिला श्रमदान गरेर सामुदायिक भवन निर्माणमा जुटेका छन् ।

पिप्लेस्थित रघुगङ्गा हाइड्रोपावरको आवास तथा कार्यालय नजिकै उदा आमा समूहको सामुदायिक भवन निर्माण गर्न स्थानीयवासी श्रमदानमा जुटेका हुन् । लकडाउनको फुर्सदको समय उपभोग र चन्दा सङ्कलन गरेर भवन निर्माण गर्न लागिएको आमा समूहका अध्यक्ष उदा मल्लले जानकारी दिए । “एक महिनायता आलोपालो गरेर भवन निर्माणका लागि श्रमदान गरिरहेका छन्”, उनले भने, “६० घरधुरीले हालसम्म २० दिनका दरले श्रमदान गरिसकेका छन् । भवन सकिँदासम्म थप १५ दिन श्रमदान गर्नुपर्ने अनुमान गरेका छाँै ।”

गिट्टी कुट्ने, पर्खाल लगाउने, ढुङ्गा सङ्कलन गर्ने, काठ जुटाउने, ढुवानी गर्नका लागि उनीहरुले श्रमदान गरेका हुन् । घरायसी र खेतबारीको कामबाट बचेको समय भवन निर्माणमा उपयोग गरेको गरेको समूहकी सहसचिव दुर्गा शाहीले बताए । “बन्दाबन्दी र कोरोनाको त्रासले गाउँमा सामाजिक, सांस्कृतिक गतिविधि ठप्प भएका छन्”, उनले भने, “खेतबारीको काम पनि सकिएकाले फुर्सदको समयलाई भवन निर्माणमा लगाएका छौँ ।”

गत चैत महिनादेखि भवन निर्माण शुरु भएको थियो । भवन निर्माणका लागि समूहले रु पाँच लाखमा करिब चार आना जग्गा किनेको थियो । एकतले भवनको पहिलो तला ढलानको तयारी गरेका छन् । मिस्त्री र ढलानको काममा भने मजदुर परिचालन गरेका छन् । रु २३ लाख लागत अनुमान गरिएको भवनका लागि चन्दासमेत जुटाउन थालिएको छ । हालसम्म सरकारी निकायबाट सहयोग लिएका छैनन् । भवनलाई आर्थिक स्रोतको कमी भएकाले श्रमदान गरेर भवन निर्माणमा सहयोग गरेको स्थानीयवासी गणेशप्रसाद सुवेदीले बताए ।

भवन नहुँदा व्यक्तिको घरमा भेला बैठक बस्ने गरेका छन् । समूहका भाँडाकुँडा पनि व्यक्तिकै घरमा राख्नुपर्दा असजिलो भएको छ । तीनकोठे भवन बनेपछि कार्यालय सञ्चालन, भण्डारणका साथै तालिम, गोष्ठी, बैठक सञ्चालन गर्न सहज हुने जनाइएको छ । भवन निर्माणका लागि सघाउन वडा, गाउँपालिका र दातालाई आमा समूहका पदाधिकारीले अपिल गरेका छन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies